– सागर राज तिमिल्सिना
पोखरा/ पोखरामा निर्माणधिन अन्तराष्ट्रिय विमानस्थलमा मुअव्जाको विषयलाई लिएर स्थानिय र प्रहरी विच झडप भएको छ । सरकारले वितरण गर्न लागेको मुअव्जा कम भएको भन्दै माटो परिक्षण र प्रथम चरणको मुअव्जा वितरण रोक्न प्राधिकरणको कार्यलयमा तालावन्दी गर्न गएका स्थानिय र प्रहरी विच झडप भएको हो ।
विमानस्थलको मुअव्जाको विषयमा पोखरामा स्थानीय र प्रहरी विच झडप
विमानस्थलको मुअव्जाको विषयमा पोखरामा स्थानीय र प्रहरी विच झडप
दोहोरो झडप हुँदा तिन जना प्रहरी र ९ चार जना स्थानिय घाईते भएको प्रहरीले जनाएको छ । घाईतेलाई उपचारका लागी पश्चिमान्चल क्षेत्रीय अस्पताल र मणिपाल अस्पतालमा उपचार भैरहेको छ । स्थानियले तालान्दी बन्दी गर्ने क्रममा प्रहरी सगँ झडप भएको हो । प्रहरीले नियन्त्रणमा लिन तिन सेल अश्रु ग्याँस प्रहार गरेको थियो । झडप पछि आक्रोषित स्थानियले आधा घण्टा पृथ्विराजमार्ग अवरुद्व गरेका थिए ।
सरकाले उचित मुअब्जा दिनु पर्ने माग गर्दै केहि समय देखि विभिन्न चरणका शान्ती पुर्ण आन्दोलन गर्दै आएको सर्घष समितिका संयोजक बोधराज कार्कीले बताएका छन् । आन्दोलनका पोखरा विमानस्थल निर्माणका लागी सरकारले २०३२ सालमा अधिग्रहण गरेको ३१ सय रोपनी जग्गा नपुग भएपछि अहिले थप छ सय २९ रोपनी जग्गा अधिकरण गर्न लागेको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कास्की मालपोत, विमानस्थल आयोजना, नापी, स्थानिय विकास अधिकारी तथा पोखरा उपमहानगरपालीका प्रमुखहरु सदस्य रहेको टोलीले थप जग्गाको मुअव्जा प्रति रोपनी २० लाख देखी ४२ लाख रुपैयाँ मुल्य निर्धारण गरेको थियो । स्थानियले चलनचल्तीको भाउ भन्दा निकै कम मुल्य निर्धारण भएको भन्दै आन्दोलनका कार्यक्रमहरु गर्दै आएका थिए । सरकारले अघिल्ले वर्ष र यो वर्ष गरी छुट्याएको साडे २ अर्व रुपैयाँवाट पहिलो चरणको ८० रोपनी जग्गाको मुअव्जा वितरणका गर्न लागेको हो ।