धार्मिक स्वतन्त्रता वा धर्मनिरपेक्षता


– तिलक प्रसाद आचार्य 

धर्म के हो भन्ने वारेमा व्यापक छलफल र वहस चली रहेको छ । धेरै विद्वानहरुको मत अनुसार धर्म भनेको कर्तव्य हो । मानिसले गर्नु लायक कुरा अनुकरण गर्नु धर्म हो । मानव जातिका सृष्टिका नायक मनुका अनुसार अहिंसा, सत्य मस्तेयंशौचम् इन्द्रिय निगृह एवं सामाजिकं धर्म चर्तुवणर््ाये ब्रनिन्मनु ।

हिंसा नगर्नु साँचो बोल्नु न चोर्नु शुद्ध रहनु इन्द्रीयलाई नियन्त्रण गर्नु यी पाँच ब्राम्हण, क्षेत्री,बैश्य, शुद्र चारै जातले मान्नु पर्ने सामयिक धर्म हुन भनी मनुले उल्लेख गरेका छन् । अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम परोपकार पुन्याय पापाय परपीडनम् अठार पुराणमा व्यासले दुई कुरा भनेका छन् अर्काको उपकार गर्नु (पुण्य) धर्म हो । अर्कालाई दुःख दिनु पाप हो ।

यसरी हाम्रा पूर्वजहरुले राम्रो काम गर्नुलाई धर्म मानेका र अर्कालाई दुख दिने कार्यलाई अधर्म मानेका छन् मानिस विश्वको सवैभन्दा बुद्धिमान समाजिक प्राणी हो । कानून अनुसार कार्य गर्नु धर्म हो कानूनको उल्लंघन गर्नु,चोरी गर्नु, हत्या गर्नु दुःख पीडा दिनु अधर्म हो भन्ने मान्यता छ । धर्मको बाटो अनुसरण गर्नु सुख शान्ति प्राप्त गर्नु हो ।

हरेक व्यक्ति धर्म मान्न स्वतन्त्र हुन्छ । हामी हिन्दु धर्म मान्दछौं । बौद्ध, शीख, जैन, इसाई, इस्लाम आदी धर्म मान्ने मानिसहरु विश्वभर फैलिएका छन् । हिन्दुहरुको स्वर्ग मुस्लिमहरुको अल्लाहको दरवार, इसाईहरुको हेभेन (ज्भखभल० यी तीन ठाउँ अलग अलग छन भन्न सकिदैन । हरेकले आफ्नो धर्मको प्रचार गर्न सक्तछन् तर अरुको धर्मको विरोध गर्नु गलत कार्य हो ।

धर्म त्यो बाटो हो जसले हरेक व्यक्तिलाई आफ्नो जीवन यात्रा सफल वनाउन सहयोग गर्दछ । हामीले जुन धर्म माने पनि स्वतन्त्रता पूर्वक विर्भिकता पूर्वक मान्न सक्तछौं । मुस्लिम धर्मावलंवीहरु आफ्नो धर्म वाहेक अन्य धर्म मान्नेलाई (काफीर) नास्तिक मान्दछन् । मुस्लिम धर्मालम्वीहरु हिन्दु धर्मका कटृर दुस्मन मानिन्छन् ।

इसाईहरुले गाउँ गाउँमा गएर अशिक्षित मानिसहरुलाई अथवा गरीव र दलितहरुलाई हरेक प्रकारका प्रलोभन, फ्रि औषधोपचार गराई दिने फ्रि शिक्षा दिलाई दिने र विभिन्न किसिमका आर्थिक प्रलोभन देखाएर आफ्नो धर्मतर्फ तान्दछन् । नेपालमा उनीहरुले लाखौं लाख मानिसहरुलाई आफ्नो धर्ममा आकर्षित गराई सकेका छन् । आफ्नो खुसीले कुनै धर्मलाई स्वाभाविक रुपमा मान्न सकिन्छ । तर जवरजस्ती लोभ्याएर, झुम्याएर र विभिन्न प्रकारका प्रलोभनमा पारेर धर्म परिवर्तन गराएर आफ्नो धर्ममा आकर्षित गर्नु गलत कार्य हो ।

२०५९ पुष २२ गते देखि २७ गतेसम्म काठमाण्डौको बुढानिलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा पश्चिमा देशका धर्म प्रचारकहरुको अन्तर्राष्ट्रिय भेला सम्पन्न भएको थियो सो भेलाले नेपाल, भुटान, सिक्किम र तिब्बत समेतका मानिसहरु समेटेर हिमाली क्षेत्रमा चर्चहरुको संख्या विस्तार गर्ने र धर्म प्रचारको कार्य गोप्य रुपमासञ्चालन गर्ने हिमालय रणनीति पारित गरेका थिए । हिमालयन पार्टनर नामको एक अन्तर्राष्ट्रिय संस्थाले यो भेलाको आयोजना गरेको थियो ।

