महामहिम राजदूतको उपस्थितिमा छलफल हुने बारे सूचना


संबिधानको विधेयकको पहिलो मस्यौदा उपर स्वदेश र बिदेशमा रहेका नेपाली नागरिकबाट व्यक्तिगत,सामूहिक तथा संस्थागत रुपमा राय सुझाव वा प्रतिक्रियाहरु लिने कार्य चलिरहेका बेला गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले, फ्रान्सका लागि नेपाली महामहिम राजदूत अम्बिका देबी लुईटेलको उपस्थितिमा बार्सिलोनामा यसबारे छलफल गर्ने भएको छ।

उक्त मस्यौदामा बिदेशमा रहेका सबै नेपाली जनताले आफ्ना राय सुझाब पेश गर्न नेपाल सरकारले अबसर उपलब्ध गराएको हुँदा स्पेनबासी नेपाली समुदायलाई निम्न मिति स्थान र समयमा उपस्थितिको लागि संघले अनुरोध गरेको छ।

कार्यक्रम हुने मिति – १७ जुलाई, शुक्रबार
समय :- साँझ ५ बजे
स्थान :- ओला नेपाल रेष्टुरेन्ट,काईया लेपान्त,३२३ बार्सिलोना

नोट:- मस्यौदा पढ्न यहाँ क्लिक गर्नु होला।