नबलपरासीमा आखाँ पाक्ने रोग नियन्त्रणमा आउन सकेन


रुपन्देही /नबलपरासी जिल्लामा फैलिएको आखाँ पाक्ने रोगको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन ।

रोगबाट सबै उमेरका ब्यक्ति प्रभावित भएका छन् पश्चिमबाट आएको दुषित हावासगै भएको मौसम परिवर्तन र दुषित वातावरणले गर्दा आखाँ पाक्ने रोगको प्रकोप बदेको चिकित्सकहरुले बताएका छन् ।

परासी स्थित बिनोत निता कण्डेल आखाँ अस्पतालका नेत्र सहायक नेत्रबहादुर मगरका अनुसार अस्पतालमा आउने बिरामीमघ्य ९० प्रतिशत आँखा पाकेर आउने गरेका छन् ।

भाइरल र ब्याक्टेरियाको सम्रिषणले आँखा पाक्छ । असोज महिना भइरल र ब्याक्टेरियाका लागि अनुकूल मानिन्छ ।

अस्पतालमा दैनिक १ सय सम्मलाई रोग फैलिएसगै स्थानिय बजारमा चस्माको कारोबार पनि ह्वात्तै बदेको छ । रोग लागेकाहरुलाई कालो चस्माको प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।