बाग्लुङ उपनिर्वाचनमा कांग्रेसबाट चम्पा खड्का र मन केसी एमाले उम्मेदवार


काठमाडौं / नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नम्बर १ मा चैत ८ गते हुने उपनिर्वाचनमा चम्पा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
संसदीय समितिको बुधवार अपरान्ह बसेको बैठकले सोही निर्वाचन क्षेत्रबाट निर्वाचित स्वर्गीय सभासद हरिबहादुर खड्काकी धर्मपत्नी चम्पालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेकपा एमालेले  मन केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले बैकल्पिक केन्द्रीय सदस्य केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपनिर्वाचनका लागि चैत १ गते उम्मेदवारी दर्ताको मिति निर्वाचन आयोगले तोकिसकेको छ ।कांग्रेस उम्मेदवार हरिबहादुर खड्काको निधनपछि बाग्लुङ १ मा चैत २८ मा उपचुनाव हुँदैछ ।
कांग्रेसले खड्का पत्नी चम्पालाई र एमाओवादीले पार्टी प्रवक्ता दिनानाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।