नसम्झुँ मन मान्दैन, सम्झे आँशु झर्छ


अमृत सुवेदी/ पोखरा
‘विनोद मैले पत्याउनै सकेको छैन । तिमी हामीमाझ छैनौ । अब तिमीलाई यि आँखाले कहिल्यै देख्न पाउने छैनन् । केवल तिम्रा यादमा मात्र रसाउनेछन् एक जोर आँखाहरु । जव तिमी मुस्कुराउँथ्यौ हामी मुस्कुराउँथ्यौ । कसरी विश्वास गरुँ अव ति मुस्कुराउने ओठ देखिने छैन । कसरी मानुँ अव पाउने छैन तिम्रो माया । पाउने छैन हौसला र उल्लासमय समयको समसाथ । तर, किन पछ्याइरहन्छ तिम्रो छायाँ र भनिरहन्छ साथी अत्यास लाग्यो अव त भेटम न !’

अमेरिकामा रहेका शिव मल्लले यि हरफहरु दौंतरी विनोद श्रेष्ठका लागि लेखेका हुन् । विनोदको १२ गते गएको विकाशकारी भूकम्पमा परी ज्यान गयो । तनहुँ जामुनेका ३३ बर्षीय मेजर विनोद श्रेष्ठ नेपाली सेना नगरकोटमा कार्यरत थिए । ७ दशमलम ९ रेक्टर स्केलको भूकम्पमा १२ बर्षदेखि नेपाली सेनामा कार्यरत मेजर श्रेष्ठको अल्पायु मै ज्यान गयो । त्यो भन्दा ठूलो रेक्टर स्केलको भूकम्पले उनको परिवार र साथीसंगीको मनमा पहिरो गयो । विपत् व्यवस्थापन तालिमका प्रशिक्षक श्रेष्ठले आफैंलाई बचाउन सकेनन् ।

Screen Shot 2015-05-09 at 17.14.57

(तस्वीरमा- भुकम्पमा परी ज्यान गुमाएका नेपाली सेनाका मेजर तनहुँका विनोद श्रेष्ठ)

‘छोरीसँग खेल्दै थियो । ठिक ११ बजेर ५५ मिनेटमा ऊ सामान किन्न र कपाल काट्न भन्दै गयो । गएको एक मिनेट पनि नहुँदै उसले सामान लिन भ्याएन पापी भूकम्पले उसकै ज्यान लियो ।’


नसम्झे मन मान्दैन, सम्झेँ आँशु झर्छ । यो याद भन्ने कुरा नै यस्तै रहेछ । उनको निधनले अहिले परिवार तथा साथीसंगी शोकाकुल छन् । ६० बर्षीय आमा नरमाया श्रेष्ठलाई सही नसक्नु भएको छ । शुक्रबार श्रेष्ठको निधन भएको १३ दिनको पुण्य तिथिमा सबै भक्कानिए । आमालाई सम्हालौं की आफैं सम्हालिहुँ भयो दाई जुनकुमार र राम श्रेष्ठलाई । सबैका आँखाबाट आँसु बगे । उनीहरुले छोराको, भाईको, संगीको याद बगाउन सकेनन् बरु यादले आफैलाई बगाइरह्रयो । विनोदलाई सम्झँदै दिपक मल्लले भने ‘बिहेको कुरा चल्दै थियो । तर, बिहे भन्दा अगाडी ऊ आफ्नै घर बनाउन चाहन्थ्यो । सपना थियो आफ्नै घरमा दुलही भित्र्याउने । हाम्रो पनि त्यही सपना थियो उसको सुखमय घरबार हेर्ने । तर, न उसको सपना पुरा भयो न हाम्रो सपना पुरा भयो ।’

श्रेष्ठ केही दिन अगाडी मात्रै छाउनी व्यारेकबाट नगरकोट सरुवा भएका थिए । भूकम्प आउने दिन उनी गोंगबुको तनहुँ व्यास होटलमा थिए । अघिल्लो दिन साथीहरुसँगै उनी नगरकोट घुमेर फेरी होटलमै फर्केका थिए । होटलका मालिकसमेत रहेका दिपक मल्लले भने ‘छोरीसँग खेल्दै थियो । ठिक ११ बजेर ५५ मिनेटमा ऊ सामान किन्न र कपाल काट्न भन्दै गयो । गएको एक मिनेट पनि नहुँदै उसले सामान लिन भ्याएन पापी भूकम्पले उसकै ज्यान लियो ।’


