नारी सृष्टि की एक अमर जननी हौं ,करुणाको खानी


 

– रोजी लाबूड० (राई )

नारी हुन जननी नारी हुन भुमी नारी हुन सर्वगुणी,नारी हुन कोमल हृदयकी निशानी ,नारी सहनशील शुशील समझदारी निष्कपट निश्छल र निश्बार्थ भाबले भरपुर भएकी हुन्छीन। धेरै पुरुषहरुको सोचाईमा नारी मूल्यहीन आदर्शहिन अनी कलंकित हुन्छीन कुनै पुरुषको लागी उनी बोझ भार बनेर बसेकी हुनछीन्। अनेकौ दुख कष्ट पिर ब्यथा सहेर पनि अरुको सामु हाँसी हाँसी आफ्नो दैनिक कर्तव्यमा तल्लीन रहन्छीन् ,कसलाई के थाहा ? उनी कति दुखी छन् कति बिछिप्त छिन् तर पनि उनी हाँसी रहेकी हुन्छीन् आफ्नो परीबार अनि अाउने सन्तति को उज्जवल भबिस्य को निम्ती ।

सदैब उनी मौंन रहन्छीन् आफ्नो हरेक समस्या लाई हृदय देखी नै मौंनतामा साबधानीको बाटो खोजी रहन्छीन् एकबाटो बिराएको बटुवा झै ,उनी कति निर्दोष छिन् र पनि हज़ारों दोषहरुलाई सामान्य मानी अरुको सामु बाहीरी मुस्कान देखाई रहेकी हुन्छीन्क। कठै कस्लाई थाहा छ र ? उनी भित्र आधी तुफान चलीरहेको अन्तर हृदय बाट उनलाई आँधीबेरी ले बहाई रहेको तर पनि कती सक्रिय देखीन्छीन् एक अटल धर्ती झै बनी स्थिर रहन्छीन्। 

उनको हरेक ब्यवहार निस्वार्थ निष्कलंक ब्यबहार अनि सहयोगी भाब झल्कीरहेको हुन्छ ,जिवनमा आईपर्ने हरेक उत्तार चढाब बावजूद पनि उनी आफै आफ समेटीएर यात्रा पुरा गरीरहेकी हुन्छीन् एक सकृय धावक झै बनी ,आफुमा आईपरेको हरेक समस्या लाई उनी सहस्र स्वीकार्न सक्छीन् अरु कसैमाथी केही समस्या आई परेको उनी सहन सक्दीनन् उनको हृदयमा छाप बसीसकेको हुन्छ अरु प्रतिको दुख पिडा समस्या हरुमा सामेल भई आफुले सक्ने सहयोग गर्न उनी कहिले पछि पर्दिनन् एक सेवक वनी आफ्नो सेवा निभाई रहेकी हुन्छीन्। आफ्नो मात्तृभुमी आफ्नो जननी प्रति उनी सँधै माया ममता गरी रहेकी हुन्छीन् एक सच्चा राष्ट्रप्रेमी जनशक्ति बनी पहिले उनी छोरी हुन्छीन्।

अनि पत्नी कहिले उनी बुहारी हुन्छीन् कहिले आमा कहिले सासु जुनै नातालाई पनि उनले सामान्य रुपमा निभाई रहेकी हुन्छीन् एक कर्मठ नारी बनी ,असल गृहिणी बनी चाहे उनी संसारको जुनै कुनामा रहुन् जतै रहे पनि आफ्नो रितीरिवाज परम्परा जोगाई रहेकी हुन्छीन्।एक संस्कारप्रेमी बनी ,धेरै जसो नारी हरु साहित्यप्रेमी हुन्छन् उनी आफ्नो भावनाहरु अनेकौं शब्दहरुको माध्यमबाट पोखीरहेकी हुन्छीन् एक खुल्ला पुस्तक बनी, नारी यस्तो ब्यतित्व हो सत्यको लागी नझुक्ने असत्यता को लागी निरन्तर लडीरहने एक योद्धा हुन्।

कल्पनाको सागर मा मात्र डुबुल्की मार्ने हैन बास्तबीकता को परीबेशमा जिवनलाई उत्तार्न खोज्ने परिश्रमी ब्यक्तीत्व हुन्।  तर कहिले काँहि मलाई यस्तो लाग्छ हामी पृथ्वीमा नाटक गरीरहेकी नाटकको सिर्फ पात्र बनेर अभिनय गर्ने कलाकार हौं अवश्य एकदिन अभिनय पुरा गरेर सदाको निम्ती बिलाएर जाने निर्जीब बस्तु हौं। निचोडमा भन्नु पर्दा नारी सृष्टि की एक अमर जननी हौं ,करुणाको खानी हौं।

बुधबारे ५ झापा
नेपाल
हाल- बेलायत