– तिलक प्रसाद आचार्य
धर्म के हो भन्ने वारेमा व्यापक छलफल र वहस चली रहेको छ । धेरै विद्वानहरुको मत अनुसार धर्म भनेको कर्तव्य हो । मानिसले गर्नु लायक कुरा अनुकरण गर्नु धर्म हो । मानव जातिका सृष्टिका नायक मनुका अनुसार अहिंसा, सत्य मस्तेयंशौचम् इन्द्रिय निगृह एवं सामाजिकं धर्म चर्तुवणर््ाये ब्रनिन्मनु ।
हिंसा नगर्नु साँचो बोल्नु न चोर्नु शुद्ध रहनु इन्द्रीयलाई नियन्त्रण गर्नु यी पाँच ब्राम्हण, क्षेत्री,बैश्य, शुद्र चारै जातले मान्नु पर्ने सामयिक धर्म हुन भनी मनुले उल्लेख गरेका छन् । अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम परोपकार पुन्याय पापाय परपीडनम् अठार पुराणमा व्यासले दुई कुरा भनेका छन् अर्काको उपकार गर्नु (पुण्य) धर्म हो । अर्कालाई दुःख दिनु पाप हो ।
यसरी हाम्रा पूर्वजहरुले राम्रो काम गर्नुलाई धर्म मानेका र अर्कालाई दुख दिने कार्यलाई अधर्म मानेका छन् मानिस विश्वको सवैभन्दा बुद्धिमान समाजिक प्राणी हो । कानून अनुसार कार्य गर्नु धर्म हो कानूनको उल्लंघन गर्नु,चोरी गर्नु, हत्या गर्नु दुःख पीडा दिनु अधर्म हो भन्ने मान्यता छ । धर्मको बाटो अनुसरण गर्नु सुख शान्ति प्राप्त गर्नु हो ।
हरेक व्यक्ति धर्म मान्न स्वतन्त्र हुन्छ । हामी हिन्दु धर्म मान्दछौं । बौद्ध, शीख, जैन, इसाई, इस्लाम आदी धर्म मान्ने मानिसहरु विश्वभर फैलिएका छन् । हिन्दुहरुको स्वर्ग मुस्लिमहरुको अल्लाहको दरवार, इसाईहरुको हेभेन (ज्भखभल० यी तीन ठाउँ अलग अलग छन भन्न सकिदैन । हरेकले आफ्नो धर्मको प्रचार गर्न सक्तछन् तर अरुको धर्मको विरोध गर्नु गलत कार्य हो ।
धर्म त्यो बाटो हो जसले हरेक व्यक्तिलाई आफ्नो जीवन यात्रा सफल वनाउन सहयोग गर्दछ । हामीले जुन धर्म माने पनि स्वतन्त्रता पूर्वक विर्भिकता पूर्वक मान्न सक्तछौं । मुस्लिम धर्मावलंवीहरु आफ्नो धर्म वाहेक अन्य धर्म मान्नेलाई (काफीर) नास्तिक मान्दछन् । मुस्लिम धर्मालम्वीहरु हिन्दु धर्मका कटृर दुस्मन मानिन्छन् ।
इसाईहरुले गाउँ गाउँमा गएर अशिक्षित मानिसहरुलाई अथवा गरीव र दलितहरुलाई हरेक प्रकारका प्रलोभन, फ्रि औषधोपचार गराई दिने फ्रि शिक्षा दिलाई दिने र विभिन्न किसिमका आर्थिक प्रलोभन देखाएर आफ्नो धर्मतर्फ तान्दछन् । नेपालमा उनीहरुले लाखौं लाख मानिसहरुलाई आफ्नो धर्ममा आकर्षित गराई सकेका छन् । आफ्नो खुसीले कुनै धर्मलाई स्वाभाविक रुपमा मान्न सकिन्छ । तर जवरजस्ती लोभ्याएर, झुम्याएर र विभिन्न प्रकारका प्रलोभनमा पारेर धर्म परिवर्तन गराएर आफ्नो धर्ममा आकर्षित गर्नु गलत कार्य हो ।
