काठमाडौ, भाद्र ३० – माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको छ । ६२ वर्षीय नेता बोगटीको नर्भिक अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको हो ।
एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’ को ध्यान जहिले पनि पार्टी बचाउनेतिर हुन्थ्यो, त्यसैले उनी पार्टीभित्र ठूलो अन्तरसंघर्ष भएको बेला जहिले पनि संस्थापन पक्षतिर रहन्थे । अध्यक्ष पुष्पकमल दाहाललाई निःस्वार्थ सहयोग गर्ने नेतामा बोगटी पर्थे । बोगटीको आज विहान उपचारको क्रममा निधन भएको छ ।
दाहालले केही गर्नुपरे सबभन्दा पहिले बोगटीसंग सल्लाह लिन्थे । बोगटीले कहिले पनि आफूलाई फाइदा हुनेगरी दाहाललाई सल्लाह दिदैनथे । आफूलाई जे लाग्थ्यो, त्यही कुरा दाहाललाई भन्थे । निःस्वार्थ सल्लाह सुझाव दिने भएकाले दाहालले उनलाई जहिले पनि उनीसंग सल्लाह नगरी कुनै पनि कदम चाल्दैनथे । दाहालको पहिलो बैठक बोगटी र त्यसपछि अन्य पदाधिकारीसंग हुन्थ्यो । उनी दाहालका सहयोद्धा छदै थिए, प्रमुख सल्लाहकारसमेत थिए ।
पार्टीमा अन्तरसंघर्षको चर्केको बेला उनी उत्तेजक अभिव्यक्ति दिदैनथे । उनको ध्यान जहिले पनि पार्टी वचाउनेतिर हुन्थ्यो । त्यसकारण उनलाई अर्को पक्षले समेत कहिलै नराम्रो दृष्टिले हेरेनन् । उनी जहिले पनि निर्विवाद नेताको रुपमा रहे । निर्विवाद हुदै
नुवाकोट तुप्चे गाविस वडा नं. २ को भित्रिनिटार जन्म २०१० सालमा भएको थियोे । बुवा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट पोष्टबहादुर बोगटी निम्नमध्यम परिवारमा जन्मेका थिए ।
गाउको विद्यालय भवन बनाउने क्रममा उनले आफ्नो जग्गा दिएर चण्डेश्वर उच्च माध्यामिक विद्यालय बनाउन सघाएका थिए । ‘आफ्नो जग्गा दिएर विद्यालय अघि बढाउने काम गर्नुभयो, उहाको काममा कुनै स्वार्थ थिएन’ उक्त विद्यालयका पूर्व प्राचार्य कृष्ण भण्डारी सम्झन्छन्, ‘त्यो विद्यालयबारे उहाले जहिले पनि चासो राख्नुभयो ।’
सबै नेताले आफ्ना सन्तानलाई सकभर राजनीतिमा लगाउन चाहदैनन् । तर उनले दुई छोरा र एक छोरालाई राजनीतिमा लगाए । सशस्त्र युद्धका बेला उनले छोरा गुमाए । छोरा रवि बोगटी विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५८ सालमा धादिङको सत्यदेविमा तत्कालिन शाही नेपाली सेनाको आक्रमणबाट मारिएका थिए । बोगटीका दुई छोरी मध्ये जेठी छोरी प्रतिभा बोगटी थारुवान राज्य समिति सदस्य भई दाङ जिल्लामा क्रियाशिल छन् । कान्छी छोरी प्रभा बोगटी केन्द्रीय सूचना सञ्चारव्यूरो अन्तर्गत प्रचार प्रसार राज्य समिति सदस्य हुनुका साथै पत्रकारितामा गर्दै आएकी छन् । उनी पूर्व लडाकू कमान्डर भएर स्वच्छिक अवकाश लिएकी थिइन् ।
श्रीमती राममाया बोगटीसंघीय जनसम्पर्क मध्य जिल्ला संगठन समितिको सदस्य एवं अनेम संघ क्रान्तिकारी जिल्ला संयोजक तथा नुवाकोट काठमाण्डौ संघीय जनसम्पर्क मञ्चको अध्यक्ष भएकी थिइन् । बोगटीको विवाह २०३५ सालमा भएको थियो ।
राजनीतिक यात्रा
सुरुमा समाजसेवीको छवि भएका बोगटीको २०३५ सालमा राजनीतिक यात्रा सुरु गरेका थिए । ‘भौतिक परिस्थिति, पारिवारिक, सामाजिक सबै पृष्ठभूमिले कम्युनिष्टप्रति लाग्ने प्रेरणा मिलेको हो’ गएको निर्वाचनका बेला बोगटीले कृष्णसेन अनलाइको अन्तरवार्तामा भनेका थिए । चीनमा ‘सर्वहारा साास्कृतिक क्रान्ति’ का बेला २०२५ साल आसपास आफूमा कम्युनिष्टमा लाग्ने प्ररणा मिलेको उनले बताएका थिए । २०३४ सालमा पुष्पलाल समूहमा संगठित भई २०३७ सालमा संयुक्त चौथो महाधिवेशनमा आबद्ध भएका थिए । पुष्पलाल समूहले २०३५/२०३६ सालको आन्दोलनमा धोका दिएको भन्दै उक्त समूह छाडेर संयुक्त चौथो महाधिवेशनतिर लागेका थिए । पार्टीका संयुक्त चौंथो महाधिवेशनसम्ममा उनी जिल्ला समिति सदस्य भइसकेका भएको थियो ।
