सम्झनाको दशै,बालापनलाई ताजा गरिदिन्छ- दुर्गा ढकाल पौडेल


– दुर्गा ढकाल पौडेल
नेपालीहरुको महान पर्ब बडा दशैले एउटा उत्सुक्कता हरेक बर्ष लिएर आउने गर्छ। एउटा छुट्टै माया स्नेह सम्झना अनि कल्पना मन भरी दिन्छ। जब जब घटस्थापना शुरु हुदै दशैको प्रराम्भ हुन्छ मनमा कता कता संसार जिते जस्तो भान हुन्छ। साहेद असत्य माथि सत्यको बिजयको कथन जोडिएकोले पनि हामीलाई त्यस्तो भान भएको हुन सक्छ। मलाई त लाग्छ हामीले बालापनका धेरै कुराहरु याद गरी रहेका हुन्छौ ,ति यादहरु आई दिदा आजको यो उमेरमा पनि सबै भन्दा सम्झन सक्ने अनि रमाइलो पलका स्मरण दशै सँग जोडिएका क्षण दिमाखमा ,मानसपटलमा सबै भन्दा यादकार रहेका छन्।

तर प्रदेशको यो भुमि हामी सँग रमाउने एउटा नै साधन छ त्यो हो सम्झना। हामी धेरै नेपालीहरु बिबिध कारणले आज बिदेशमा छौ आज धेरै नेपालीहरुको दशै सम्झनामा बितेको छ। त्यही ताजा बनेका बालापनका पलहरु संग दशै आएको छ अनि त्यसरी नै जान्छ पनि। हुन त बिदेशमा चाडबाड नमान्ने नमाउने कहाँ हो र ? धेरै कार्यक्रम हुन्छन् ,रमाइलो गर्छन् तर मन मान्दैन घर नजिकैको लिङ्गे पिङ्ग ,साथिभाइको भिडभाड अनि हानालुछी आखिर ति पलहरु नै कति रमाईला रहेछन् हगी। तिनै सम्झनाका क्षणहरुले हरेक साल दशै मनाई दिन्छन्।
सम्झनाको यो बेला म सम्झन चाहन्छु चितवन सुन्दर बस्तीमा रहुनु भएको मेरो बुवा आमा, भाउजु , बहिनीहुरु ,चितवन गित्नगर १ मा रहुनु भएका बुवा ,ममी, बहिनी सुजता ईन्डियामा रहेको मेरो भाई दीपकलाई धेरै सम्झना माया अनि स्नेह। काठमाडौंमा रहुनु भएको मेरो दाई अनि भाउजु कतारमा रहुनु भएको दाई र मेरो कान्छो दाई जनक ,गोर्खा श्री नाथ कोत ४ का मेरा साथीहरु ,काठमाडौंमा रहुनु भएकी दिदी सिर्जना खनाल (सिरु} अनि बार्सिलोनाका आत्मीय प्रिय साथीभाई दिदीबहिनी,दाजुभाईलाई सम्झन चाहन्छु ।

तपाई सबैलाई मैले मन बाट सम्झन चाहे। जब नाम नै लिएर सम्झे मनलाई आनन्द हुने रहेछ तर धेरैको नाम छुटेको पनि छ अन्यथा नलिनु होला। विदेशमा बस्नेले पनि अब के गर्नु जसो तसो सम्झना अनि यादमा दशैँ मनाउन सकौ अनि स्वदेशमा रहने मेरा आफन्त अनि नेपाली जनमा अनुरोध दशैको नाममा तडक भडक नगर्नुहोस् घाटी हेरेर हाड निल्नु होला। ऋण र बोझको दशै हैन माया स्नेह र प्रेमको दशै बन्न सकोस् सद्त शुभकामाना।

 

Playing Swing in Dashain

2 COMMENTS

  1. yastai hudo raya6 baine bedash ma huda ko pida ane hamro ta jhan begat 9/10 barsha dekhi sandai pane dashain ma aunalai namelna ra teme pane 5 barsha dekhi bedesh huda dharai pida ane ghar ma chad parba ko bela huna khalo pan yastai raha6a hamro dainikai ane life …………..k garnu

Comments are closed.