न्युजिल्यान्डमा कांग्रेसको संगठन विस्तार, तदर्थ समिति गठन


 

न्युजिल्यान्ड/

नेपाली कांग्रेसको प्रवासी संगठनले न्युजिल्यान्डमा संगठन विस्तार अभियान तीब्र बनाएको छ।

नेपाल आयुर्वेद चिकित्सक संघका राष्ट्रिय अध्यक्ष डा शंकरप्रसाद पौडेलको उपस्थितिमा बुद्धिसागर घिमिरेको सम्योजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा एनपी नेपाल र ध्रुव खनाल, सचिब अभय पौडेल र कोषाध्यक्षमा अनिता बराल रहेकी छन् ।सदस्य प्रकाश श्रेष्ठ, बिबेक भण्डारी, सन्तोष दाहाल, दीपेन्द्र घिमिरे , साधना घिमिरे, गोकुल भण्डारी रहेका छन् ।

यस्तै, सल्लाकार समितिमा कमल वाइबा, बिष्णु रेग्मी, सुमन अधिकारी, नेत्र सापकोटा, सुभाष भण्डारी रहेका छन् । बेलायतको प्रथिस्थित युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेका घिमिरे २०४६ सालदेखि सक्रिय राजनीतिमा संलग्न हुनुका साथै  समाज सेवामा समेत उत्तिकै सक्रिय छन् । संयोजक  घिमिरे वातावरणविद तथा माइक्रोबायोलोजिस्ट हुन् ।