त्यही रणनीति अनुसार राई, लिम्बु, नेवारी, तिव्वती लगायतका करिव २० भाषामा वाईवलको अनुवाद गर्ने निर्ण गरिएको थियो । ०६४ सालसम्ममा नेपालमा चर्चको संख्या २ हज्जार ७०० थियो । अहिले सम्म चर्चको संख्या वीस हज्जार नाघी सकेको छ । इसाई बन्ने नेपालीहरुको संख्या लाखौं लाख पु¥याई सकिएको छ । इसाईहरुले वाईवल पढाएर इसाई धर्मका वारेमा सत्य कुरा विश्लेषण गरेर बुझाएर इसाई धर्मावलम्वी वनाए भने त्यो राम्रै कुरा हो । तर उक्त लेखिए अनुसार जवरजस्ती, हिन्दु धर्मका नकारात्मक पक्षहरु देखाई वा उनिहरुलाई आर्थिक, स्वास्थ्य, शिक्षाका फाईदाका कुरा देखाई प्रलोभनमा पारेर इसाई धर्मावलम्वी वनाउनु अनुचित कार्य हो ।

आजभोली विश्वमा क्रिश्चियन, इस्लाम धर्म, हिन्दु,चिनिया, बौद्ध, शिख, यहुदी, वहाई, जैन, शिल्थी र फारसी आदी दर्जनौ धर्महरु छन् । क्रिश्चियन धर्म मान्नेहरु विश्वमा करिव दुई अरव जति मासिहरु छन् । इस्लामधर्मावलम्बीहरु एक अरव जति छन् । हिन्दु धर्म, बौद्ध धर्म, शिख धर्म, जैन धर्म, यी सवै धर्म मान्नेहरु करिव २ अरव जति छन् यी सवै ॐकार परिवार भित्र पर्दछन् । ॐकार परिवार भित्र खास मतमतान्तर कम छ । हिन्दु, बौद्ध, शीख, जैनले हाम्रो धर्ममा सदस्य बन भनि कसैलाई भन्दैनन् । आफ्नो इच्छानुसार मनले चाहेको धर्ममा लाग्ने स्वतन्त्रता हरेक व्यक्तिलाई छ ।

धार्मिक परम्परानुसार दैवी शक्ति परमात्मामा अथवा अदृश्य शक्तिमा विश्वास गर्ने त्यस्ता शक्तिसंग सम्बन्धित नैतिक आचरण, व्यवहार, मूल्य तथा मान्यता राख्ने संघ संस्था तथा पूरातन विधिहरु पर्दछन् । कहिलेकाही आस्था र विश्वास धर्म कै अर्थमा प्रयोग गरिन्छ । पहिला पहिला धर्मका आधारमा कानून नियम वन्ने गर्दथे । धर्म शब्दलाई सामाजिक रुपमा मान्ने धर्म भन्ने बुझनु पर्दछ । धर्म भनेको मानवको स्वाभाविक गुण हो ।

राज्यले धर्म मान्ने अथवा नमान्ने प्रश्न टडकारो रुपमा अगाडी आएको छ । नेपालका संविधानहरु, २००५ सालको वैधानिक कानून २००७ साल अन्तरिम संविधान २०१५सालको नेपाल अधिराज्यको संविधान, २०१९ सालको नेपालको संविधानमा पनि हिन्दु संवैधानिक राजतन्त्रात्मक अधिराज्य भनिएको छ । हाल नेपालमा करिव तीन करोड जनसंख्या छ हिन्दु, मुस्लिम, क्रिश्चियन, बौद्ध, जैन आदि १० ओटा धर्म मान्ने मानिसहरु छन् । नेपालमा धार्मिक मत मतान्तर विवाद धर्मका नाउँमा रक्तपात हुने गरेको अवस्था छैन तर पंचायत कालमा धर्म परिवर्तन गराए भन्ने आरोपमा कैयौ क्रिश्चियन धर्मावलम्वि नेपालीहरुलाई मुद्दा चलाई जेलमा हालिएको थियो ।

