दुखको बेला झन् झन् हराएको मानवता…


– रोजी लाबुड० ( राई )
मलाई त हामी मान्छे भएको मा अनि चेतनशील प्राणी भएकोमा आफैलाई शर्म लाग्छ हामी कति सम्म कठोर अबुझ अनि लज्जास्पद छौ ??? कहिले आफैले आफैलाई मुल्याँकन गर्नु भएको छ हजुरहरु ले ?? हामी सबैले मानबता दिनहुँ गुमाई रहेछौं झै लाग्छ !छ मलाई त आश्चर्य लाग्यो कस्तो मन मष्तीष्क अनि मानसीकता होला हामी हरुको !!!

माफ गर्नु होला मैले हजुरहरु कसैलाई पनि आदर्शको पाठ सिकाउन खोजेके पनि हैन सहानुभूति प्रकट गरेर कसैको मानसिकता लाई परिवर्तन गर्ने उद्देश्य ले दुई हरफ कोरेको पनि हैन म कसैलाई आदर्शको पाठ सिकाउने कुनै दार्रशनीक कुनै सभ्य शिक्षित मनोवैज्ञानिक ब्यक्तीत्व पढेलेखेको कुनै योग्य लेखक कवि पनि हैन हजुरहरु जस्तो निपुर्ण ब्यक्तीत्व हरुलाई मैले दुई शब्द लेखेर केही हुनेबाला छैन स्यंम म आफै अयोग्य अशिक्षित भए पनि मलाई यति कुरा चाहि थाहा छ ! अनि मैले कुनै पनि सज्जन मानब समाज माथि प्रश्न गर्न खोजेको छैन जो ब्यक्तीत्व हरुमा यस्तो किसीमको ब्यबहार छ त्यस्तो ब्यक्तीहरु लाई भनेको हो मानब समाज भन्दा के हामी नेपालीहरु मात्र मानबसमाज भित्र पर्छौं र !

मेरो सोचाई मा बिश्बमा भएका जति पनि मान्छेहरु छन् सबै मानब समाज भित्र नै पर्दछन् भन्ने लाग्दछ र कसैले पनि अन्यार्थ सोच्नु ज़रूरत नभए जस्तो लाग्छ मैले सिर्फ़ मेरो बिचारहरु मात्र पेश गरेको हो कसैलाई औंलाएर कसैको नाम कसैको ठाऊ किटान गरेर पनि लेखेको छैन यो सबै आ-आफ्नो मानसीकता अनुसार बुझाईमा भर पर्ने कुरा हो ! जो ब्यक्तीत्व मा अरु प्रतिको पिडा दुख समस्या मा कुनै मजाक अनि कुनै स्बार्थ हुन्छ कसैको कमज़ोरी मा कसैले फाईदा लुट्न खोज्छ त्यस्तो मानब प्रबृती भएको हरुलाई मैले भन्न खोजेको हो कसैले आपति लिन ज़रूरी छैन कारण म कुनै देशको कुनै मुलुक को न्यायधिश हैन !

म कुनै देशको राजा बद्शाहा राष्ट्रपति मन्त्रि म कुनै राष्ट्रको राजनीतिज्ञ पनि हैन साथै म कुनै सभ्य शिक्षित सम्पन्न पूँजीपति परीबार मा हुर्केको ब्यक्ती पनि हैन मेरो सोचाईले मेरो शब्दले नत कुनै सोर्शफोर्श नै लाग्छ नत कुनै नियम क़ानून मा पारित नै हुन्छ नत कुनै न्यायलयमा गएर न्याय को खोजी गर्न अनि सफ़ाई दिन लिन नै मिल्छ ! सिर्फ़ म मा भएको बिचार मात्र मैले शब्दमा दर्शाएको हो हजुरहरु कसैलाई यो हरफहरुले बिछिप्त बनाएको भए माफ गर्नु होला कारण यो सब मेरो अज्ञानता अनि अनभिज्ञताको कारण हुन सक्छ यति मात्र हैन मेरो सोचाई मानब समाज देखी बाहिरको पनि हुन सक्छ मैले मानव समाजलाई राम्ररी बुझ्न नियाल्न नसकेको पनि हुन सक्छ मैले सिर्फ अहिलेको परीबेशमा मैले देखीरहेको भोगीरहेका कुरा लाई मेरो नजरमा मेरो सोचाईमा अमानवीय ब्यबहार भएकोले शब्द मा मेरो भाब ब्यक्त गरेको मात्र हो !

