बार्सिलोना / युरोपियन फुटबललाई केहि बर्ष देखि एकछत्र कब्जा गरिरहेको स्पेनले फुटबलमा अर्को ईतिहास रचेको छ। फुटबल ईतिहास नै पहिलो पटक स्पेनबाट पाँच बटा क्लबहरु च्याम्पियन्स लिग खेल्ने भए पछि यस्तो अबसर जुरेको हो।
च्याम्पियन्स लिग फुटबलमा एकै देशका ५ क्लबहरुले सहभागिता जनाउने अवसर पाएको यो पहिलो पटक हो ।मंगलबार राती भएको प्ले अफ खेलपछि फ्रान्सको मोनाकोलाई हराउँदै भ्यालेन्सिया प्रतियोगिताका लागि छनोट भएसँगै ५ स्पेनिस क्लवले पहिलो पटक च्याम्पियन्स लिग खेल्न लागेका हुन् ।
पहिलो खेलमा घरेलु मैदानमा ३-१ को अग्रता लिएको भ्यालेन्सियाले मोनाको सँगको दोस्रो खेलमा २-१ को हार व्यहोरे पनि प्ले अफका आधारमा छनोट भएको हो।
भ्यालेन्सियाबाहेक बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड र सेभियाले पनि च्याम्पियन्स लिगमा यस अघि नै ठाउँ बनाई सकेका छन् ।
लगातार दुई बर्ष देखि च्याम्पियन्स लिग र युरोपा लिग जस्ता युरोपियन फुटबलका दुई ठुला उपाधिहरु स्पेनका क्लबहरुले नै जित्दै आएका छन्।च्याम्पियन्स लिगको उपाधि दुई सिजन देखि लगातार क्रमश रियल मड्रिड र बार्सिलोनाले जितेको छ भने युरोपा कप दुई पटक नै लगातार सेभियाले जित्दै आएको छ।
अहिले पुन पाँच क्लबहरु च्याम्पियन्स लिगमा भिड्ने भएँ पछि ट्र्फी भित्राउँने प्रमुख दाबेदार देश स्पेन नै मानिएको छ। स्पेनका पाँच क्लबहरु सँगै युरोपका बिभिन्न मुलुकहरुबाट च्याम्पियन्स लिग ग्रुप स्टेजमा ३२ टिमहरुले सहभागिता जनाउँदै छन्।






khel vaneko yasto po hooo
Comments are closed.