– वसन्त रानाभाट
बार्सिलोना/
आफु पढेको विद्यालयमा माध्यमिक तह संचालन गर्नको लागि स्पेनबाट भूपु विद्यार्थीले आर्थिक सहयोग संकलन अभियान थालेका छन्। रामेछाप पुरानागाउ-६ मा रहेको पुण्य निम्न माध्यमिक विद्यालयलाई माबि बनाउनको लागि रकम संकलन गर्न थालेका हुन्।
बिगत ७ बर्ष देखि स्पेनमा बस्दै आएका दिनेश गिरीले आफुले १ लाख रुपैया सहयोग गर्दै अभियानको शुरुवात गरेका छन्। आफु जन्मेको ठाउको ,आफैले पढेर बालापन बिताएको स्कुललाई माबि बनाउन हामीले कसरत गरेका छौ गिरीले भने,”मैले माबि पढ्नको लागि साढे ३ घण्टा हिडेर छिमेकी भिमेश्वर रुद्र माबि जान्थे,अहिलेका भाई बहिनीहरुलाई पनि त्यस्तै दुख छ। अब हामी नताते त सबैलाई यस्तै दुख हुने भो, त्यसैले रकम जुटाएर भए पनि माबि त बनाई छाड्ने हो ।
संकलनको लागि कतार,मलेसिया,दुबई ,साउदी अरब,मलेसिया लगायतका देशहरुमा रहेका पुर्ब विद्यार्थीहरुलाई खबर गरिसकेको र उनीहरु मध्ये करिब १५ जनाले त सहयोगको वचन दिएको समेत गिरीले बताए। उनले करिब १० लाखको लक्ष्य राखेर अभियान शुरु गरेको बताउदै सहयोग गर्न सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेका छन्।
बि.स. २०१६ सालमा स्थापना भएको विद्यालय अहिले पनि कक्षा ८ सम्म मात्र संचालनमा रहेको छ। शैक्षिक सत्र २०७२ को वैशाखबाट नै कक्षा ९ लाई संचालनमा ल्याउने विद्यालयले लक्ष्य लिएको छ। योजना अनुरुपको रकम संकलन भएमा पुन: अर्को बर्ष कक्षा १० थपेर माबि बिस्तार कार्यलाई पूर्ण बनाउने गृह कार्य विद्यालयले गरेको छ।
कक्षा ८ सम्मको पढाई पुरा भए पछि माबि पढ्न ३/४ घण्टा हिडेर जानु पर्ने हुदा धेरैले बिचैमा पढाई छोड्नु पर्ने बाध्यता रहेको समेत गिरीले जानकारी दिए।







i really appreciate ,
Comments are closed.