२०४४ सालतिर अखिल नेपाल किसान संघको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व गरेका थिए । त्यतिवेला वोगटीकै निर्देशनमा वारा, पर्सा, रौतहट लगायत तराइका जिल्ला र पहाडमा समेत किसानहरुको आन्दोलन अघि बढेको थियो । २०४० सालमा मशालको नुवाकोट जिल्ला सेक्रेटरी बनेका थिए । २०४३ मंसीरमा क्षेत्रीय व्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कणर्ाली इन्चार्ज, यसपछि भेरी कणर्ाली उपव्यूरोको इन्चार्ज, २०५३ सालमा पश्चिम व्यूरो संगठनको इन्चार्ज हुदै पार्टी स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी सम्हालेका थिए । शान्ति प्रक्रियामा आउनु अघि उनले पश्चिम कमाण्डको इन्चार्ज रही जिम्मेवारी सम्हालेका थिए । त्यसबेला शाह सिरकारदलाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ गण्डक अभियानको नेतृत्व गरेका थिए । २०६६ मा एमाओवादी बहुपदमा गएपछि उनी सचिब भएका थिए । गत वैशाखमा भएको राष्ट्रिय सम्मेलनपछि भएको केन्द्रीय समिति बैठकले उनलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको थियो ।
हेटौडामा २०६९ सालमा हएकताको सातौ राष्टिय महाधिवेशनमा बिवादका कारण पद बिभाजन हुन सकेन । अन्य व्यक्तिमा सहमति नभएपछि वोगटी महासचिवमा सर्वसम्मत चयन भएका थिए । २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र न. ३ बाट विजयी भएका थिए । गएको सविधानसभा निर्वाचनमा उनी त्यही क्षेत्रबाट पराजित भएकाम थिए । अघिल्लो संविधानसभामा उनी संसदीय nmका प्रमुख सचेतक भएका थिए । तत्कालीन एमाले अध्यक्ष भलनाथ खनाल नेतृत्वको सरकारको बेला उनी नौ दिनसञ्चार मन्त्रालय सम्हालेका थिए, अध्यक्ष दाहालको आग्रहमा उनी मन्त्री बनेका थिए । त्यसलगत्तै एमाओवादी उपाध्यक्ष बाबुराम भट्राई नेतृत्वको सरकारमा उर्जा मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए ।
उर्जामन्त्री भएको बेला उनी बिवादमा आएनन् । ‘उहाले मुलुकलाई हानी हुने काम कहिलै गर्नुभएन’ एक कर्मचारीले भने । उनकै पालामा चिनिया कम्पनीसंग पश्चिम सेता परियोजन निर्माण गर्ने सहमति भएको थियो ।
जेल जीवन
पंचायतकालमा नुवाकोट जिल्लाका नेता प्रकाशचन्द्र लोहनीसाग राजनीतिक टकराव बढेपछि राजनीतिक पूर्वाग्रह राखी २०४० मा ज्यानमार्ने उद्योग मुद्दामा करिव एक महिना जेल जीवन बिताएका थिए । दशैको नवमीको दिन झुठा मुद्दामा पक्रेर लगेको बोगटीलाई मुद्दा सही नठहरिएपछि तिहारको भाइटिकाको दिन रिहाई गरियो । यस्तै २०४२ सालमा भएको बमकाण्डमा उनी घरबाट पक्राउ परेका थिए । त्यसबेला उनी नुवाकोट पार्टीको जिल्ला समिति सेक्रेटरी थिए ।
शिक्षा र अनुभव
स्कूल र क्याम्पसको औपचारिक अध्ययन धेरै नभएपनि बोगटीले आध्यात्मिक, द्वन्द्वात्मक भौतिकवाद, दर्शन, राजनीति, जीवनी, साहित्य, इतिहासलगायत दर्जनौ पुस्तकको अध्ययन गरेका थिगए । औपचारिक शिक्षा उनले चण्डेश्वरी प्राथमिक विद्यालयमा लिएका थिए । यसपछि त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यायलमा भर्ना भए पनि आर्थिक समस्याले गर्दा उहााले औेपचारिक अध्ययनलाई निरन्तरता दिन सकेनन् ।
सामाजिक कार्यसंगै राजनीतिक जीवनको सुरुआतपछि अध्ययन गर्ने वातावरण मिल्दै गयो । सुरुमा धार्मिक ग्रन्थहरु द्वन्द्ववादी र आलोचनात्मक ढंगले अध्ययन गरेको सुनाउने गर्थे । माओका चिनियां ग्रामीण समाजमा वर्ग विश्लेषण, अन्तरविरोधबारे, लेनिनका जनताका शत्रु र मित्र को हुन्, राज्य र क्रान्ति, माक्र्सको कम्युनिष्ट घोषणापत्रले बढी नै प्रभाव पारेको उनी भन्ने गर्थे । साहित्यका आमा, युवाहरुको गीत, चम्किलो रातो तारा र अग्निदिक्षा, तरुण गार्ड, थ्याङ्कु मिस्टर ग्याल्ड जस्ता पुस्तक मनपर्ने कृष्णसेन समाचार सेवालाई बताएका थिए ।
व्यावहारिक नेता
बोगटी व्यावहारले खारिएका नेता थिए । पार्टीको नीति, लाइन र योजनालाई इमान्दारिपूर्वक प्रयोग गर्ने र विषयलाई सरल ढङ्गले लैजाने नेताको रुपमा चिनिन्छन् । ‘आफ्नो कारणले कसैको चित्त नदुखोस् भनेर विचार गर्थे् । ‘सीधा र सामाजिक प्रकारको मेरो स्वभाव छ’ उनले गत निर्वाचनको बेला पार्टी नजिकको कृष्णसेन समाचार सेवालाई भनेका थिए ‘मान्छेहरुसाग सहजरुपमा छलफल गर्ने र विषयलाई जटील बनाउनतीर कहिल्यै लागिन ।’- ekantipur