बल बहादुर गुरुङको मृगौला प्रत्यारोपण गर्न स्पेनमा रकम संकलन शुरु


-बसन्त रानाभाट
बार्सिलोना/
दुवै मृगौला फेल भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपाचार्थ कास्की चापाकोट गाबिस -१ धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको सहयोगको लागि स्पेनमा आर्थिक संकलन कार्य शुरु गरिएको छ। स्पेन निबासी गुरुङका भान्जा बेलकाजी गुरुङको पहलमा स्पेन स्थित संघसस्थाहरुलाई अपिल गर्दै सहयोग जुटाउन लागिएको हो।

गुरुङको उपाचार गरिरहेका चिकित्सकका अनुसार तत्काल मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको छ। करिब १५ देखि २० लाखसम्म खर्च लाग्ने हुदा आर्थिक अभाबका कारण प्रत्यारोपणको हुन सकेको छैन। हप्तामा दुई पटक डाईलोसिस गराईरहेका गुरुङको उपाचारमा लाखौ रकम खर्च भईसकेकोले परिबार नै आर्थिक संकटमा परेको छ। गुरुङको परिवारमा श्रीमती,२ छोरा र २ छोरी रहेका छन्।

स्पेनबासि नेपालीहरुले हरेकको दुखमा साथ दिदै आएका छन् आशा छ मेरो मामाको जीबनरक्षाको लागि पनि सहयोग मिल्ने छ, भान्जा गुरुङले भने “एनआरएनए स्पेन लगायत संघ- सस्थाहरुलाई सहयोगको लागि निबेदन पेश गरिसकेको छु।”अहिले ईच्छुकहरुबाट सहयोग संकलन कार्य शुरु भईसकेको र सस्थागत रुपमा पनि सहयोग आउने अपेक्षा गरुङ्ले राखेका छन्।

गुरुङको सहयोगको लागि सहयोग समिति गठन गरि बेलायत,जापान,हङ्कङ् र कोरियाबाट पनि आफन्तहरुले सहयोग जुटाईरहेका छन्। सहयोग गर्न ईच्छुक दाताहरुले बल बहादुर गुरुङको नबिल बैक पोखराको खाता नम्बर १२१००१७ ५०४ १११ मा जम्मा गर्न सकिने पारिबारिक स्रोतले जनाएको छ।

यसैबीच बिहिबार देखि नै रकम संकलन शुरु गरेपछि अहिले सम्म स्पेनमा २ सय ५७ युरो जम्मा भईसकेको छ। नेपालीनेपाली डटकमले यो अभियानलाई पूर्णरुपमा साथ दिदै समाचार अपडेडलाई निरन्तरता दिने भएको छ। रकम संकलन कार्यमा साथ दिदै अहिले सम्म सहयोग गर्ने स्पेनबासी दाताहरुको नामावली यसप्रकार रहेको छ।

बेल काजी गरुङ्- ५१ युरो
शालिक राम डुम्रे – ३५ युरो
देउ काजि गुरुङ/ज्योती गुरुङ -३१ युरो
हिमाली रेस्टुरेन्ट- २५ युरो
बसन्त रानाभाट – २० युरो
अजय लोप्चन – २० युरो
सुनिल रानाभाट- २० युरो
लक्ष्मण शर्मा – २० युरो
नबिन गुरुङ – २० युरो
दीपा गुरुङ – १० युरो
केशब शाही – ५ युरो

नोट- सहयोग गर्न चाहनेहरुले बेलकाजी गुरुङ (६०२०१०३६८) वा नेपालीनेपाली डटकम (६३२५२२७२९) मा सम्पर्क गर्न सक्नु हुनेछ।

तपाईको प्रतिक्रिया