प्रवासमा साहित्य, कला र संस्कृतिको महत्व


– रोजी लाबुङ् (राई )

हामी संसारको हरेक कुनामा छरीएर रहेता पनि आफ्नो मात्तृभुमीलाई सदैब माया गरीरहन्छौं अनि त्यतीनै समर्पित छौं आफ्नो भाषा साहित्य कला संस्कृति प्रति। हामी जती पनि आफ्नो मात्तृभुमी देखी टाढीएर प्रवासमा रहेका छौं मलाई लाग्छ सबै बाध्यता बस बस्न विवस छौं। कसैले पनि आफ्नो जननीलाई लत्याएर होच्यीयाएर आएका छैनौं। कोही कोही ब्यक्तीहरु होलान् आफ्नो जन्मभूमिलाई बेवस्था गरी बिदेसी भुमीमा आफ्नो भाषा कला साहित्य संस्कृतिको ध्वजी उडाउने तर मलाई लाग्छ त्यस्तो ब्यक्तीहरु ले आफैलाई आफुबाट आफ्नो अस्थीत्व मेटाई रहनु भएको छ आफ्नो पहिचान हराई रहनु भएको छ आफ्नो भाषा कला साहित्य संस्कृतीलाई लत्याउनु नै महा-मुर्खता भएको आभाष हुन्छ।

आफ्नो संस्कृतीलाई पन्छाएर बिदेसी पहिचान लाई अँगाल्नु भनेको मेरो नज़रमा एक धोका अनि आफैमा घमण्ड र मुर्खता हो। हामी प्रवासमा बसेता पनि हरेक देशमा आ-आफ्नो संघ संस्था खोलेका छौं समय समयमा जमघट हुने बातचीत गर्ने आ-आफ्नो रितीरिवाज परम्परा अनुसारको पहिरन लगाउने चाड-पर्व मनाउने रमाईलो गर्ने गर्दछौं।हामीहरु आफुमा मात्र सीमित नरहोस् हाम्रा आउने भावी सन्ततिहरु लाई पनि आफ्नो भाषा भेशभुषा कला साहित्य संस्कृती प्रति ज्ञान होस् झुकाव होस् माया होस् भन्ने उद्देश्य बोकी हरेक हाम्राे आफ्नो कार्यक्रमहरु मा सहभागी बनाऊदै बिभीन्न सांस्कृतिक कार्यक्रम हरुमा सहभागी गराउन पछि परेको छैनौं।अनेकौ कार्यक्रम को माध्यम बनाई आफ्नो संस्कार पहिचान कला संस्कृतीहरुको औपचारिक शिक्षाहरु दिई रहन सक्रीय छौ हामी यसैबाट पनि अवगत हुन्छ कि हामी आफ्नो देश प्रति आफ्नो भाषा
कला साहित्य संस्कृती प्रति सँधै सचेत सजक छौं भन्ने।

हामी संसारको जुनै स्थानमा रहेता पनि आफ्नो कला साहित्य संस्कृती भाषा भेष-भुषाको जग्रेना गर्नु हामी सबै नेपालीको महत्व पुर्ण कर्तव्य हो आफ्नो कर्तव्यपालन गर्नु हामी सबैको आफ्नो ब्यक्तीगत ज़िम्मेबार अनि स्वभीमान नेपालीको नैतिकता हो।मलाई लाग्छ हामी प्रबासमा रहने नेपालीहरु २०%जती आफैमा लेखक कवी चित्रकार गीतकार सँगीतकार कलाकार गायक गायिका यस्तै यस्तै अनेकौं बिधाहरुमा योगदान दिईरहनु भएको छ यो बाट पनि के बुझ्न सकिन्छ भने प्रबासमा रहेर पनि आफ्नो भाषा साहित्य प्रति टेबा पुराई रहेको छौं भन्ने कुरा साबित हुन्छ।

आफ्नो भाषा कला साहित्य संस्कृतिको बिकास गर्न जोगाएर राख्न स्वदेश मा नै बसेर मात्र सम्भव हुने हैन प्रवासमा पनि बसेर जग्रेना गर्न सकिन्छ भन्ने उदाहरण बनीरहेका छौं हामी प्रवासी नेपालीहरु जब हामी आफ्नो मात्तृभुमी बाट बाहीरीएर टाढा हुन्छौ झन-झन आफ्नो राष्ट प्रति आफ्नो भाषा कला संस्कृती साहित्य पहिचान प्रति नजीक अनि आकृष्ट हुन्छौ संदैब हाम्रो मन मतीष्तकमा आफ्नो कला साहित्य संस्कृती सैदान्तीक ब्यबहारीक पक्षबाट झल्कीरहेको हुन्छ।

हाम्रो मनस्पटलमा पौडीरेको हुन्छ अबेग मा बगीरहेको खोला झै हाम्रो शरीरको नशा नशामा आफ्नो पहिचान कला साहित्य संस्कृतीका स्मरणहरु।

बुधबारे ५
झापा ( नेपाल। )
हाल- यु.के

तपाईको प्रतिक्रिया