हामी मान्छेहरु कति सम्म स्वार्थी अबुझ अनि निष्प्रेम छौं भन्ने कुरा बिश्वमा घटी रहेको बिभिन्न घटनाहरु बाट थाहा पाउन सक्छौं ! अहिले बिश्व नै अनेकौ किसीमको होडबाजी मा ब्यस्त छ ।हाम्रो देशमा अहिले ठुलो संकट परेको छ प्राकृति को उपहार नियतीको भयानक प्रहारले सबै भताभुंग लथालिंग भएको अवस्था छ कयौं मानीसहरु बालबच्चाहरु माटो संगै बिलाए कयौं अंगभंग भए कयौं ले बाबा अामा बुढा बुढी छोरा छोरी गुमाए कयौं मानसीकता रोगी बने हाम्रो बास्तवीक परीस्थीती अनि हाम्रो समस्या र जन्नजीरता थाहा नहुन् को नै होला र ?

तर यस्तै परीबेशमा हामी भएता पनि हाम्रो समाजमा अझै पनि कति कठोर अनि अबुझ असमझदार ब्यक्तीत्व हरु रहेछन् भन्ने कुरा दिनहुँ सयौं प्रमाणहरु झल्की रहेको छ ! यसै क्रममा मैले कति ब्यतीत्वहरु ले अनेकौं पोज गर्दै जन्जीर घटना स्थलहरु मा फोटो शेसन गरेर झैं कसैले कुनै स्थानमा मनोरन्जन गर्न गए झै बनभोज खान गएझै गरी कसैले कतै खुसीयाली मनाउदै क्याम्पीन गर्न गए झै गरेर फ़ेसबुक को भित्ताहरु मा फ़ोटो हरु सजाएको देखे यस्तै बिच मैले धेरै जनाको गुनासो पाए धेरै जसोलाई कसैको जिबन र मरन संग सम्बन्ध छैन आफु सुरक्षित भएकाहरु ले अाफ्नो घरमा भाडा तिरेर बस्ने हरुलाई फ़ोन मार्फ़त तपाई हरुलाई के कस्तो छ भनेर सोध्नु को सट्टामा मेरो घर कस्तो छ कतै चर्कीएन ?

यस्तो प्रश्न गरेको मैले पाए तपाईहरु आफै सोच्नुहोस् के यो पनि कुनै मानब सभ्यताको परिचय हो ? मलाई लागो मेरो देशमा अहिलेको परीपेक्षमा सर्वसाधारण हैन जो पढेलेखेको योग्य सभ्य सम्पन्न भनौंदाहरु छन् उनीहरु बाट नै असभ्यताको शिक्षा प्रस्फुटित भै रहेको छ दिनहुँ जस्तो । जो अशिक्षित अनि सर्वसाधारण छ उसमा कसै प्रति कुब्यबहार गर्ने अनि जाल झेलगर्ने बुद्धिको बिकास हुँदैन जो पढेलेखेको सभ्य शिक्षीत सम्पन्न छन् त्यस्तो हरु बाट नै अनेकौं बिकृतीहरु उब्जीरहेको छ ।

हामीले पढेर मात्र के काम पढेको कुरालाई सहि मार्गमा उपयोग गर्न सकेनौं भने !अहिलेको नेपालमा घटीरहेको यस्तो भयानक परीस्थीती मा पढेलेखेको भनौंदाहरु अनि पुजीपति धन्याढ ब्यक्तीत्व हरुले आफ्नो घरमा भाडामा बस्ने मान्छेहरु लाई मेरो घरको भाडा मेरो अकाउन्ट मा जम्मा गरी देउ भन्नु मेरो घर चर्केको छैन बस्न लायक को छ सो अब तिमीले यसको भाडा बढाउ भन्नु कति सम्म घटीया अनि निच सोचाई होला ।धेरै काठमाण्डौं बासीहरु बाट मैले यस्तो गुनासो पाए सुन्दै कस्तो अमानवीय लाग्ने । कसैले यस्तो बिकट असैय्ह परीस्थीती मा मौकाको फ़ायदा उठाएर चोरी गर्ने कोही आफ्नो नाम लाई परिचित बनाउने उद्देश्य बोकी देखाबटी सहयोगको नाटकी पात्र बन्ने कति सम्म हामी गिर्न सकेको होलाऔं !

