हङकङ/
एनेकपा माओवादी नेता रमेश कुमार लिङदेनको प्रमुख उपस्थितिमा नेपालमा भइरहेको संविधानसभा र आन्दोलन वारे हङकङमा छलफल भएको छ । नेता लिङदेनले आदिवासी जनजातिको मुक्तिदाता कमरेड प्रचण्डनै भएको वताएका छन् ।
एकिकृत नेकपा माओवादी पार्टी हङकङ शाखा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा (लिरामुमो) प्रवास समिति हङकङको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका नेता लिङदेनले अहिले नै सहमतिको संविधान नवन्ने वताउदै उक्त कुरा वताएका छन् ।
उनले आदिवासी जनजाति, मधेसी, उत्पिडीत, दलित, महिला मुक्तिको संविधान अब आन्दोलनबाट मात्र संभव भएको नेता लिङदेनले वताए ।
जोर्डन स्थित भारतिय भुपु सैनिक क्लबमा आइतवार भएको छलफल कार्यक्रममा एनेकपा माओवादी हङकङ शाखाको अध्यक्ष रविन लिङदेनले नेपालमा भइरहेको आन्दोलनको वारेमा यहा आन्तरीक छलफल मात्र भइरहेको वताउदै अब खुल्ला रुपमा नै छलफल गरि अघि बढ्ने वताए । उनले नेपालमा भइरहेको ३० दलिय आन्दोलनलाई यहाबाट विभिन्न कोणबाट सहयोग गर्नुपर्ने वताए ।
एनेकपा माओवादी हङकङ शाखाको सल्लाहकार तथा लिरामुमो नेपालका सचिवालय सदस्य जे वी ओख्राबु, लिरामुमो प्रवास समिति हङकङमा अध्यक्ष इन्द्र लोक्सम, पार्टी सचिव युवराज तमु, नेपाली जनप्रगतिशील मंच हङकङमा अध्यक्ष धिरेन्द्र चाम्लिङ, तमु राष्ट्रिय मुक्ति मोर्चा (तरामुमो) हङकङका अध्यक्ष दुर्गा तमु, लिरामुमोका केस भुपेन्द्र चेम्जोङ, ललित आङबुहाङ, मोर्चा हङकङका सचिव मौसम इम्बुङ, कोषाध्यक्ष नरेन्द्र केरुङ, नीर तुम्बापो, मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङका अर्जुन राना मगर, (तरामुमो)को सल्लाहकार वेल बहादुर तमु, उपाध्यक्ष नैन सिं तमु, पत्रकार तथा समाजसेवी कृष्णराज लाओती लगायत दुई दर्जन वक्ताहरुले नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, उत्पीडित जाति वर्ग क्षेत्र र लिङ्गको समानुपातिक समावेसी प्रतिनिधित्व हुने गरिको संविधानको लागि दवाब मुलक कार्यक्रमलाई सहयोग गर्ने कुरामा आफु सहमत रहेको र हङकङमा रहेको सवै पहिचानवादी शत्तिहरु लागिरहेको भएपनि अझ ससक्त रुपमा अघिबढ्नु पर्ने वताएका छन् ।