२०५९ पुष २२ गते देखि २७ गतेसम्म काठमाण्डौको बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा पश्चिमा देशका धर्म प्रचारकहरुको अन्तर्राष्ट्रिय भेला सम्पन्न भएको थियो सो भेलाले नेपाल, भुटान, सिक्किम र तिब्बत समेतका मानिसहरु समेटेर हिमाली क्षेत्रमा चर्चहरुको संख्या विस्तार गर्ने र धर्म प्रचारको कार्य गोप्य रुपमासञ्चालन गर्ने हिमालय रणनीति पारित गरेका थिए । हिमालयन पार्टनर नामको एक अन्तर्राष्ट्रिय संस्थाले यो भेलाको आयोजना गरेको थियो ।
त्यही रणनीति अनुसार राई, लिम्बु, नेवारी, तिव्वती लगायतका करिव २० भाषामा वाईवलको अनुवाद गर्ने निर्ण गरिएको थियो । ०६४ सालसम्ममा नेपालमा चर्चको संख्या २ हज्जार ७०० थियो । अहिले सम्म चर्चको संख्या वीस हज्जार नाघी सकेको छ । इसाई बन्ने नेपालीहरुको संख्या लाखौं लाख पु¥याई सकिएको छ । इसाईहरुले वाईवल पढाएर इसाई धर्मका वारेमा सत्य कुरा विश्लेषण गरेर बुझाएर इसाई धर्मावलम्वी वनाए भने त्यो राम्रै कुरा हो । तर उक्त लेखिए अनुसार जवरजस्ती, हिन्दु धर्मका नकारात्मक पक्षहरु देखाई वा उनिहरुलाई आर्थिक, स्वास्थ्य, शिक्षाका फाईदाका कुरा देखाई प्रलोभनमा पारेर इसाई धर्मावलम्वी वनाउनु अनुचित कार्य हो ।
आजभोली विश्वमा क्रिश्चियन, इस्लाम धर्म, हिन्दु,चिनिया, बौद्ध, शिख, यहुदी, वहाई, जैन, शिल्थी र फारसी आदी दर्जनौ धर्महरु छन् । क्रिश्चियन धर्म मान्नेहरु विश्वमा करिव दुई अरव जति मासिहरु छन् । इस्लामधर्मावलम्बीहरु एक अरव जति छन् । हिन्दु धर्म, बौद्ध धर्म, शिख धर्म, जैन धर्म, यी सवै धर्म मान्नेहरु करिव २ अरव जति छन् यी सवै ॐकार परिवार भित्र पर्दछन् । ॐकार परिवार भित्र खास मतमतान्तर कम छ । हिन्दु, बौद्ध, शीख, जैनले हाम्रो धर्ममा सदस्य बन भनि कसैलाई भन्दैनन् । आफ्नो इच्छानुसार मनले चाहेको धर्ममा लाग्ने स्वतन्त्रता हरेक व्यक्तिलाई छ ।
धार्मिक परम्परानुसार दैवी शक्ति परमात्मामा अथवा अदृश्य शक्तिमा विश्वास गर्ने त्यस्ता शक्तिसंग सम्बन्धित नैतिक आचरण, व्यवहार, मूल्य तथा मान्यता राख्ने संघ संस्था तथा पूरातन विधिहरु पर्दछन् । कहिलेकाही आस्था र विश्वास धर्म कै अर्थमा प्रयोग गरिन्छ । पहिला पहिला धर्मका आधारमा कानून नियम वन्ने गर्दथे । धर्म शब्दलाई सामाजिक रुपमा मान्ने धर्म भन्ने बुझनु पर्दछ । धर्म भनेको मानवको स्वाभाविक गुण हो ।
राज्यले धर्म मान्ने अथवा नमान्ने प्रश्न टडकारो रुपमा अगाडी आएको छ । नेपालका संविधानहरु, २००५ सालको वैधानिक कानून २००७ साल अन्तरिम संविधान २०१५सालको नेपाल अधिराज्यको संविधान, २०१९ सालको नेपालको संविधानमा पनि हिन्दु संवैधानिक राजतन्त्रात्मक अधिराज्य भनिएको छ । हाल नेपालमा करिव तीन करोड जनसंख्या छ हिन्दु, मुस्लिम, क्रिश्चियन, बौद्ध, जैन आदि १० ओटा धर्म मान्ने मानिसहरु छन् । नेपालमा धार्मिक मत मतान्तर विवाद धर्मका नाउँमा रक्तपात हुने गरेको अवस्था छैन तर पंचायत कालमा धर्म परिवर्तन गराए भन्ने आरोपमा कैयौ क्रिश्चियन धर्मावलम्वि नेपालीहरुलाई मुद्दा चलाई जेलमा हालिएको थियो ।
