काठमाडौं /
नयाँ वर्षको दसैं र तिहार कात्तिकमा परेको छ । घटस्थापना भने असोज २६ गते परेको छ । कात्तिक ३ देखि ७ गतेसम्म दसैं विदा छ, जसमा एक दिन शनिबार छ । कात्तिक ९ गते कोजाग्रत पूणिर्माको विदा छ । कात्तिक २५ देखि २७ सम्म तिहार विदा छ । अधिक मासका कारण यस्तो हुन गएको हो
नयाँ वर्ष ०७२ सालमा शनिबारसहित ८० दिन सार्वजनिक विदा परेको छ । उपत्यकामा भने थप चार दिन विदा परेको छ । नयाँ वर्षको दसैं र तिहार दुबै पर्वहरु कात्तिक महिनामा परेका छन् ।
गृहमन्त्रालयले तय गरेको ०७२ सालका विदाहरु ८६ दिन भए पनि ६ वटा सार्वजनिक विदा शनिबारका दिन परेका छन् । क्षेत्रीय विदा भने यसमा समावेश छैन ।
गृह मन्त्रालयले सोमबार राजपत्रमा विदासम्वन्धी सूचना प्रकाशित गर्ने तयारी गरेको छ