उनी ७ तले भवनले पुरिएका थिए । चेन गेटले उनको कम्मर च्यापेको थियो । ठूल्ठूला ढिक्काले थिचेको थियो । ‘उसले सानैदेखि भन्ने गर्थ्याे नेपाल र नेपालीको सेवा गर्छु, मलाई गर्व छ आफु नेपाली सेना भएकोमा । तर, उ आफैं रहेन, उ मरेको छैन बाँचिरहनेछ हामीमाझँ’ उनका दाजु जुनकुमार श्रेष्ठले भने ।


उनी एकदमै मिलनसार थिए । सबैको प्रीय पात्र पनि थिए तर विपतले त्यसो नभन्दो रहेछ । नेपालमा यो विनाशकारी भूकम्पले हजारौंको ज्यान लियो । तर, दुःख र पीडा त एक जना नै मर्दा पनि त हुन्छ त्यस्तै भएको छ उनको परिवार र साथीसंगीलाई । उनको निधनले गाउँनै शोकमा छ जसरी यतिबेला देश नै शोकमा छ । उनीसँगै कार्यरत तथा भूकम्प पछि उद्धारमा लागेका मेजर प्रेम पौडेलले उनको सम्झनामा लेखेका छन् ‘गोंगबुस्थित तनहुँ व्यास होटलनजिक नेपाली सेनाका मेजर श्रेष्ठ पुरिएको खबर आयो, म मर्माहत भएँ । स्टाफ कोर्सको ११ महिना मैले उनीसँगै बिताएको थिए । उनी मेरा रुम पार्टनर थिए । केही महिनापछि उनी पनि शान्ति सेनामा जादै थिए । खबर पाउनासाथ म घटनास्थल पुगें । दिउँसो १ बजेसम्म बचाऊ बचाऊ भन्दै चिच्याएका मेरा साथी बिनोद बोल्न छाडिसकेका थिए ।’

उनी ७ तले भवनले पुरिएका थिए । चेन गेटले उनको कम्मर च्यापेको थियो । ठूल्ठूला ढिक्काले थिचेको थियो । ‘उसले सानैदेखि भन्ने गर्थ्याे नेपाल र नेपालीको सेवा गर्छु, मलाई गर्व छ आफु नेपाली सेना भएकोमा । तर, उ आफैं रहेन, उ मरेको छैन बाँचिरहनेछ हामीमाझँ’ उनका दाजु जुनकुमार श्रेष्ठले भने । उनी केही दिनमा फेरी तनहुँ आउने कुरा थियो । उनी गाउँ आउँदा गाउँनै रमाइलो भए झै लाग्थ्याे साथीसंगीलाई । उनीसँगको त्यो दिन अब सम्झनामा मात्रै बाँकी रहनेछ । उनको नेपाली सेनाको टोलीले सलामी अर्पण गरेपछि दमौलीमा अन्तिम दाहासंस्कार गरिएको थियो । पोखरामा पत्रकारीता गर्दै गरेका सञ्जय मल्लले साथी बिनोदलाई यसरी सम्झीए ।
‘दुखाउन नि यसरी दुखाएर गयौ, आँसुको आहाल बस्यो
चिमोट्न नि यसरी चिमोटेर गयौ, मुटुमै डाम बस्यो
दैवसँग खै के जोरी खोजिएथ्यो र यति निष्ठुर बनिदियो
आँखैमा नबिझाउने तिमीलाई सबैबाट चुडेर लग्यो
तिमीसँगको हरेक भेटमा म भन्ने गर्थे । एकदिन तिमी चिफसाब बन्छौ । अनि म तिम्रो अन्र्तबार्ता लिन्छु । तिमी त्यतिबेला भन्थ्यौ, पहिलो अन्र्तवार्ता नै तिमीलाई दिउँला । अब तिमी यादमा मात्रै सिमित भयौ । हार्दिक श्रद्धाञ्जली ।’