शुल्क नतिर्नेलाई पनि एसएलसी समाबेश गर्न प्रधानमन्त्री कोईरालाको निर्देशन


काठमाडौं /परीक्षा शुल्क तिर्न नसक्दा एसएलसी परीक्षाबाट बन्चित हुन लागेका गरिब विद्यार्थीहरुलाई परीक्षा दिने व्यवस्था मिलाउन प्रधानमन्त्री सुशील कोइरालाले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री कार्यालयले बुधबार विज्ञप्ति निकालेर शुल्क तिर्न नसकेको कारणले परीक्षा दिनबाट बन्चित नगर्न शिक्षा मन्त्रालयलाई लिखित निर्देशन दिएको हो ।
कन्चनपुरका २ सय विद्यार्थी एसएलसी दिन नपाएको भन्ने समाचारबाट ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
PM-Press-relese