अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिएका छन् ।
राष्ट्रसङ्घको ७०औँ महासभा भाग लिन आएका राष्ट्र एवम् सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामाद्वारा सोमबार आयोजित रात्रिभोजका अवसरमा नेपाली प्रतिनिधि मण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई नेपालमा लोकतान्त्रिक समावेशी संविधान जारी भएकोमा बधाई तथा शुभकामना दिएका हुन् ।
उपप्रधानमन्त्री सिंहले राजनीतिक दलहरुको सहमतिमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएको र दलहरुको सहमतिमा यसको कार्यान्वयन गरिने बताएका थियो ।
यसैगरी राष्ट्रपति ओबामाले राष्ट्रसङ्घका महासचिव वानकी मुनद्वारा आयोजित विश्वका नेताहरु सम्मिलित शान्ति सम्मेलनका अवसरमा पनि उपप्रधानमन्त्री सिंहलाई नेपालमा संविधानसभाबाट संविधान जारी भएकोमा राम्रो काम भएको भन्दै खुसी प्रकट गरेका थिए ।- रासस






you should welcome, A tiny country Nepal got one of the best constitution and will be the Best country of the World.
Comments are closed.