वसन्त रानाभाट
बार्सिलोना/
घरेलु कामका लागि साईप्रस आएकी एक ४० बर्षिय नेपाली महिलाले आँफू माथि एसिड प्रहार भएको खुलासा गरेकी छन्। देवदह -४ रुपन्देही स्थायी घर बताउँने सीता भट्टराईले एसिड प्रहार भएको २५ दिन पछि मात्र यस्तो खुलासा गरेकी हुन्।
आँफूले काम गर्दै आएको घरका मालिक ५९ बर्षिय सिमोसले ( थर थाहा नभएको) जानाजान धकेलेर एसिड पारेको उनले दाबी गरेकी छन्। भट्टराईको दाहिने घुँडा वरिपरीको भागमा एसिड परेको छ। मानसिक याताना दिदै आएको घर मालिकले शारीरिक याताना दिन खोज्दा आँफुले प्रतिकार गर्दै आउँने गरेको र यसकै रिसमा आँफुलाई एसिड हानेको उनि बताउँछिन्।
साईप्रस स्थित नेपालीहरुले घटना बारे स्थानीय प्रहरीमा उजुरी गरेका छन् भने उनको पापोस स्थित अस्पतालमा अहिले उपाचार भई रहेको छ। प्रहरीले आँफुलाई सहयोग गरिरहेको र औषधी उपाचार गराएको बताएकी छन्।
उनलाई साईप्रस स्थित नेपालीहरु लक्ष्मी पाठक,याङ्की ह्याल्मो लगायतले सहयोग गरिरहेका छन्। पिडित भट्टराईले २५ मिनेट लामो अडियो अन्तरबार्ता गर्दै, नेपालीनेपाली डटकम सँग रुदै आफ्नो सबै वृत्तान्त सुनाएकी छन्।
श्रीमान् रोजगारकै शिलशिलामा बिगत ७ बर्ष देखि मलेसिया रहेको र आफ्ना कलेज पढ्ने दुई १८ र २० बर्ष उमेरका छोराछोरीहरु रहेको उनि बताउँछिन्। घटना पछि उनि परिबार सँगको सम्पर्कमा नै छन् ।
कसरी आईपुगिन् साईप्रस ?
नेपालमा बिनाशकारी भूकम्प जानुभन्दा ६ दिन अगाडि बैशाख ६ गते उनि साईप्रसको कोरल्बे आएकी हुन्। काठमाडौ एयरपोर्ट नजिकै निलकमल म्यानपावरबाट ( पुरा नाम बताउँन नसकेकी )बिरामीको हेरचार गर्ने काम भन्दै मेनपावरले पठाएको भट्टराईले सुनाईन्।
तस्बिर:- एसिड आक्रमण पछि पिडितको दाईने खुट्टा
साइप्रस आउँनको लागि उनले ४ लाख २७ हजार रुपैयाँ म्यानपावरमा बुझाएको अन्तर्वार्तामा बताएकी छन्। पिडितले भनिन्,”युरोप हो काम गर्दा सुरक्षित हुन्छ भन्ने सुनेकी थिएँ,म्यानपावरले ६०- ७० कमाउँन सकिन्छ भन्यो त्यसैले आएँ। बिरामी होला,मेडिसिन दिनु पर्ने काम होला,काम गर्ने परिबार सँग होला भन्ने सोचेकी थिएँ तर त्यस्तो रहेनछ।”
२ महिना सम्म एक रात सुतिन
घरबाट बाहिर निस्कन,छरछिमेकसँग कुरा गर्न पनि नदिने घर मालिकले उनलाई मानसिक याताना दिदै आएको सुनाउँछिन्। “दुई महिना मलाई दुई सय बर्ष जस्तो लाग्यो,कुनै रात सुतिन।
रिमोर्ट कन्ट्रोल वला घरको गेट थियो, बाहिर भागेर जान सक्ने थिईन्,कन्ट्रोल उसले आफ्नै हातमा लिन्थ्यो। म रोएर उसलाई मोबाईलमा ईन्टरनेट जोड्न अनुरोध गरे। पछि आफ्नै साथीको मोबाईल पसलबाट जोडीदियो, मैले आफ्नै पैसामा किने।
घरमा छोराछोरीहरु सँग कुराकानी गरे पटक पटक उनीहरु म्यानपावर पनि पुगे तर पनि घर फर्कन सकिन।”
एसिड खुट्टामा कसरी पर्यो पिडितको बयान
“दुर्ब्यबारको प्रयास गर्थ्यो तर आँफूले प्रतिकार गर्थे, एसिड प्रहारको अघिल्लो दिन पनि यस्तै कोशिस गर्यो। घरबाट निस्केर जा भन्दै थियो , हिसाब गर म जान्छु भने। शनिबारको दिन थियो,भोलि आईतबार, ल पर्सी जा भन्दै थियो मलाई। बिहान उठे म आफ्नो काम गरे,त्यो बाहिर गाथ्यो, आयो। मैले बराण्डामा पोचा लगाउँदै थिए। १० लिटरको ग्यालिन थियो ,ल खोल भन्यो मैले सोचे यो गार्डेनमा हाल्ने बिषादी होला। तर खोल्न सकिन ,मलाई भनेन यसमा एसिड छ। त्यसले खोल्यो,खोल्ने बित्तिकै मेरो खुट्टामा पारिदियो।
