बेल्जियममा बैधानिक तथा कागजी प्रकृया बारे अन्तरक्रिया सम्पन्न


बेल्जियम/ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले बैधानिक तथा कागजी प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

बेल्जियम संसद सदस्य तथा नेचुरलाईजेशन बिभागकी नहिमा लान्जरी सँग एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो । गैर आवासीय नेपालीहरुको तर्फबाट संघका अध्यक्ष प्रेम गुरुङले स्वागत गर्दै बेल्जियममा नेपालीहरुको गतिविधि बारेमा अवगत गराएका थिए ।

उपस्थिति नेपालीहरुको तर्फ बाट बालेन्द्र गुरुङले बेल्जियममा रहेका नेपालीहरु मेहनती, काममा ईमान्दार, र व्यवसाय क्षेत्रमा पनि प्रवेश गरि बेल्जियम सरकारको नियम अनुसार कर तिरी आफ्नो व्यवसायबाट सरकार लाई फाइदा पुर्र्याएको, हाल सम्म कुनै पनि गैर कानुनि कार्यमा संलग्न नरहेको अबगत गराए।

बैधानिक तथा कागजी प्रकृयामा रहेका नेपालीहरुको लागी हालै अमेरिका क्यानाडाले अपनाए जस्तै नेपालको प्राकृतिक बिपत्ति अन्तर्गत आपतकालीन अस्थाई बसाई प्रक्रियाको बारेमा समेत प्रश्न गरिएको थियो। कार्यक्रममा हालै नेपालमा प्राकृतिक प्रकोपले नेपालीहरुमा परेको समस्याका बारेमा अवगत गराउदै लिखित बिज्ञप्ति बुझाईएको थियो ।

कार्यक्रमा प्रमुख अतिथि रुपमा रहेकी नहिमा लान्जरीले बेल्जियममा शरणार्थी प्रकिया, परिवार पुनर्मिलन प्रक्रिया, बिद्यार्थी कामदारहरुको बारेमा छुट्टाछुट्टै प्रकिया रहेको तिनीहरुको बारेमा आ-आफ्नै प्राबधान नीति नियम रहेको र सबै नियमको बारेमा बिस्तृत रुपमा समेत उल्लेख गरेकी थिईन।unnamed-47साथै रेगुलाईजेशन प्रकृया अन्तर्गत, आफ्नो व्यक्तिगत रुपबाट रेजुलाईजेशन को लागी निवेदन दिन सक्ने र परिणाम पनि व्यक्तिगत रुपबाट नै फैसला हुने गरेको बताएकी थिईन ।कार्यक्रममा बेल्जियममा बैधानिकताको बारेमा प्रमुख अथिति समक्ष उपस्थिति महानुभावहरुले राखेको जिज्ञाशा गैर आवासीय नेपाली संघ बेल्जियमकी महिला समिति सदस्य लीला शर्माले भाषागत रुपमा रुपान्तर गर्दै प्रत्येक जिज्ञाशाको बारेमा बताइएको थियो ।

उक्त कार्यक्रममा बेल्जियममा रहेका बिभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।