यसबाट क्रिश्चियनहरु निकै रिसाएका थिए र पंचायति व्यवस्था अन्त्य गर्नका निमित्त क्रिश्चियनहरुको ठूलो सहयोग भएको थियो । विश्वमा करिव करिव ७५ देशहरु क्रिश्चियन धर्मसापेक्ष राष्ट्र छन् । मुस्लिम धर्मावलम्बि मानिसहरु करिव एक अरव छन् । मुस्लिम राष्ट्रहरु करिव ५२ ओटा छन् । मुस्लिम धर्मसापेक्ष देशहरु ३० ओटा छन् । मुस्लिमको जनसंख्या करिव सवा अरब छ । जनसंख्याको दृष्टिकोणले हिन्दुहरु पनि सवा अरव छन् । हिन्दु र मुस्लिमहरुको जनसंख्या करिव बरावर छ । हिन्दुहरुको बाहुल्य भएका दुइवटा देश भारत र नेपाल छन् । भारत र नेपाल दुवै देशमा करिव ८०% हिन्दुहरु छन् ।
संविधानको मस्यौदामा लेखिएको धर्म निरपेक्षताको संम्बन्धी विषय ज्यादै विवादस्पद वनेको छ । विश्वमा धर्मका नाउँमा ठूला ठूला रक्तपात र नरसंहार राष्ट्रिय विखण्डन हुने गरेका उदाहरण ताजै छन् । भारतको संविधान निर्माण हुने अवस्थामा हिन्दु मुसलबान बीचमा ठूलो दंगा भै ठूलो संख्यामा मानिस हताहत हुने अवस्था आएकोले सिंगो भारतलाई दुई देशको रुपमा विभाजन गरी हिन्दु वाहुल्य क्षेत्रलाई हिन्दुस्तान वनाइएको र मुस्लिम वाहुल्य क्षेत्रलाई पाकिस्तान छुटृै देश भएको र धर्मकै कारण एउटा देश छुटृयाएर दुई देश वनाइएको हो ।
सवा अरव जति हिन्दुहरु विश्वमा छरिएर रहेका छन् । नेपाल, भारत, मौरिसस, इन्डोनेसियाको बाली टापु हिन्दुहरुको गढ नै हो । त्यस्तै बंगलादेशमा १.१ करोड, म्यानपमारमा ७१ लाख, पाकिस्तानमा ३३ लाख, श्रीलंकामा २५ लाख, संयुक्त राज्य अमेरिकामा २० लाख, दक्षिण अफ्रिकामा १२ लाख, संयुक्त अधिराज्यमा १२ लाख, क्यानाडामा, ७ लाख, फिजीमा ५ लाख, ट्रिनिडाड र टोबेगोमा ५ लाख, गायानामा ४ लाख, नेदरल्याण्डमा ४ लाख, सिंगापुरमा ३ लाख, सुरिनाममा १ लाख, हिन्दुहरु स्थायी रुपमा वसोवास गरेका छन् । त्यस्तै अन्य धेरै राष्ट्रहरुमा हिन्दुहरु निकै संख्यामा वसोवास गरिरहेका छन् ।
भारतमा करिव सवा अरव जनसंख्या रहेकोमा करिव ८०% हिन्दुहरु छन् । भारतमा हिन्दु र मुसलमान बीचमा भएको द्वन्दका कारण भारतलाई धर्म निरपेक्ष वनाईएको हो र यही धर्मनिरपेक्ष बनाएको कारणले महात्मा गान्धीलाई कटृर हिन्दु नाथुराम गोड्सेद्वारा गोली हानी हत्या गरिएको थियो ।
हाल नयाँ वन्ने संविधानको मस्यौदाको धारा ४ माधर्म निरपेक्ष लेखियो भनी हिन्दुवादी पार्टीका नेताहरु रा.प्र.पा.नेपाल र हिन्दु धर्मवादी संघसंस्थाहरुले धर्मनिरपेक्षताको विरोध गरी आन्दोलन गर्ने चर्को आवाज उठाई रहेका छन् । यो देशमा कटृर हिन्दु उठे भने वर्तमान सरकारले यो संविधान जारी गर्न अप्ठ्यारो पर्नसक्छ ।धार्मिक द्वन्दका कारण देशले राजनीतिक द्वन्दको भुमरीमा पर्ने संभावना वढ्न सक्तछ । एक थरिले हिन्दु धर्म सापेक्ष राज्य हुनु पर्दछ भनेका छन् भने अर्का थरिले धर्म निरपेक्ष राज्य हुनु पर्दछ भनेका छन् ।