खुट्टा सबै पोल्न थाल्यो लाएको पुरै लुगा डढ्यो। त्यस पछि मलाई थाहा भयो कि यो एसिड हो भन्ने। एसिड खोल्दा खोल्दै मेरो खुट्टामा आएको हैन। त्यसले मलाई धक्का दिएको हो। उ आफैले कबल गरिसक्यो। त्यस पछि रुदा रुदै कपडा चेन्ज गर्न, खै कसरी म एक तला माथिको रुममा पुगेछु। बाथरुममा गए पुरै पानीले पखाले,अर्को कपडा लगाएँ। साईटको मान्छेलाई बोलायो,मलाई माथिवाट तल ल्यायो, अनि गाडी चलाएर आँफैले हस्पिटल लग्यो।”
मलाई न्याय चाहियो न्याय दिलाईदिनु
२५ मिनेट सम्म अनलाईनकर्मी सँग अन्तरबार्तामा बोलेकी पिडित भट्टराईले नेपाल सरकार वा सम्बन्धित निकायलाई अनुरोध गर्दै भनिन्, “मलाई न्याय चाहियो न्याय दिलाईदिनु,म त यस्तो पिडामा परिसके अरु कोहिँ पनि यस्तो पिडामा नपरोस्। म्यानपावरहरु कसरी चलेका छन्,कसरी पठाई राखेका छन्, छानबिन होस्।”
उनले बिलौना गर्दै भनिन्। “म्यानपावरले साढे चार रुपैयाँ पैसा लिए पछि उनीहरुको काम सक्कियो बाँचोस् वा लास आवोस् केहि मतबल छैन। कसैको आमा,छोराछोरी र परिबारमा के बितेको छ उनीहरुले कहिल्यै सोचेको छ ?” म त भन्छु यी सबै बन्द गरिदिनुहोस्।”
अहिले सुरक्षित छु न आत्तिनुहोस्
अन्याय र अत्याचारको बिरुद्द आँफु खुलेर मिडियामा आएको बताउँदै आफ्नो यो खबरबाट श्रीमान्, छोराछोरी,घर परिबार आँफन्तहरुलाई कत्ति पनि बिचलित नहुन अनुरोध गरेकी छन्। पहिलेको घटना सम्झेर अहिले रोएकी हुँ तर नेपाली समुदायको सहयोगमा आँफुले प्रहरीमा उजुरी दिई सकेको जनाउँदै, हिम्मत गरेर पनि अन्याय बिरुद्द लड्ने बताएकी छिन्।
प्रहरी एबम् साईप्रस स्थित मिडियाहरुमा उनले घटना बारे बयान दिई सकेकी छन्। आँफूलाई न्याय पाउँन सबैले साथ र सहयोग गरेको भन्दै सरोकार वलाहरुलाई घटना बारे चासो राखिदिन अनुरोध समेत गरेकी छन्।
पिडित सँग गरिएको कुराकानी :-






Cyprusmaa nepali mahilaalai ghareluu kaam maa pathaun government le rok lagaunu parxa..
If you don know haw to wrk them tyo chai gadha nai ho la
Cypruss ma koi pani nepali dd baini haru house maid ko lagi naaunus mainpower le jatti sukai furti lagayer aha pathaye pani aha samssya parepaxi npk bat ke garna sakdaina jamma plane tiket 80 hajar hunxa tar nagad 400000 bujayeka hunxau aha aayepaxi soche jasto kam hudaina
Get well soon sister tyo aparadi lai karbai garnu parcha Cyprus Ka NRN le and npl governments le
Cyprus aaunu lai aba roknai parx nepal bat nai
Gamoto sisto Malaka reee
सके
no good cyprusSs man
This is notification to everyone to help the victim sita bhattarai from nepal who was injured by her employer in cyprus by throwing caustic acid please comment in this post. So that she will get her justice and so that such incident will stop to happen with any other people as well..thank you….
Hami nepli lae dere ghro xa cyprusa desma bachan
Sabaliy sakdo sayra gari sahyog garnu garnu hos
omg ysto pani hudo raixa uropma aakhir ma kina ysto hunxa hola
Comments are closed.