पोखरा/
कास्की जिल्लाको कृष्तिनाच्ने चौर गाविसस्थित वनपाले सामुदायिक वन उपभोक्ता समुहले रमणीय स्थल वहेलीमा रु.६ लाखको लागतमा वनभोज स्थल निर्माण गरेकोछ ।
वनभोज स्थल निर्माणका लागि सभासद तुल वहादुर गुरुङले संसद विकास कोषबाट रु. एक लाख ५० हजार, पर्यटन कार्यालय पोखराको ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रमवाट रु. तीन लाख र वांकी वन समुहको कोषवाट खर्च गरिएको समुहका अध्यक्ष कमल भुजेलले वताए ।
पोखराको पर्यटकीय स्थल छोरेपाटनबाट पांच किलोमिटर दक्षिणमा रहेको सो स्थानमा यातायात, खानेपानी लगायत अन्य आवश्यक भौतिक संरचना तयार गरिएकोछ । एकैपटक तीन समुहले वनभोज खान मिल्ने व्यवस्था गरिएकोछ ।
उक्त स्थानबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृखला तथा प्राकृतिक सौन्दर्य नगरी पोखराको दृष्यावलोकन गर्न सकिन्छ । रासस