बार्सिलोना/
पुर्बेली नेपाली एकता समाज स्पेनले बारबिक्यु पिकनिक कार्यक्रमको सम्पन्न गरेको छ। स्पेनमा रहेका नेपालीहरुबीच आपसी भाईचारा र सद्भाव बाड्नको लागि समाजले पहिलो पटक बारबिक्यु कार्यक्रमको आयोजना गरेको हो।
मंगलबार बार्सिलोनामा सम्पन्न कार्यक्रममा स्पेन स्थित नेपाली संघ सस्थाका प्रतिनिधिहरु लगायत सर्ब-साधारणहरुको बाक्लो उपस्थिति रहेको थियो।
समाजका अध्यक्ष पुरुषोत्तम भट्टराईले कार्यक्रममा उपस्थित भई सफल पारिदिएकोमा आभार प्रकट गरे। आउँदा दिनमा पनि समाजले यस्तै सहयोगको अपेक्षा राखेको भट्टराईले बताएँ।
कार्यक्रमका झलकहरु