– मनु क्षेत्री
फुजेरा/ युएईको फुजेरामा नया बर्षको अबसर पारेर अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ. गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति फुजैराहको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
आउदो जनवरी २ तारिक शुक्रबार प्रतियोगिता हुने सस्थाका अध्यक्ष कृष्णा गिरीले नेपाली नेपाली डटकमलाई जानकारी दिए। टीम दर्ता खुल्ला गरिएको र शुल्क २०० दिराम रहेकोले समयमा नै दर्ता गरि भाग लिन नेपालीहरुलाई गिरीले अनुरोध गरेका छन्। आपसी भेटघाट शुभकामना आदानप्रदान गर्ने तथा यहाँ अबस्थित नेपालीहरु जमघट हुने हुदा नेपाली माझ भएका समस्याहरु बुझ्न समेत सजिलो हुने हुदा प्रतियोगिता आयोजना गरिएको बताईएको छ।
गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति फुजेराको आयोजना रहेको उक्त प्रतियोगिताको सह- प्रायोजन भने सगरमाथा सहकारी सस्थाले गरेको सस्थाका कोषाध्यक्ष बिरेन्द्र खड्काले जानकारी दिए। यसै गरी प्रतियोगिताको लागि अन्तरास्ट्रिय नेपाली कलाकार समाज क्षेत्रीय समिति फुजेराले भलिबल सौजन्य गर्ने भएको छ। समितिका अध्यक्ष बिष्णु प्रशाद अधिकारीले दिएको जानकारी अनुसार कलाकार समाजका सदस्यहरुले प्रतियोगिताको दिन खेल मैदानमा उपस्थित भएर सहयोग गर्ने भएका छन्। ।
टीम दर्ताको लागि सम्पर्क –
कृष्णा गिरी- ०५५५५८३९१५
शिबलाल जैसी – ०५२९८४९०१
बिष्णु प्रसाद अधिकारी – ०५२९०९३१३७
बिरेन्द्र खडका- ०५५३७२८८२५






युएईको फुजेरामा नया बर्षको अबसर पारेर अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ
good news..
Comments are closed.