आङ्ग खस्ने ७ महिलाहरुको शल्यकृया खर्च जुटाउदै नेदरल्याण्ड्समा नारी दिबस सम्पन्न


नेदरल्याण्ड्स/

१०५ औं अन्तराष्टिय नारी दिवस गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सका तर्फबाट आमस्ट्राडाममा नेपाली महिलाहरुले पनि मनाए।  नारी  दिवस गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सका तर्फबाट आमस्ट्राडाममा नेपाली महिलाहरुले पनि मनाए ।

कार्यक्रममा परोपकारी नेदरल्याण्ड्सबाट राम्रा तथा न्याना कपडाहरु संकलन गरेर नेपालका बालबालिकाहरुलाई प्रदान गरिने भएको छ । यस्का लागि गैर आवासीय नेपाली संघ मार्फत शिघ्र संयन्त्र तयार गरि कामको थालनी गरिने भएको छ ।

नेपाली कला संस्कृति तथा सामाजिक अन्तरघुलनको लागि डच महिलाहरु र नेपाली महिलाहरु विच कम्तिमा तिन महिना एकपटक सामुहिक भेटघाट कार्यक्रमको आयोजना गर्ने र नेपाली बालबालिकाहरुलाई पनि एकआपसमा बाक्लो रुपमा भेटघाट गराउँदा आत्मियता र नेपालीपन विकास हुने हुनाले यस्ता कार्यक्रम तयार गरिने भएको छ । त्यस्तै गरि नेपाली भाषा कक्षा पनि गैर आावासीइ नेपाली संघ नेदरल्याण्ड्स र यहाँ रहेका नेपाली संघसंस्था र समुदायको संयुक्त प्रयास यथाशिघ्र सुरु गर्न पहल गर्ने निर्णय कार्यक्रममा भएको छ ।

कार्यक्रमबाट एनआरएन मार्फत आङ्ग खस्ने महिलाहरुको शल्यकृयाको लागि करिव १ लाख ४० हज़ार रकम जम्मा भएको छ । यसबाट ७ महिला प्रतक्ष्य लाभान्वित हुने छन् ।

गैर आवासीय नेपाली संघका पुर्व आइसीसी सदस्य शारदा बराइलीले संख्यात्मक रुपमा कार्यक्रममा कम उपस्थिती भए पनि कार्यक्रमबाट धेरै गुणात्मक काम भएको प्रतिकृया दिइन् । गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको महिला संयोजक सावी रिजालको सभापतित्वमा संपन्न कार्यक्रममा आइसीसी सदस्य फणिन्द्र पन्त, एनआरएनएनसीसी नेदरल्याण्डस्का उपाध्यक्ष हिमाल गुरुङ्ग, जनसंपर्क समितिका सहमहामन्त्री चन्द्र शमशेर केसीले आफ्ना भनाइहरु राखेका थिए ।