लुम्लेको ज्ञानोदय प्राबि, पुनर्निमाणका लागि सहयोग प्रदान


पोखरा/ अविरल वर्षापछि कास्कीमा गएको भिषण पहिरोले क्षतविक्षत बनाएको विद्यालय पुनर्निमाणका लागि एक कार्यक्रमको आयोजना गरि एक लाख रुपैयाँ प्रदान गरिएको छ।

लुम्ले स्थित ज्ञानोदय प्राथमिक बिद्यालयमा पुनर्निमाण कार्यक्रम अन्तर्गत जग्गा खरिदका लागि सहयोग स्वरूप रकम प्रदान गरिएको हो।  अभियानकर्ता मोहन राज बरालले अमेरिकाबाट भीम थापा र अन्य सहयोगीहरुले पठाएको रकम फेसबुक मार्फत संकलन गर्दै प्रदान गरेका हुन्। छोराले पठाएको रकम बुबा हरिबिक्रम थापाले शनिबार विद्यालयलाई एक कार्यक्रम बीच हस्तान्तरण गरे।

यसै गरि साउदी अरबमा रहेका नन्दलाल सुवेदीले पनि विद्यालयलाई सहयोग गरेका छन्। १३ हजार रुपैया बराबरको कार्यालय सामाग्री,कुर्ची तथा स्टेशनरी सामाग्री पनि अभियान कर्ता बराल मार्फत नै विद्यालयलाई प्रदान गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै, संबिधानविद खिमलाल देबकोटाले सामाजिक संजाल फेसबुकको सही सदुपयोग गर्दै राम्रो अभियान चलाएकोमा अभियानकर्ता बरालको प्रशंसा गरेका थिए।

11845116_10206736635911652_6771389162792549057_o

समाजसेवी हरिविक्रम थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्य, विद्यालयका प्रधानाध्यापक सदाखर पौडेल, सहयोगी नविन गुरुङ, अभियानकर्ता वराल लगायतले वोलेका थिए।

बरालले बैशाख १२ को भूकम्प देखि,कास्कीमा गएको पहिरो सम्म आईपुग्दा फेसबुक मार्फत रकम संकलन गरि बिभिन्न चरणमा गरि १४ पटक सम्म राहत बितरण गरिसकेका छन्।