कास्कीमा धनबहादुर छन्त्याल कटुवा पेस्तोल सहित पक्राउ


पोखरा /पोखरा र लेखनाथ आसपासका क्षेत्रमा गुन्डागर्दी गर्दै आएको अभियोगमा लक्ष्मण भन्ने धनबहादुर छन्त्याललाई कास्की प्रहरीले हतियारसहित पक्राउ परेका छन् । वाग्लुङ जिल्ला दमेक गाविस वडा नं १ घर भई हाल लेखनाथ नगरपालिका वडा नं १ सैनिकवस्ती बस्ने छन्त्याललाई कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित कास्की प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त छन्त्याल अवैध हातहतियार लिई हिड्छन् भन्ने विशेष सूचना पाएपछि कास्की प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । प्रहरीको निगरानी र सक्रियता बढ्दै गए पछि काठमाडौंमा पक्राउ गरिएका छन्त्याललाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरि पालले बताए ।

बरामद गरिएको हतियार छन्त्यालले आफ्नै घरको भ¥याङमुनि लुकाई राखिएको अवस्थामा भेटिएको थियो । गुन्डागर्दीमा संलग्न छन्त्यालले विभिन्न व्यवसाय गर्ने व्यक्ति एवम् घरजग्गा व्यवसायीहरुलाई धम्क्याउने, फिरौती माग्ने, हप्ता उठाउने र नदिएमा कुटपिट गर्ने जस्ता गैह्कानुनी गतिविधि गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसैगरी, कास्की प्रहरीले गुन्डागर्दीको अभियोगमा लेखनाथ नगरपालिका वडा न३ बस्ने २९ वर्षीय नरेन्द्र थापालाई पक्राउ गरेको छ ।