छात्रालाई यौनजन्य कार्य गर्ने शिक्षक निष्कासित


दमौली, १ असोज-

आफ्नै विद्यालयकी छात्रासँग यौनजन्य कार्य गरेको आरोपमा पक्राउ परेका दमौलीका एक शिक्षकलाई विद्यालयले बर्खास्त गरेको छ । व्यास–५ सेवर स्थित सर्वज्योति माध्यमिक विद्यालयको मंगलबार बसेको विद्यालय व्यवथापन समितिको बैठकले शिक्षक लालबहादुर नेपालीलाई बर्खास्त गरेको हो ।

समाजमा द्वैष फैलाउने कार्यमा संलग्न भएको भन्दै नेपालीलाई विद्यालयबाट निष्काशन गरिएको विद्यालय व्यवस्थापन समितिका एक सदस्यले बताए । आफूसँग यौनजन्य कार्य गरेको नेपालीलाई कारवाहीको माग गर्दै सोमबार पीडितले जबरजस्ती करणी उद्योगमा किटानी जाहेरी दिएकी थिइन् ।

हालै एसएलसी पुरक परीक्षा उत्रिण गरेकी ती विद्यार्थीलाई खाजा खान जाने भन्दै शिक्षक नेपालीले शनिबार मनपाङ गाविस स्थित अकला हाईवे रेष्टुरेन्टमा लगेर यौनजन्य कार्य गरेका थिए । उक्त होटलमा छापा मार्ने क्रममा प्रहरीले नेपालीलाई पक्राउ गरेको थियो।