करिव सवा अरव भन्दा वढि संख्यामा रहेका हिन्ुहरुको वाहुल्य रहेका भारत र नेपाल दुई देश मान्य हुन अन्य देशमा हिन्दुहरु अल्प संख्यक रुपमा छन् । धर्म निरपेक्ष लेखिएको कारणले नेपाल भारतका कटृर हिन्दुहरु आक्रोशित भएका छन् । विश्वको आठ अरव जनसंख्यामध्ये कुनै धर्ममा विश्वास नगर्ने एक अरव मानिसहरु मात्र रहेका छन् । अन्य ७ अरव मानिसहरु कुनै कुनै धर्मसंग प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जोडिएको देखिएको छ । नेपालमा हिन्दु धर्म मान्नेको संख्या निकै बढि छ । यहाँ पार्टीका नेताहरु धर्मनिरपेक्षता कुरा गर्दछन् तर कार्यकर्ताहरु कुनैन कुनै धर्मप्रति आस्थावान छन् ।
इसाई धर्म चर्चले ज्यादै शोषण गरेकाले कार्लमाक्र्स, लेनिन, स्तालिन, माओत्सेतुङ्ग, आदी नेताहरु धर्मको विरोध गर्ने कडा नास्तिक वनेका हुन् । धर्मको नाउमा आस्तिक, नास्तिकको अर्थ लगाउनु गलत कार्य हो । कार्लमाक्र्स भन्दा अघि यूरोपमा नित्से भन्ने नास्तिक व्यक्ति थिए उनले नास्तीकतामा आधारित जरायुस्थ भन्ने पुस्तक लेखेका थिए ।हाम्रो पूर्वीय दर्शनको क्षेत्रमा धेरै ऋषि मुनीहरु धार्मिक थिए । तर चरक भन्ने ऋषि नास्तिक थिए ।
उनले ऋणमकृत्वा घृर्तपिवेत भन्ने गरेको यथार्थता ताजै छ । धार्मिक आस्तिक भन्ने दुईवटा शब्दलाई एकै अर्धमा बुझ्नु हुदैन आस्तिक हुनु राम्रो कुरा हो धार्मिक हुनु नहुन आफ्नो चाहनाको कुरा हो । धर्म र भगवानमान्नेकुरालाई एकै अर्थमा बुझनु हुदैन । धर्म भनेको मानव धर्म हो । माथि उल्लेख गरिए अनुसार धर्म शब्द संस्कृतको धृ शब्दबाट भएको हो । धृ धारणे सतयं धारयेत अनेन इति धर्मसत्य बोल्नु, साँचो व्यवहार गर्नु सत्यलाई कार्यान्वयन गर्ने प्रयत्न गर्नु धर्म हो ।
आजसम्म विश्वमा धर्मका नउँमा धेरै विवाद भएका छन् । एउटै धर्म मान्नेहरुका बीचमा जस्तै मुस्लिम धर्मका शाखाहरु सिमा र सुम्नीका बीचमा रक्तपातपूर्ण अन्तरसंघर्ष भैरहेका छन् । त्यस्तै क्रिश्चियन धर्मका शाखाहरु प्रोटेष्टेन्ट र क्याथोलिकका बीचमा अन्तरद्वनद चली रहेका छन् । त्यस्तै हिन्दु धर्मका शाखा वैष्णव शैव, ॐ, शान्ति, राधे राधेका बीचमा वेमेल देखिएका छन् ।
त्यस्तै बुद्ध धर्मको शाखा महायान र हीनयानका बीचमा अन्तरद्वन्द छ । हाम्रो संविधानमा धर्मनिरपेक्षता र धार्मिक स्वतन्तत्रा कुन शब्द लेख्ने भन्ने विषयमा व्यापक छलफल हुनु आवश्यक छ । धर्म निरपेक्षता यथावत राख्दा हिन्दु धर्मालम्बीहरु ज्यादै रष्ट हुने सम्भावना देखिन्छ । हिन्दु धर्मावलम्वी राष्ट्र लेख्ने कुरा कुनै हालतमा औचित्यपूर्ण हुदैन धार्मिक स्वतन्त्रताको हक मौलिक हक अन्तर्गत समावेस गरि सकिएको छ । संविधानको मस्यौदाको धारा ४ मा लेखिएको धर्मनिरपेक्ष शब्दको बारेमा व्यापक छलफल गरेर जनमत बुझेर समुचित निर्णय गर्नु पर्दछ ।
लेखक:-बरिष्ठ अधिवक्ता हुन्।