पोखरा/पोखरा उपमहनागरपालिका वडा नम्बर २० भलामका गोबीन्द पौडेलले पालेको कुकुरले शंखको आवाज निकाल्न थालेपछि पौडेलको कुकुर हेर्ने मानिसहरुको भिड लाग्न थालेको छ । पौडेलले विहान विहान घरमा पुजा पाठ गर्दा संख घण्ट पनि बजाउने गर्नुहुन्छ ।
उहाँले जव शंख बजाउन शुरु गर्नुहुन्छ कुकुर चौकोमा जान्छ र उस्ले पनि उहाँले बजाएको संखको आवाज जस्तै निकालदै लगातार उहाँ संगै संख जस्तै आवाज निकाल्ने गर्छ । पौडेलले विहान विहान आफुले शंख बजाएको देख्दै सुन्दै आएको कुकुरलाई तालिम जस्तो भएकोले आफुले शंख बजाए जस्तो गरेर आवाज निकाल्ने गरेको बताए ।
स्थानीय तारा प्रसाद पौडेलले कुकुरले शंखको आवज निकाले पछि आफुहरुलाई अनौठो लागेको बताए । शुरुमा त आफुहरुलाई विश्वास नलागेको पछि गोबीन्दकै घरमा गएर प्रत्यक्ष देखेपछि आफुहरु दंग परेको बताए ।
विगत ५ बर्ष देखि घरको रक्षाको लागि कुकुर पालेका पौडेलले छोरीहरुको विवाह भएको र छोराहरु जागीरको शिलसिलामा घरबाहिर भएकोले बुडाबुढीको साथीको रुपमा पाल्दै थियो । कुकुरको बिक्कि नाम दिइएको कुकुरले पौडेललाई बताए । सबै कुकुरले निकालेको शंखको आवज सुन्न आउने गरेको बताए ।