वसन्त रानाभाट,स्पेन
नेपालमा बनेको नयाँ संबिधान प्रति असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्धीको हदसम्म पुगेको भारत सरकार बिरुद्द स्पेनका नेपालीहरु ज्ञापनपत्र बुझाउँदै प्रदशन गरेका छन्। म्याड्रिड स्थित भारतीय दुताबासको कार्यलय र बार्सिलोनामा रहेको कन्सुलर कार्यलयमा पुगी बिरोध जनाएका हुन्।
नेपाली जनताहरुले पहिलो पटक आफ्नै हातले कोरेर,नयाँ संबिधान घोषणा गरेकोमा अन्तराष्ट्रिय जगतले नै खुलेर प्रशंसा गर्दै स्वागत तथा बधाई दिईरहेको बेला छिमेकी मुलुक भारतले गरेका गतिबिधिहरु अप्रजातान्त्रिक रहेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाएका छन्। अन्तराष्ट्रिय नियम बिपरित नै नाकाबन्दी गर्नु अस्वभाबिक रहेको ठहर गर्दै नेपालको सार्बभौमिकतामा हस्तक्षेप नगर्न स्पेनका नेपालीहरुले सचेत गराएका छन्।

स्पेनका दुई ठुला शहर म्याड्रिड र बार्सिलोनामा भएको बिरोध कार्यक्रमहरुको नेतृत्व गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले लिएको थियो। दुवै तिर संघको साथमा नेपाली जनसम्पर्क समिति स्पेन,प्रबासी नेपाली मञ्च,नेपाली जनप्रगतिशील मञ्च स्पेन लगायत स्पेन स्थित सम्पूर्ण जातीय,क्षेत्रीय संघ सँस्थाहरुले समेत साथ दिएका थिए।
म्याड्रिडमा के- के भयो ?
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले भारतीय कार्यबाहक राजदुत नायरलाई ज्ञापनपत्र हस्तारण गरेका छन्। छिमिकी मुलुक भारतले एक असल मित्रताको भूमिका निर्बाह गर्न नसकेको बताउँदै गुरुङले ज्ञापनपत्र प्रधानमन्त्री मोदी समक्ष पुर्याउन अनुरोध गरे।
प्ले काडमा उल्लेखित सबै बाक्यहरुलाई ध्यानपुर्बक अबलोकन गर्दै भारतीय कार्यबाहक राजदुतले स्पेनबासी नेपालीहरुको ज्ञापनपत्र प्रधानमन्त्री समक्ष पुर्याउँने प्रतिबद्दता गरेका छन्। ब्याक अफ ईन्डिया,नाकाबन्दी रोक,नेपालको सार्बभौमिकतालाई सम्मान गर,जस्ता नाराहरु लेख्दै प्ले काड प्रदशन गरिएको थियो।

बिरोध कार्यक्रममा बार्सिलोनाबाट सहभागी हुन संघका अध्यक्ष गुरुङ, उपाध्यक्ष राजु शमशेर थापा,नेपाली जनसम्पर्क समितिका अध्यक्ष शालिकराम डुम्रे,नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष गंगा प्रसाद भुसाल,एनआरएन स्पेनका पुर्ब अध्यक्ष अनिल गुरुङ,युरो काँग्रेस उपाध्यक्ष पुष्पराज भण्डारी,सन्दिप मोहोन भट्टराई,सुबास रानाभाट,जीवन भुसाल लगायत म्याड्रिड पुगेका थिए।
यस्तै म्याड्रिड स्थित क्षेत्रीय समितिले पनि कार्यक्रममा सहभागिता जनायो। संघका सचिब रामकृष्ण पुडासैनी,क्षेत्रीय समितिका अध्यक्ष रोशन पाठक लगायत म्याड्रिडबासी नेपालीरुले भारतको कदम बिरुद्द बिरोध जनाउँदै प्रदशन गरे।
बार्सिलोना स्थित कन्सुलर कार्यलयमा पनि ज्ञापनपत्र
भारत सरकारले नेपालमा गरेको हस्तक्षेप बिरुद्द बार्सिलोना स्थित कन्सुलर कार्यालयमा पनि ज्ञापनपत्र हस्तान्तरण गरिएको छ। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार पुष्पराज तिमिल्सिनाले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।

बार्सिलोना बुधबार भएको अर्को छुट्टै बिरोध कार्यक्रम पनि एनआरएन स्पेनको संयोजनमा नै सम्पन्न भएको हो। स्पेन स्थित राजनीतिक,जातीय क्षेत्रीय संघ सँस्थाहरुले ऐक्यबद्दता जनाउँदै बिरोध कार्यक्रममा सहभागी बनेका थिए।
कन्सुलर कार्यालय अगाडि नेपालीहरुले प्ले कार्ड बोकेर प्रदशन गर्दै भारतीय हस्तक्षेप रोक्न दबाब दिए।
बिरोध सभामा कस्ले के भने ?
ज्ञापनपत्र बुझाईसके पछि गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनकी उपाध्यक्ष जानुका रेग्मी खनालको अध्यक्षतामा बिरोध सभा सम्पन्न भएको छ। सभामा बोल्दै बक्ताहरुले भारतीय नाङ्गो हस्तक्षेप रोक्न सचेत गराएका छन्।
अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार पुष्पराज तिमिल्सिनाले एनआरएनले नेतृत्व गरेर भएको बिरोध कार्यक्रम सम्भवत स्पेनमा पहिलो भएको बताउँदै राष्ट्रियताको सबालमा अब चुप लागेर बस्न नहुने बताए।
आसान्न एनआरएन अधिबेशनमा महासचिबका प्रत्यासी समेत रहेका तिमिल्सिनाले भने,”युरोपमा आँगन जोडिएका देशहरु सधैँ स्बतन्त्र छन्,तर हाम्रो सिमा दिनानु दिन कम हुँदै गएको छ।” अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य दीपक खरेलले राष्ट्रियताको सबालमा देश तथा बिदेशमा रहेका सबै नेपालीहरु एक जुट भई भारतलाई घुडा टेकाउन बाध्य गराउनु पर्ने बताए।
कार्यक्रममा नेपाली प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष दिनेश गुरुङ, नेपाली जन सम्पर्क समिति स्पेनका प्रतिनिधि सन्तोष श्रेष्ठ,जन प्रगतिशील मञ्चका धिरज शर्मा, तमु समाज स्पेनकि अध्यक्ष ज्योती गुरुङ्, चितवन समाजका अध्यक्ष प्रकाश तिमिल्सिना,महिला फोरम सल्लाहकार नारायणी तिमिल्सिना लगायतले भारतीय हस्तक्षेप बिरुद्द आ- आफ्ना बिचार राखे भने संघका सचिव बिराज शर्माले कार्यक्रमको संचालन गरेका थिए।