यसबाट क्रिश्चियनहरु निकै रिसाएका थिए र पंचायति व्यवस्था अन्त्य गर्नका निमित्त क्रिश्चियनहरुको ठूलो सहयोग भएको थियो । विश्वमा करिव करिव ७५ देशहरु क्रिश्चियन धर्मसापेक्ष राष्ट्र छन् । मुस्लिम धर्मावलम्बि मानिसहरु करिव एक अरव छन् । मुस्लिम राष्ट्रहरु करिव ५२ ओटा छन् । मुस्लिम धर्मसापेक्ष देशहरु ३० ओटा छन् । मुस्लिमको जनसंख्या करिव सवा अरब छ । जनसंख्याको दृष्टिकोणले हिन्दुहरु पनि सवा अरव छन् । हिन्दु र मुस्लिमहरुको जनसंख्या करिव बरावर छ । हिन्दुहरुको बाहुल्य भएका दुइवटा देश भारत र नेपाल छन् । भारत र नेपाल दुवै देशमा करिव ८०% हिन्दुहरु छन् ।

संविधानको मस्यौदामा लेखिएको धर्म निरपेक्षताको संम्बन्धी विषय ज्यादै विवादस्पद वनेको छ । विश्वमा धर्मका नाउँमा ठूला ठूला रक्तपात र नरसंहार राष्ट्रिय विखण्डन हुने गरेका उदाहरण ताजै छन् । भारतको संविधान निर्माण हुने अवस्थामा हिन्दु मुसलबान बीचमा ठूलो दंगा भै ठूलो संख्यामा मानिस हताहत हुने अवस्था आएकोले सिंगो भारतलाई दुई देशको रुपमा विभाजन गरी हिन्दु वाहुल्य क्षेत्रलाई हिन्दुस्तान वनाइएको र मुस्लिम वाहुल्य क्षेत्रलाई पाकिस्तान छुटृै देश भएको र धर्मकै कारण एउटा देश छुटृयाएर दुई देश वनाइएको हो ।

सवा अरव जति हिन्दुहरु विश्वमा छरिएर रहेका छन् । नेपाल, भारत, मौरिसस, इन्डोनेसियाको बाली टापु हिन्दुहरुको गढ नै हो । त्यस्तै बंगलादेशमा १.१ करोड, म्यानपमारमा ७१ लाख, पाकिस्तानमा ३३ लाख, श्रीलंकामा २५ लाख, संयुक्त राज्य अमेरिकामा २० लाख, दक्षिण अफ्रिकामा १२ लाख, संयुक्त अधिराज्यमा १२ लाख, क्यानाडामा, ७ लाख, फिजीमा ५ लाख, ट्रिनिडाड र टोबेगोमा ५ लाख, गायानामा ४ लाख, नेदरल्याण्डमा ४ लाख, सिंगापुरमा ३ लाख, सुरिनाममा १ लाख, हिन्दुहरु स्थायी रुपमा वसोवास गरेका छन् । त्यस्तै अन्य धेरै राष्ट्रहरुमा हिन्दुहरु निकै संख्यामा वसोवास गरिरहेका छन् ।

भारतमा करिव सवा अरव जनसंख्या रहेकोमा करिव ८०% हिन्दुहरु छन् । भारतमा हिन्दु र मुसलमान बीचमा भएको द्वन्दका कारण भारतलाई धर्म निरपेक्ष वनाईएको हो र यही धर्मनिरपेक्ष बनाएको कारणले महात्मा गान्धीलाई कटृर हिन्दु नाथुराम गोड्सेद्वारा गोली हानी हत्या गरिएको थियो ।

हाल नयाँ वन्ने संविधानको मस्यौदाको धारा ४ माधर्म निरपेक्ष लेखियो भनी हिन्दुवादी पार्टीका नेताहरु रा.प्र.पा.नेपाल र हिन्दु धर्मवादी संघसंस्थाहरुले धर्मनिरपेक्षताको विरोध गरी आन्दोलन गर्ने चर्को आवाज उठाई रहेका छन् । यो देशमा कटृर हिन्दु उठे भने वर्तमान सरकारले यो संविधान जारी गर्न अप्ठ्यारो पर्नसक्छ ।धार्मिक द्वन्दका कारण देशले राजनीतिक द्वन्दको भुमरीमा पर्ने संभावना वढ्न सक्तछ । एक थरिले हिन्दु धर्म सापेक्ष राज्य हुनु पर्दछ भनेका छन् भने अर्का थरिले धर्म निरपेक्ष राज्य हुनु पर्दछ भनेका छन् ।

