एनआरएनए ईटालीमा नयाँ नेतृत्वको लागि चुनाब हुँदै  


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीमा चुनाव हुने पक्का भएको छ। संघको पाँचौ अधिबेशनबाट नयाँ कार्यसमिति चयनका लागि मुख्य पदहरुमा सहमति हुन नसक्दा चुनाव हुने पक्का भएको हो। निर्बाचन समितिका संयोजक जनक पंगेनी द्वारा जारी सुचना अनुसार अध्यक्षमा दिपेश कुमार रेग्मी र राजन चापागाईको उमेद्वारी परेको छ। रेग्मी बर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् भने चापागाई संघका पुर्ब महासचिव हुन्।

यस्तै अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा पनि दुई जनाको उमेद्वारी परेको छ। बर्तमान कार्यसमितिका अध्यक्ष क्षेत्र कुमार श्रेष्ठ र बर्तमान उपाध्यक्ष हेमराज जोशीले आईसीसी सदस्यमा मनोनयन दर्ता गराएका हुन्।

कार्यसमितिको महासचिव पदका लागि ईन्द्रप्रसाद सुबेदी र छबीलाल कडेल प्रतिस्पर्धा गर्दै छन्। आईसीसी सदस्य,अध्यक्ष र महासचिव पद बाहेक अन्य पदहरुमा निर्बिरोध भईसकेको निर्बाचन समितिले जनाएको छ।

को-को भने निर्बिरोध ?

नयाँ कार्यसमितिको उपाध्यक्षमा देवराज गुरुङ र मनोज कुमार कार्की निर्बिरोध भएका छन्। यस्तै सचिवमा झिम नारायण चापागाई,कोषाध्यक्षमा अशोक उप्रेती,युवा प्रतिनिधिमा फाजिल अहमेद र महिला प्रतिनिधिमा रामकला पन्त निर्बिरोध चयन भएका छन्।

यस्तै कार्यसमितिको सदस्यहरुमा प्रकाश महर्जन,सुजन कुमार बुढाथोकी,सबिन कुमार श्रेष्ठ र सुदीप अधिकारी चयन भएका छन्।

कहिले हुँदै छ मतदान ?

निर्बाचन समितिको कार्यतालिका अनुसार आगामी शनिबार मतदान हुँदै छ। अन्य पदहरुमा निर्बिरोध भईसेकाले आईसीसी सदस्य,अध्यक्ष र महासचिव पदका लागि मात्र मतदान हुने समितिले जनाएको छ। संघको पाँचौ अधिबेशन आईतबार रोममा एक कार्यक्रमका बीच हुँदैछ।