बार्सिलोना/
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनमा पहिलो पटक निर्बाचन प्रक्रियाबाट कार्य समतिको टुङ्गो लाग्ने भएको छ। नयाँ कार्य समितिका लागि अन्य पदहरुमा निर्बिरोध भए पनि उपाध्यक्ष पदका लागी निर्बाचनबाट नै टुङ्गो लाग्ने भएको हो ।
उमेद्वारी दर्ता प्रक्रियाको समयमा ७ जनाले दाबी गर्दै उमेद्वार दर्ता गराए पनि चुनाबी मैदान सम्म आई पुग्दा ४ जना उमेद्वार मात्र बाँकी रहेका छन्। उपाध्यक्षमा पुरुषोत्तम भट्टराई,गौतम गुरुङ,राजु शमशेर थापा,यज्ञ नारायण पौडेल (रमेश आशिकी) सन्दिप मोहोन भट्टराई,बल बहादुर कार्की र शितल भुर्तेल भुसालले मनोनयन दर्ता गराएका थिए।
तर उमेद्वारी फिर्ताको समयाबधि भित्र कार्की र भूर्तेलले फिर्ता लिईसकेको समितिले जनाएको थियो। अर्का उमेद्वार सन्दिप मोहोन भट्टराईको प्रष्टिकरण माग्दै अन्तत समितिको बैठकबाट उमेद्वारी फिर्तालाई सदर गरेको छ। भट्टराईको पत्रमा, उमेद्वारी फिर्ता बारे प्रष्ट बिबरण खुल्न नगएकोले पत्राचार गरि समितिले पुन: प्रष्टिकरण मागेको जनाएको छ। २ जना उपाध्यक्ष पदका लागि हुने निर्बाचनमा चारै जना उमेद्वारहरुले सामाजिक संजाल मार्फत मत माग्न शुरु गरिसकेको छन्।
पुरुषोत्तम भट्टराई :- पूर्वेली नेपाली एकता समाजका अध्यक्ष समेत रहेका भट्टराईले एनआरएन स्पेनको उपाध्यक्ष पदमा दाबा गर्दै आएका छन्। समाजले खडा गरेका उमेद्वार समेत रहेका भट्टराईले आँफुलाई भोट गरि अत्याधिक मतले जिताउँन स्पेनबासी नेपाली समुदायलाई अनुरोध गरेका छन्।
चारपाने -३ रामचौक झापा घर भएका भट्टराईले गैर राजनीतक र गैर क्षेत्रीय भाबनाको बिकास गर्न आँफुले उमेद्वारी दिएको बताउछन्। आँफु निर्बाचित भए यहाँ हुर्केका बालबालिकाहरुको सुन्दर भविष्य सुनिश्चित गर्न आँफुले पहल गर्ने समेत प्रतिबद्दता ब्यक्त गरेका छन्।
सन् २००७ देखि बार्सिलोना बस्दै आएका उनले नेपाली जनसम्पर्क समिति स्पेन, अन्तरास्ट्रिय नेपाली कलाकार समाज (ईनास) लगायतका संघ सँस्थाहरुमा पनि काम गर्दै आएका छन्। पूर्वेली नेपाली एकता समाजबाट नै समाजका उपाध्यक्ष पेशल कोईराला यस अघि कार्यसमितिको कोषाध्यक्षमा निर्बिरोध बनिसकेका छन्।
यज्ञ नारायण पौडेल (रमेश आशिकी):- नेपाली जनप्रगतिशिल मन्च स्पेनका उपाध्यक्षमा रही काम गरिसकेका पौडेल सन् २००८ देखि स्पेनको नेपाली समुदायमा परिचित छन्। हालै मन्चको एकताको महाधिबेशनबाट पुन: उपाध्यक्ष बनेका उनि पदबाट राजिनामा दिदै एनआरएनको नयाँ कार्यसमितिमा उपाध्यक्ष कै दावा गरेका हुन्।
स्पेनबासी नेपालीहरुको मत आँफ्नो लागि आउँने अपेक्षा राख्दै चुनाबी मैदानबाट पछि नहट्ने उनि बताउँछन्। आँफू निर्बाचित भएमा स्पेनको नेपाली समुदायमा फैलिएको दुर्गन्ध हटाउँन प्रयास गर्ने पौडेलको भनाई रहेको छ।
गौतम गुरुङ : गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको चोथौ अधिबेशनबाट बन्ने नयाँ कार्यसमितिको उपाध्यक्ष पदका लागि तमु समाज स्पेनका उमेद्वार हुन् गौतम गुरुङ।
गुरुङले लेखेका छन्, ” मैले तमु समाजको स्थापना काल देखि नै सचिब र महासचिब पदमा काम गरिसकेको अनुभवले,शुभ चिन्तकहरुको सल्लाहबाट नै उपाध्यक्षमा पदमा दाबा गरेको हुँ। कुनै पनि राजनीतिक पार्टी सँग पनि आबद्ध छैन।” आउँदा दिनमा पनि स्पेनको समाजमा नै तल्लिन गरेर काम गर्ने जनाउदै आँफुलाई भोट गर्न गुरुङले अपिल गरेका छन्।
राजु शमशेर थापा:- चितवन समाज स्पेनका तर्फबाट उपाध्यक्ष पदका अर्का उमेद्वार हुन् राजु शमशेर थापा। थापाले आफ्नो उमेद्वारी बारे लेख्छन्, ” अन्तिम समयमा अन्य सामाजिक,जातीय तथा क्षेत्रिय सस्थाहरुलाई पूर्णरुपमा अपहेलित गरी समन्वयको कुनै प्रक्रियामा पनि सामेल नगरी केवल केहि राजनैतिक सस्थाका व्यक्तिहरुको मात्र सहभागितामा नयाँ कार्यसमितिको निर्माण गर्ने प्रक्रियामा अघि बढेकाले सो कार्यका बिरुद्द गैर राजनैतिक ब्यक्ति तथा सस्थाहरुको आवाजलाई सम्बोधन गर्न निमित्त मेरो उम्मेदवारी रहेको व्यहोरा जानकारी गराउछु।”
थापाले एनआरएन स्पेनलाई राजनैतिक सस्थाको बन्धनबाट मुक्त गर्नका लागि आँफुलाई अमुल्य मत दिएर समर्थन जनाउँन स्पेनबासी नेपाली समुदायलाई अनुरोध गरेका छन्।
यसअघि एनआरएन स्पेनको अध्यक्षमा मुक्त बहादुर गुरुङ आईसीसी सदस्यमा एक राज गिरी,महासचिब उमेश अधिकारी,कोषाध्यक्ष पेशल कोईराला,महिला संयोजक सीता सिंह महर्जन,युवा संयोजकमा दीपक क्षेत्री र नौ जना कार्य समितिका सदस्यहरु निर्बिरोध चुनिएका छन्। संघको चौथो अधिबेशन आगामी जुलाई २६ तारिक बार्सिलोनामा हुँदै छ।






A great person… Mr. Purushottam Bhattarai lai bijaya huna ka nimti hardik shubha kamana..
Comments are closed.