बसन्त रानाभाट
बार्सिलोना/
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको नेतृत्व मुक्त बहादुर गुरुङले सम्हाल्ने भएका छन्। अध्यक्षमा मनोनयन दर्ता गरेका अर्का प्रतिस्पर्धी गोपाल रेग्मीले उमेद्वारी फिर्ता लिए पछि गुरुङले नेतृत्व सम्हाल्ने पक्का भएको हो।
नेकपा एमाले निकट प्रबासी नेपाली मञ्चका निर्वतमान अध्यक्ष समेत रहेका गुरुङ यस अघि एनआरएन स्पेनको उपाध्यक्ष पदमा रही काम गरिसकेका थिए। गुरुङले प्रबासी मञ्चको संरक्षक पदबाट राजिनामा दिदै एनआरएन अध्यक्षका लागि उमेद्वारीले दर्ता गराएका थिए।
एनआरएन स्पेनको नेतृत्व सम्हाल्न लागेका गुरुङले संघलाई राजनीतिक मुक्त बनाएर स्वतन्त्र रुपमा काम गर्ने बताएका छन्। नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै गुरुङले भने,” म आँफु पनि राजिनामा दिएर आएको हुँ,अब कुनै दलगतको विचारले हैन सबैलाई समेटेर स्वतन्त्र रुपमा काम गर्छौ।” उनले आँफुले गरेको प्रतिबद्दतामा कम्तिमा ९० प्रतिशत पुरा गरेरै छाड्ने दाबी गरेका छन्।
एनआरएन स्पेनको ईतिहासमा अहिले सम्म काँग्रेस निटक नेपाली जनसम्पर्क समितिले नै नेतृत्व सम्हाल्दै आएको थियो। स्पेनको जेष्ठ तथा बलियो संगठन मानिने जनसम्पर्क समितिले अध्यक्ष छोडेर आईसीसी रोज्नुलाई कतिपय काँग्रेसी समर्थकहरुले नेतृत्वको आलोचना समेत गरेका छन्।
तर जन सम्पर्क समितिका पुर्ब अध्यक्ष समेत रहेका एकराज गिरी भने यस अघि नै आईसीसी सदस्यमा निर्बिरोध बनिसकेका छन्। गिरी बर्तमान एनआरएन अध्यक्ष समेत हुन्। यता एमाले निटक मञ्चले पहिलो पटक अध्यक्ष पाएको भए पनि सबै महत्व पूर्ण पदहरु भने अरुलाई नै सुम्मेको छ।
उपाध्यक्ष र सचिब पदमा चुनाब हुने
समन्वय समितिको आह्ववानमा संघ सँस्थाहरु अहोरात्र खटेर सहमतिको प्रयास गरे पनि अन्तत: एनआरएन स्पेनको ईतिहासमा पहिलो पटक निर्बाचन हुने भएको छ। तर निर्बाचन भने उपाध्यक्ष र सचिब पदका लागि मात्र हुने भएको हो।
उपाध्यक्षका लागि ७ जनाको उमेद्वारी मनोनयन दर्ता परेको भए पनि २ जनाले भने फिर्ता लिएका छन्। बल बहादुर कार्की र शितल भुर्तेल भुसालले आफ्नो उमेद्वारी फिर्ता लिएका हुन्।
निर्बाचन समितिका संयोजक अर्जुन आचार्यले दिएको जानकारी अनुसार उपाध्यक्षमा पुरुषोत्तम भट्टराई,गौतम गुरुङ,राजु शमशेर थापा,यज्ञ नारायण पौडेल (रमेश आशिकी) र सन्दिप मोहोन भट्टराईको उमेद्वारी यथाबत नै रहेको छ। निर्बाचनबाट २ जना उपाध्यक्षहरु चुनिने भएका छन्।
उपाध्यक्षका उमेद्वार, भट्टराई द्वय जनसम्पर्क समिति निटक हुन् भने पौडेल जनप्रगतिशील मञ्चका उमेद्वार हुन्। यस्तै गुरुङ, तमु समाजका एक्ला उमेद्वार रहेका छन् भने थापा चितवन समाज स्पेनका उपाध्यक्ष हुन्।
यस्तै सचिब पदका लागि ३ जनाको उमेद्वारी परेको भए पनि बिशाल ढुंगानाले भने फिर्ता लिएका छन्। बाँकी दुई उमेद्वार सुनिल रानाभाट र रामप्रसाद सापकोटा (बिराज) बीच निर्बाचन हुने भएको छ। रानाभाटले स्वतन्त्र रुपमा दर्ता गराएको भए पनि उनि एमाले निकट र सापकोटा काँग्रेस निकट मानिन्छन्।
सदस्यता वितरणको लागि १९ जुलाई साँझ ८ बजे सम्मको लागि तोकिएको छ। मतदाताको अन्तिम नामावली २१ जुलाईमा प्रकाशित गर्ने निर्बाचन समितिले जनाएको छ।
महासचिबमा अधिकारी र युवा संयोजकमा क्षेत्री
एनआरएनए स्पेनको आगामी कार्यसमितिको महासचिबमा उमेश अधिकारी निर्बिरोध भएका छन्। जनप्रगतिशील मञ्चका उमेद्वार महेश्वर कडेलले उम्मेदवारी फिर्ता लिए पछि अधिकारी निर्बिरोध बनेका हुन्। अधिकारी पनि काँग्रेस निकट नै मानिन्छन्। यस्तै युबा संयोजकमा सुबास रानाभाटले उम्मेदवारी फिर्ता लिए पछि पत्रकार दीपक क्षेत्री निर्बिरोध बनेका छन्।
यस्तै जनसम्पर्क समितिले नै खडा गरेको कोषाध्यक्षका उमेद्वार पेशल कोईराला र महिला संयोजकका लागि सीता सिंह मर्हजनको मनोनयन पनि एकल परेकाले यस अघि नै निर्बिरोध बनेका थिए।
आगामी कार्यसमितिका लागि सबै ९सदस्यहरु निर्बिरोध भएका छन् । तुलसी प्रसाद शिवाकोटी,चित्त रन्जन वस्ती,दिलनाथ भण्डारी,उमाराज ढकाल,निल बहादुर गुरुङ,अशोक शर्मा नेपाल,कमल बहादुर भण्डारी,सुमित्रा घिमिरे सापकोटा र कालु जिरेल सदस्य बन्ने भएका हुन् ।
आगमी जुलाई २६ तारिक बार्सिलोनामा हुने संघको चौथो अधिबेशनबाट नयाँ कार्यसमितिलाई निर्बाचित गर्दै पद तथा गोपनियताको सपथ खुवाईने भएको छ।






Puru bhattarai purbeli samaj ko pratineedi hununcha hoina ra?
Comments are closed.