लन्डन । गैरआवासीय नेपाली संघ यूके र नेपाल पत्रकार महासंघ बेलायतको विशेष सक्रीयतामा स्थापना गरिएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१५ का लागि गैरआवासीय नेपाली संघले दर्खास्त आब्हान गरेको छ ।
बुधवार संघको वेवसाइट मार्फत सूचना जारी गर्दे ३१ जुलाई सम्म आवेदन गर्न आब्हान गरेको छ । तोकिएको समय भित्र प्राप्त आवेदनहरुलाई मूल्याङ्कन गर्नका लागि पत्रकारितामा दखल राख्ने, विभिन्न पुरस्कार समितिमा काम गरिसकेका अनुभवी प्राज्ञ तथा वौद्धिक व्यक्तित्वहरु रहेको एक स्वतन्त्र समितिले मूल्यांकन गरिने सूचनामा उल्लेख छ ।
विश्वको कुनै पनि कुनामा रहेका नेपाली र मातृभमि नेपालका लागि पत्रकारितामार्फत योगदान दिइरहेका पत्रकारहरुले आवेदन दिन सक्ने एनआरएनएले जनाएको छ । १ लाख १ हजार नगद र प्रमाणपत्र सहित सो पुरस्कार प्रत्येक २ बर्षमा प्रदान गर्ने गरिन्छ ।