करिव सवा अरव भन्दा वढि संख्यामा रहेका हिन्ुहरुको वाहुल्य रहेका भारत र नेपाल दुई देश मान्य हुन अन्य देशमा हिन्दुहरु अल्प संख्यक रुपमा छन् । धर्म निरपेक्ष लेखिएको कारणले नेपाल भारतका कटृर हिन्दुहरु आक्रोशित भएका छन् । विश्वको आठ अरव जनसंख्यामध्ये कुनै धर्ममा विश्वास नगर्ने एक अरव मानिसहरु मात्र रहेका छन् । अन्य ७ अरव मानिसहरु कुनै कुनै धर्मसंग प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जोडिएको देखिएको छ । नेपालमा हिन्दु धर्म मान्नेको संख्या निकै बढि छ । यहाँ पार्टीका नेताहरु धर्मनिरपेक्षता कुरा गर्दछन् तर कार्यकर्ताहरु कुनैन कुनै धर्मप्रति आस्थावान छन् ।

इसाई धर्म चर्चले ज्यादै शोषण गरेकाले कार्लमाक्र्स, लेनिन, स्तालिन, माओत्सेतुङ्ग, आदी नेताहरु धर्मको विरोध गर्ने कडा नास्तिक वनेका हुन् । धर्मको नाउमा आस्तिक, नास्तिकको अर्थ लगाउनु गलत कार्य हो । कार्लमाक्र्स भन्दा अघि यूरोपमा नित्से भन्ने नास्तिक व्यक्ति थिए उनले नास्तीकतामा आधारित जरायुस्थ भन्ने पुस्तक लेखेका थिए ।हाम्रो पूर्वीय दर्शनको क्षेत्रमा धेरै ऋषि मुनीहरु धार्मिक थिए । तर चरक भन्ने ऋषि नास्तिक थिए ।

उनले ऋणमकृत्वा घृर्तपिवेत भन्ने गरेको यथार्थता ताजै छ । धार्मिक आस्तिक भन्ने दुईवटा शब्दलाई एकै अर्धमा बुझ्नु हुदैन आस्तिक हुनु राम्रो कुरा हो धार्मिक हुनु नहुन आफ्नो चाहनाको कुरा हो । धर्म र भगवानमान्नेकुरालाई एकै अर्थमा बुझनु हुदैन । धर्म भनेको मानव धर्म हो । माथि उल्लेख गरिए अनुसार धर्म शब्द संस्कृतको धृ शब्दबाट भएको हो । धृ धारणे सतयं धारयेत अनेन इति धर्मसत्य बोल्नु, साँचो व्यवहार गर्नु सत्यलाई कार्यान्वयन गर्ने प्रयत्न गर्नु धर्म हो ।

आजसम्म विश्वमा धर्मका नउँमा धेरै विवाद भएका छन् । एउटै धर्म मान्नेहरुका बीचमा जस्तै मुस्लिम धर्मका शाखाहरु सिमा र सुम्नीका बीचमा रक्तपातपूर्ण अन्तरसंघर्ष भैरहेका छन् । त्यस्तै क्रिश्चियन धर्मका शाखाहरु प्रोटेष्टेन्ट र क्याथोलिकका बीचमा अन्तरद्वनद चली रहेका छन् । त्यस्तै हिन्दु धर्मका शाखा वैष्णव शैव, ॐ, शान्ति, राधे राधेका बीचमा वेमेल देखिएका छन् ।

त्यस्तै बुद्ध धर्मको शाखा महायान र हीनयानका बीचमा अन्तरद्वन्द छ । हाम्रो संविधानमा धर्मनिरपेक्षता र धार्मिक स्वतन्तत्रा कुन शब्द लेख्ने भन्ने विषयमा व्यापक छलफल हुनु आवश्यक छ । धर्म निरपेक्षता यथावत राख्दा हिन्दु धर्मालम्बीहरु ज्यादै रष्ट हुने सम्भावना देखिन्छ । हिन्दु धर्मावलम्वी राष्ट्र लेख्ने कुरा कुनै हालतमा औचित्यपूर्ण हुदैन धार्मिक स्वतन्त्रताको हक मौलिक हक अन्तर्गत समावेस गरि सकिएको छ । संविधानको मस्यौदाको धारा ४ मा लेखिएको धर्मनिरपेक्ष शब्दको बारेमा व्यापक छलफल गरेर जनमत बुझेर समुचित निर्णय गर्नु पर्दछ ।

लेखक:-बरिष्ठ अधिवक्ता हुन्।

1 COMMENT

  1. Dear lekhak jui, tapaiko lekh raro lagyo.
    dharmikk swatantrata bhaneko hindu rajya sahit ko dharmik swatantrata ho ki aru nai? prasta bhayena. rajya ko dharma janata ko sewa ra pragati ho naki auta gut ko asthako bharanposan. mero bicharma nepal dharmik swatantrata sahit ko bahudharmik rastra hunecha bhanda thik hola ki.

Comments are closed.