राहदानी बितरणका लागि कतारमा महिला समाज स्वयंसेवकको भूमिकामा


दोहा/ नेपाली महिला समाज कतारको सहयोगमा नेपालीहरुलाई राहदानी वितरणको गरिएको छ । स्वयंसेवकका रुपमा खटिएका नेपाली महिला समाज कतारले नेपाली दूतावासमा नेपालीहरुलाई राहदानी वितरण गरेको हो ।

नेपाली महिला समाज कतारका अध्यक्ष रेखा राईको नेतृत्वमा उपाध्यक्षद्धय आमिना खाँन र संगिता लामा, सचिव रविना राई, केन्द्रीय सदस्यहरु लक्ष्मी गुरुङ्ग र जानुका मगरले चार सय पचास थान पासपार्ट वितरण गरेको थियो ।

नेपाली कामदारहरुलाई एकदिन भएपनि काममा गयल हुनुपर्ने स्थिति नहोस् भनेर दुतावासले हरेका शुक्रवार छुट्टीको दिन पासपोर्ट वितरण गर्दै आइरहेको छ भने विहानदेखि नै पासपोर्ट लिन आउनेहरुको भिडपनि निकै धेरै भिड हुने गरेको छ ।
एकै किसिमको पहिरनमा सजिएर नेपाली महिला समाजले पासपोर्ट वितरण गर्न खटिएर गरेको यो प्रशंसनीय स्वयंसेवक कार्यको नेपाली समुदायका विचमा निकै प्रशंशा गरिएको छ ।