बसन्त रानाभाट
बार्सिलोना/
नेपाल मगर संघ स्पेनको पहिलो अधिबेशनबाट पुन: बुद्ध थापा मगर अध्यक्षमा सर्बसम्मत निर्बाचित भएका छन्। बार्सिलोनामा सम्पन्न अधिबेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै थापा मगरलाई पुन निर्बाचित गरेको हो।
संस्थाका महासचिब राजु थापालाई नयाँ कार्यसमितिमा उपाध्यक्षको जिम्मेबारी दिएको छ। यस्तै अधिबेशनले अर्का उपाध्यक्षमा मान रोका मगर महासचिबमा सुबास थापा मगर , सचिवमा तपन रोका मगर, कोषाध्यक्षमा लक्ष्मी थापा मगर, सह कोषाध्यक्षमा राजु सेरपुन्जा मगरलाई कार्यसमितिमा चयन गरेको छ ।
पहिलो अधिबेशनबाट सदस्यहरुमा प्रदिप राना मगर, राजेन्द्र सारु मगर, रुपेश राम्जली मगर, भरत बुढा मगर, दीप बहादुर पुन मगर र लेख पुन मगर चयन भएका छन्। यस्तै सल्लाहाकार समितिमा महेन्द्र घर्ती मगर,सुनिल थापा मगर र मदन आले मगर रहेका छन्
सस्थाका नबनिर्बाचित उपाध्यक्ष राजु थापा मगरले नेपालीनेपाली डटकम सँग कुरा गर्दै भने,”प्रबासमा रहेका मगर दाजुभाई लगायत सम्पुर्ण स्पेन बासि नेपाली समुदायको हितमा संघ दृढताका साथ लागि पर्ने प्रतिबद्दता यक्त गर्दछौ।
अधिबेशन समापन सँगै स्पेनबासि नेपाली मगर समुदाय नेपाली गित संगीतमा रमाएका थिए।








congratulation for guys for success my support will always be there for Magar community
Comments are closed.