– दिपक प्रसाद कोईराला
वास्तविक आनन्द
यो धर्तिमा खुशी र आनन्दमा रम्न नचाहने मनिस को नै होला र ! सबै मानिस हरदम आनन्दमा रम्न चाहन्छन्, खुशीमा झुम्न चाहन्छन्! तर वास्तविकता त्यस्को ठ्याक्कै उल्टो हुन्छ । उ हरदम दुखि, पीडित, निरस अनि हतोत्साहित देखिन्छ, एक पराजित सैन्यदस्ताको घाइते सिपाहिझै । बिहान यसो झ्यालबाट चिहाउछु । देख्छु, मानिसरु तछाड मछाड गर्दै दौडिरहेछन्, भागिरहेछन । लाग्छ, उनिहरु ठुलाई अभियानमा छन । अनि जब साँझ पर्छ अनि देख्छु तिनै मान्छे दुखित, थकित अनि हतोत्सही हुँदै आफ्नो गन्तब्य स्थल फर्किईरहेछन । लाग्छ उनिहरु जीवन देखी पूर्ण पराजित भएर फर्किएका छन ।
बार्सिलोनका गल्ली गल्लिमा शुक्रबार र शनिबार राती देखिने दृश्य गौर गरौ । मानिसहरु आफ्ना दुख भुलाउन अनि आनन्दको महसुस गर्न चुरोट, रक्सि, गाजा, चरेस, ड्रग्स यस्तै यस्तै नशामा डुबिरहेका, बिपरित लिङिसँग टासिईरहेका, अनि ति सबै गरिरहेका भेटिन्छ्न जुन हामीलाई सोच्दा पनि लाज लाग्छ । यो सबै के का लागि ? किन यौटा कर्मचारी सोमबार काममा जान अल्छि गर्छ तर शुक्रबार उत्साहित हुन्छ ? किन पुरुषहरु महिला अनि महिलाहरु पुरुषको पछी दौडिन्छन ? किन मानिसहरु आआफ्नै घेराबन्दिमा रुमल्लिन्छ ? किन आफुभन्दा पर देख्न सक्दैन मान्छे ? यि र यस्तै प्रश्नहरुले धेरैलाई घोचिरहेको होला ?
यही आनन्दको खोजिमा मान्छे चुरौटे बन्छ, जड्याहा बन्छ, भ्रस्टाचारी बान्छ, दुरचारी बन्छ, अत्याचारी बन्छ, अनि आफ्नै नजरमा यतिसम्म तल गिर्छ कि यो सृष्टिको निच प्राणी पनि उस्को अगाडी महान लाग्छ । तर खुशी र आनन्दलाई जती नै आफ्नो बसमा पार्न खोजे पनि त्यो कहिल्यै कसैको जालोमा पर्दैन । फेरिपनी मानिसहरु त्यस्कै पछाडी दौडिईरहेछन्, उज्यालोका पछाडी आध्यारोको दौडजस्तै, निरन्तर अनि अन्त्यहिन …
बिश्व श्वासथ्य सगठनको परिभाषा अनुसार, जब मानिस शारिरिक, मानसिक अनि सामाजिकरुपमा स्वस्थ हुन्छ तब उसलाई एक स्वस्थ व्यक्ती भन्न सकिन्छ । यदी यसैलाई आधार मान्ने हो भने आज बिश्वमा साच्चै स्वस्थ मानिसहरु कती छन त ? अनि उस्कै तथ्यान्क आनुसर ८०% भन्दा बढी रोगको कारण मानसिक रहेको छ यानी प्रायजसो रोगहरु मानसिकसँग सम्बन्धित छन । जहाँ जिवनयपनको लागी लाग्ने भन्दा ३ गुणा बढी धन, आनन्द प्राप्तीका नाममा खर्च भैरहेछ । अनि अशान्ति र हिसा रोक्ने नाममा संसारको आधाभन्दा बढी बजेट स्वाहा भैरहेछ! तैपनी न यो संसारमा शान्ति छ न सुरक्षा ? अझै शान्ति, आनन्द र सुरक्षाका नाममा बालुवामा पानी ओइराए सरी डलर पोख्ने क्रम जारी छ, कस्तो अचम्म! घोर अचम्म ।
सारमा भन्नुपर्दा यि सबै कुराहरुको सुरुवात एक अतृप्त मनबाट हुन्छ जो आनन्द प्राप्तीको लागि जुनसुकै हत्कन्डा अपनाउन पनि तयार हुन्छ । यसो सोच्दा ठिकै पनि हो उस्को जिद्धी किनकी संसारकै सर्बोत्कृस्ट प्राणी भएर पनि अतृप्त नै मर्नु त मुर्खता नै हो नि! उस्को माग जायज छ, आनन्द प्राप्तीको माग, धिक्कार त तिनिहरुलाई छ जस्ले आफ्नो जीवनभरी वास्तबिक आनन्द पहिल्याउनै सकेनन वा थाहा पाएर पनि सबैसामु पुर्याउनै सकेनन् !
