गतबर्षको भूकम्पको केन्द्रजिल्ला गोरखाका अनाथ तथा गरिव वालवालिकाको सहयोगार्थ गोर्खाली समाज यूकेले गरेको च्यारिटीबाट एक करोड रुपैयां बढी संकलन भएको छ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा अल्डरसटमा भएको कार्यक्रममा रकम उठेको हो ।च्यारिटीमा जापानबाट आएका एनआरएनए आइसीसी उपाध्यक्ष भवन भट्ट एक्लैले २० लाख रुपैयाँ र बेलायतका व्यवसायी रबिचन्द्र लामिछानेले दश लाख रुपैयाँ दिने उद्घोष गरे ।
कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल एकीकरणको उदघोष गर्ने पुरुषलाई बिसे नगर्चीले एक एक मोहोर उठाउन अमुल्य सुझाव दिएजस्तै आफूले पनि त्यही बिसे नगर्चीको सन्देश दिने बताए ।
एनआरएनए आइसीसी उपाध्यक्ष भवन भट्टले बालबालिका भविष्यका कर्णधार भएकाले भूकम्पपीडित बालबालिकाको शिक्षामा सहयोग गर्ने कार्य गरेर संस्थाले पूण्य गरेको बताए । गोर्खाली समाज यूके अध्यक्ष जयप्रकाश गुरुङले सबै दाताप्रति आभार व्यक्त गरे।