एनआरएन युकेले ६ सुत्रिय माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझायो


लन्डन / गैरआवासीय नेपाली संघ युकेले आफ्ना ६ सुत्रिय माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । लन्डनस्थित नेपाली दूतावास पुगेर एनआरएन युकेका पदाधिकारीले नेपाल सरकारसंग, एनआरएन मन्त्रालय, दोहोरो नागरिकता, मताधिकार लगायतका माग गर्दै विहीवार कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीलाई ज्ञापनपत्र बुझाए ।

श्री सम्माननीय प्रधानमन्त्रीज्यू
नेपाल सरकार
नेपाल
मार्फत: श्री तेजबहादुर क्षेत्रीज्यू
कार्यबाहक नेपाली राजदूतबेलायत
विषयः ज्ञापनपत्रबारे ।
महोदय,
यहाहरुलाइ सर्वविदितै छ कि संयुक्त अधिराज्य बेलायतमा लगभग १ लाखभन्दा बढी गैरआवासीय नेपालीहरु बसोबास गर्दै आएका छन । बसोबाससँगै हामीबीच विभिन्न समस्याहरु विधमान छन । जुन गैरआवासीय नेपाली संघ बेलायत र नेपाल सरकारसमक्ष गहिरो छलफल र विमर्श गरी यथाशीघ्र हल गर्नुपर्ने अवस्था छ । हामी गैरआवासीय नेपालीहरु अध्ययन, व्यवसाय, रोजगारको दृष्टिकोणले संसारको जुनसुकै कुनामा रहे पनि हाम्रो मन,आत्मीयता, आदरभाव र पि्रयता नेपालमा नै छ अझ भनौं हाम्रो ढुकढुकी नेपालमै केन्द्रीत छ । नेपालको मायाले गाजेको र सताइरहेको छ । क्षणिक समयका लागि नेपाल बाहिर रहेपनि विदेशमा बसी हामीले आर्जन गरेको अनुभव, सीप हासिल गरेको विद्धता र दुःखका साथ जम्मा गरिएको सम्पूर्ण अर्थ रकम नेपालमै लगानी गर्दै स्वदेसमा लगानी गराउन उत्प्रेरणा गराइरहेका छौं । त्यसको साथै भविष्यमा नेपालकै लागि प्रयोग गरिनुपर्ने कुरामा दृढ छौं ।

हामी कहिल्यै विदेशी र परदेशी हुन सकेनौ केवल क्षणिक समयकै लागि मात्र परदेसीएका छौं । हामी हाम्रा सन्तानहरुलाई पनि नेपाललाई नै माया गर्नुपर्ने गाथा सिकाइरहेका छौं । यस अर्थमा नेपाल राज्यले हामी गैर आवासीय नेपालीहरुको माग र भावनालाई बुझी निष्कर्षमा पुर्याइदिनुपर्ने आजको यथार्थता अवगत गराउदै तल उल्लेखित मागहरु पूरा गर्न तुरुन्त नेपाल सरकार सामु अनुरोध गर्दछौं ।

गैरआवासीय संघ बेलायतका माग वा एजेण्डाहरु ः

१. पछिल्लो समयमा संसारभर ३० लाख भन्दा बढी नेपालीहरु बसोबास गरिरहेको अवस्थामा अब गैर आवसीय नेपालीहरुको समस्या हल गर्न नेपाल सररको कुनै एउटा नीकायले नभ्याउने हुँदा नेपाल सरकारसँग एनआरएन मन्त्रालय तुरुन्त गठन गर्न माग गर्दछौं । एनआरएन मन्त्रालय गठन भए पश्चात विभिन्न महादेश हेर्ने विभिन्न विभागहरु गठन गर्न वा बेलायतमा रहेको पूर्व गोर्खाहरुको समस्या हल गर्न वा नेपाली भाषा, संस्कृति विदेशमा सिकाउने विभाग वा गैर आवासीय नेपाली सामूहिक लगानी विभाग वा वौद्धिक विभाग वा प्रविधी ट्रान्सफर विभाग वा अरु विभागहरु गठन गरी दिनु हुन जोडदार माग गर्दछौं ।
. नेपाल राज्यको अगामी निर्वाचिनमा समानुपातिकतर्फ मत जाहेर गर्न पाउने वालिग मताधिकारको व्यवस्था गरिदिनु हुन तुरुन्त माग गर्दछौं ।
३. पूर्व गोर्खाहरुको राष्ट्रिय गौरव र इतिहासलाई कदर गर्न र निजहरुले विगतदेखि सञ्चालन गरेको समान पेन्सन सुविधा सहुलियतका लागि आवश्यक दुई पक्षीय वा द्वि देशीय वार्ता गरी पूर्ण गर्न माग गर्दछ । यो वार्ता राज्यले गर्ने वार्ता समितिमा नेपाल सरकारले आधिकारिक वार्ता समिति बनाई सो समितिमा हाल आन्दोलनरत सम्पूर्ण पूर्व गोर्खाहरुलाई प्रतिनिधित्व गराई दिनुहुन यथाशीघ्र माग गर्दछ ।
. एक पटकको नेपाली सधैंको नेपाली हुन पाउनुपर्ने हाम्रो माग पूर्ण गर्न जोडदार माग गर्दछ ।
. नेपाली साहित्य, भाषा, संस्कृति विदेशमा जगेर्ना गर्न नेपाल राज्यबाटैं ठोस कदम चाल्न माग गर्दछ ।
६. नेपाल राज्यको संविधान संविधानसभाबाट बनाई नेपालको राजनैतिक संक्रमण निस्तेज पारी आर्थिक सुधारीकरण गरी सम्पूर्ण विदेशमा रहेका नेपालीहरुलाई राज्यकोतर्फबाट उचित वातावरण बनाई यथाशीघ्र नेपाल फर्केर काम गर्ने वातावरण तयार गरिदिन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
माथि उल्लेखीत एजेण्डा हरु मागका साथमा यस ज्ञापनपत्र लाई नेपाली दुताबासको रोबहरमा नेपाल सरकारलाई पेश गरीएको छ ।
महेन्द्र कँडेल आर.के. त्रिपाठी
अध्यक्ष महासचिव
गैरआवासीय नेपाली संघ
बेलायत

NRN pdfNRN pdf 1