यस्तो अवस्थामा  कोही कोही पत्रकार भनौंदा हरुको प्रश्न गराई त्यस्तै छ मान्छे हष्पीटल को बेडमा शास राम्ररी फेर्न सकिरहेको छैन कोही दुखाई पिडा ले खपीनसक्नु भएर लडीरहेका तड्पी रहेका छन् कोही अभिभावक गुमाएर कोही बालबच्चा गुमाएर कोहि जिवन साथी गुमाउन परेर भक्कानी रहेका छन् कोही घर बार बिहीन भएर खान नपाएर जिउँदो लास झै बनी रहेका छन् यस्तो देख्दा देख्दै पनि समचारको लागी भिडीयो खिच्दै अनेकौं प्रश्न हरु गरी रहेका हुन्छन् खै कहाँ गयो हामीहरु को स्मरणशक्ति ?

हामीले नामको लागी पार्टीको लागी संस्था को लागी स्वार्थपुर्ण भाबनाले हैन निस्वार्थ बनी जुटनु पर्छ मेरो भाबले हैन हाम्रो भावना लिई एकहुन जरुरत छ । कोहि नामको लागी केही दाम को लागी कोहि चर्चा कमाउनको लागी केही पार्टी को निमित्त कोहि धर्म प्रचारको लागी यो त अतिनै भयो नि हैन र ? यो समय कुनै प्रचार प्रसारको कुनै देखाबटी दया र सहानुभूति को अनि कसैको मूल्याँकन गर्न को लागी उपयोग गर्ने समय हैन जस्तो लाग्छ मेरो एकलौटी सोचाई मा !

सिर्फ़ यति बेला हामीलाई बिश्बमा रहेका हरेक राष्ट्र हरेक बर्ग हरेक धर्म हरेक पार्टी हरेक ब्यक्तीत्व हरेक संघ संस्था हरु एक भएर सिर्फ़ असल मानबताको नाताले हातमा हात साथमा साथ मिलाई एउटै निस्वार्थ भावना लिई आफुले के गर्न सकिन्छ सोहि अनुरूप सेबा गर्ने समय हो भनेर सोच्नु अनि सोच्ने मात्र हैन ब्यबहार मा ल्याउन जरुरी भए जस्तो लाग्छ पत्र पत्रिका हरुमा पाईन्छ फलना ले यति पार्टीले उती यो संघ संस्था ले यति ब्यक्तीले यति यो सबै दिखाबा गर्न जरुरत छ र ?

सहयोग भन्ने कुरा संयम आफुले समेत मैले कति गरें भनेर मूल्याँकन नगर्नु नै उत्तम हो कि जस्तो लाग्छ !सहयोग भन्ने कुरा निस्वार्थ अनि अमुल्य होस् ! उसले त यती धेरै दिएछ मैले कति दिने होला भन्ने मनसाय लिन जरुर छैन हामीले जे गर्दा पनि आफ्नो गच्छे अनुसार गर्ने हो अनि त्यसैमा सन्तुष्टि हुने हो !कसैले अरबौं दिएको ठाउमा मेरो जाबो १०० के गर्नु भनेर सोच्नु हुँदैन उसको लागी त्यो अरबौं जति मुल्यबान छ हामी सर्वसाधारण को लागी त्यही १००पनि त्यतीकै मुल्य छ !यो पनि सोच्नु पर्छ कि कसैलाई चौरासी ब्यन्जन भएको ठाउ मा कसैको लागी एउटै ब्रेड पनि काफी हुन्छ उसको आफ्नो भोंक मेटाउन लाई !

सहयोग भन्ने कुरा कहिले धेरै थोरै भन्ने हुँदैन जे सहयोग गरीन्छ केवल निस्वार्थ भावनाले अन्तरहृदय बाट स्वच्छ बिचारले गरेको नै काफी हुन्छ !! सहयोग लाई हामीले कहिलै पनि पैचोको रुपमा सापटीको रुपमा लिनु दिनु उपयुक्त होला जस्तो लाग्दैन सहयोग त्यो अवस्था मा लिईन्छ दिईन्छ जव कसैलाई बिपत्ती आई पर्छ जुन समयमा उसलाई कसैको भौतिक रुपमा शारीरिक रुपमा मानसीक रुपमा सहयोग को जरुरत हुन्छ !त्यो समयमा उ यति धेरै घायल बिछिप्त भएको हुन्छ उसले आफैले आफैलाई पनि समाल्न सकीरहेको हुदैन शारीरिक मानसीक लगायत भौतिक अवस्था बाट !

तपाईको प्रतिक्रिया