लेखनाथ महोत्सवमा स्टलबाटै सामान चोरी


लेखनाथ/

लेखनाथ उद्योग वाणिज्य संघले कास्कीको लेखनाथमा जारी ११ औं लेखनाथ महोत्सबमा स्टलबाटै समान चोरी भएको छ । गएराति महोत्सबको करिब ४० वटा स्टलबाट समान चोरी भएको व्यवसायीहरुले बताएका छन् । फेन्सी तथा रेडिमेड, घडी, चस्मा, विद्युतीय सामाग्री भएका पसलबाट समान चोरी भएको महोत्सबमा व्यवसाय गर्दै आएकाहरुले बताएका छन् ।

सामान चोरी भएको बारे आयोजकलाई जानकारी गराएपनि कुनै सुनुवाई हुन नसकेको उनले बताएका छन् । स्टलहरुको पछाडीबाट पर्दा काटेर भित्र भित्रैबाट हिडेको देखिएका कारण केहि मात्रामा सामान लगेको हुन सक्ने प्रहरी निरिक्षक नवराज भट्टराईले बताए । आयोजक लेखनाथ उद्योग संघका प्रथम उपाध्यक्ष एबं महोत्सब सहसंयोजक लक्ष्मी प्रसाद त्रिपाठीले स्टलको पर्दा सामान्य रुपमा काटिएको बताए।

गेटमा पर्याप्त सुरक्षा ब्यबस्था रहेकाले बाहिरी मानिसले चोरी गर्न सक्ने कुनै सम्भाबना नरहेको र आतकिंत पार्ने उद्देश्यले पाल काटेको उनको भनाई थियो । महोत्सवमा सिसि क्यामेरा जोडेको भए पनि रातीको समय र स्टल भित्र भित्रैबाट हिडेका कारण जानेको नै चोरी गर्ने समुह हुन सक्ने बताए ।