बद्री पगेनीले लेखनाथ तताए


लेखनाथ/
चिसो मौसम, दर्शक ठेलमठेल, जव उत्र्रिए बद्री पगेनी स्टेजमा दर्शकको चर्को हुटिङ । नमस्ते लेखनाथ भन्दै उत्रिएका चर्चित लोक दोहोरी गायक पगेनीले एक घण्टा दर्शकलाई तताईरहे । लेखनाथको भण्डारढिकमा जारी एघारौं संस्करणको लेखनाथ महोत्सवमा आयोजकले दर्शक बढाउन दैनिक चर्चित कलाकार स्टेजमा उतार्ने गरेका छन् । मंगलबार आयोजकले पगेनीलाई स्टेजमा उतार्दा घर निस्कनै लागेको दर्शकसमेत अडिएका थिए ।
पगेनीलाई शिव हमाल, जुना श्रीष र कृष्ण परियारले साथ दिए थिए । पगेनी र श्रीषका विच एक घण्टाको सवाल जवाफ पछि पपगायिका सरिता प्रजापति र तुलसी पराजुलीले दर्शकलाई साथ दिएका थिए ।
झण्डै आठ बजेसम्म चलेको महोत्सवको सांगितिक माहोलमा युवापुस्ताको वाहुल्यता रहेको थियो । साँझ पख सरगम कला केन्द्र तालचोकमा कलाकारले विभिन्न हिन्दी गित संगितमा हट डान्स गरेका थिए ।
महोत्सवमा हाँस्यकलाकार राजा राजेन्द्रले दर्शकहरुलाई पेट मिचि मिचि हसाएका थिए । लेखनाथ महोत्सवको अर्को आकर्षण गायन विधामा १० जनाले आफ्नो प्रस्तुती दिएका छन् ।
यसैगरी महोत्सवमा चाइल्ड ट्यालेन्ट सो अन्र्तगत विभिन्न विधामा विद्यार्थीले प्रतिभा देखाएका छन् । विद्यार्थीको प्रतियोगितमा सहभागी रहेपछि विद्यालयबाट समेत विद्यार्थीहरु आउने क्रम महोत्सवमा बढेको छ । महोत्सवमा बुधबार चर्चित लोक दोहोरी गायक बद्री पगेनी, रामजी खाँण, चालेन्द्र पौडेल, जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्णा परियार र पार्वती जिसीको प्रस्तुती रहने छ । भने हाँस्यमा दिपक थापाको प्रस्तुती रहने आयोजक लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ ।
यसैगरी पप तर्फ माण्डवी त्रिपाठी, सरिता प्रजापति र धमेन्द्र सेवानको लाइभ कन्र्सट रहने छ ।
मंसिर १८ गते देखी २९ गते सम्म संचालन हुने एघारौं लेखनाथ महोत्सवमा कृषि प्रदर्शनी अन्तरगतका सुन्तला, माछा, कफी, मह, ताजातरकारी लगायत फूडफेस्टिवल, अटो प्रदर्शनी, हस्तकला, मेशेनरी, फूड एण्ड वेभरेज, गार्मेन्ट र कर्पोरेटका स्टलहरु राखिएका छन् ।