पोखरामा डिभोस नदिए पछि घरको तीन तला माथीबाट फालेर श्रीमतीको हत्या


पोखरा/पत्नीलाई घरको तीन तलामाथीबाट फालेर हत्या गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको रुपाकोट १ घर भई पोखरामा ४ पराजुली मार्ग डेरामा बस्दै आएका ३२ वर्षीय सोम सुनारलाई प्रहरीले पक्राउ गरेको हो । पराजुली मार्गमा शनिवार बिहानै घाइते अवस्थामा भेटिएकी ४२ वर्षीया लक्ष्मी सुनार अधिकारीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पारिवारिक बेमेल भएकाले उनलाई पति सोमले घरको छतबाट फालेको प्रारम्भिक अनुसन्धानले देखाएको कास्कीका प्रहरी प्रमुख हरी बहादुर पालले जानकारी दिए । पालका अनुसार लक्ष्मीको टाउकोमा गम्भीर चोट लागेको थियो । शनिबार विहान करीब ४ बजेको समयमा घाइते अवस्थामा सडकमा भेट्टिएकी सुनारलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरका थिए । घटनाको अनुसन्धान भैरहेकाले सबै यथार्थ आइनसकेको एसपी पालले बताए । लक्ष्मीका भतिजा मनोज कुमार अधिकारीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

हत्याको कारण यस्तो

पोखराको अधिकारी टोल माइती भएकी लक्ष्मी र सोमको १० वर्ष अगाडी प्रेम विवाह भएको थियो । कामका सिलसिलमा लक्ष्मी कै घरमा डेरा गरि बसेका सोम र लक्ष्मीको प्रेम बढ्दै गए पछि उनिहरुले भागेर विवाह गरेका थिए । उमेरले १० वर्ष जेठी सगँ विवाह गरे पछि उनिहरु पोखरा मै डेरा गरी बस्दै आएका थिए । लक्ष्मीका परिवारले उनिहरुको सम्बन्धलाई स्वीकार नगरे पछि लक्ष्मी माइत अहिले सम्म नगएको माइती पक्षले बताएका छन् ।

माइती पक्षका अनुसार पछिल्लो समयमा सोमका साथीहरुले लक्ष्मीलाई श्रीमती हो कि आमा भनेर जिस्काने गरेका कारण सोमले लक्ष्मी सँग डिभोस मागेका थिए । तर लक्ष्मीले डिभोस दीन नमाने पछि हत्या गरेको हुन सक्ने माइती पक्षको भनाई छ । उनिहरुका ९ वर्ष र ५ वर्षकी दुई छोरीहरु छन् । स्थानीय बासीका अनुसार श्रीमान अर्कै केटीसँग लागेपछि श्रीमान श्रीमतीबीच राम्रो सम्बन्ध थिएन । सोमले सुनको होल सेलको व्यापार गर्दै आएको स्थानीयले जानकारी दिए ।