हो यही हो दीप दर्शन, वस्तविक आनन्दको गन्तव्य ! जहाँ तपाईं दिब्य आनन्द खुद महसुस गर्न सक्नुहुन्छ ! मानिसहरु खुशी र आनन्द लाई एउटै ठान्ने भुल गर्दछन तर खुशी हुनु र आनन्दित हुनु दुबै बिल्कुलाई फरकरक कुराहरु हुन, दुर्भागय त तब सुरु हुन्छ जब कोही यस्लाई एउटै देख्ने भुल गर्छ! खुशी हुनु मनको अवस्था हो, जुन दुखमा गएर टुङिन्छ । तर आनन्दित हुनु भनेको मन भन्दा धेरै परको कुरा हो, यस्को खुशी हुनु वा दुखी हुनुसँग कुनै लेनदेन छैन, कुनै कुरा पाउनु र नपाउनु सँग कुनै वास्ता छैन, कुनै चिज हुनु र नहुनु सँग कुनै नाता छैन! यो यि सबै भन्दा अलग छ, नविन छ, दिब्य छ! आजसम्म हामीहरु आनन्दलाई बहिरी दुनियमा खोज्न ब्यस्त भयौ, आनन्दलाई भौतिक चिजको प्राप्तीसँग गासेर यस्लाई पनि भौतिक बस्तु ठान्ने भुल गर्यौ, यस्लाई खुशीसँग जोडेर दुखमा लगेर टुङ्यायौ हामीले । तर न यो खुशी जस्तो दुखमा टुङिने बिषय हो न पैसाले किन्न सकिने कुनै भौतिक चिज ! यो त यसभन्दा बिल्कुल फरक कुरा हो, दिब्य कुरा ! जुन खुशी र आनन्द क्षणिक छ कुनै बिन्दुमा गएर टुगिन्छ त्यो मात्र धोका हो, खुशी र आनन्दको नाममा भएको गम्भिर धोका । ¨बास्तविक आनन्द त त्यो दिब्य शान्ति हो जुन अनन्त छ अनि हामीभित्रै निरन्तररुपमा बहिरहेछ दिब्य ज्योतिको रुपमा!¨ अब मात्र जरुरी छ, यसलाई पहिचान गर्नु र जगाउनु ! आउनुहोस हामी सगसगै यो दिब्य आनन्दको महसुस गरौ अनि यो जीवनलाई धन्य बनाउ !
यो ध्रुबसत्य कुरा हो कि यो संसार दुखमय छ, हाम्रो जीवन दुखले भरिएको छ तर मनभरी यही दुख लिएर आध्यरोसँग पौठेजोरी खेल्ने मुर्खयाई गर्नुभन्दा एउटा दियो बाल्ने साहस गरे कसो होला, जस्ले तपाईंलाई अनि यो सारा संसारलाई वास्तबिक शान्ति अनि आनन्दको अनुभुती दिन सकोस । अनि जब तपाईं यो वस्तबिक शान्ति र आनन्दमा रम्नुहुन्छ तब तपाईं सहजै अरुलाई यो बाटोमा डोरयाउन सक्नुहुन्छ । जसरि एउटा फुलले आफ्ना वरिपरिको सारा बातावरणनै सुगन्धित बनाउछ त्यसैगरी यो शान्ति र आनन्दको अभियानले सारा बिश्वलाई नै सुगन्धित बनाउने छ । जब मानिस एकपतक आफै भित्रको आनन्द र शान्तिको महसुस गर्छ त्यसपछी उसलाई बाहिरी तुच्छ खुशी र आकर्षणले तान्न सक्दैन । धुम्रपान, मध्यपान, नशा सेवन, परस्त्री गमन, हत्या, हिसा, लुटपाट, भ्रष्टाचार, दुराचार आदी सबै स्वत हराउने छन जसरि सुर्योदय पश्चात अन्धकार स्वत हराउछ । जसरि हाम्रा पुर्खा भगवान गौतम बुद्धले आजभन्दा २५५० बर्षअघी बिश्व शान्ति र मानवतावादको नेतृत्व गर्दै यो पबित्र सन्देश संसारभरी फैलाएका थिए, आज पुन एकपटक इतिहासले त्यो जिम्मेवारी तपाईंहाम्रो काधमा हालिदिएको छ त्यसैले आउनुहोस पुन एकपटक प्रत्यक ब्यक्ती भित्र शान्ति र आनन्दको दियो जगाउदै बिश्व शान्ति र मानवतावादको नेतृत्व गरौ, शान्तिभुमिको शान्ति शन्देश बिश्वभरी फैलाउ अनि नेपाली हुनुको गर्व र पहिचान पुन स्थापित गरौ ।
लेखक, अभियन्ता
बार्सिलिना स्पेन