विश्व प्राथमिक उपचार दिवसमा पोखरामा विभिन्न कार्यक्रम सम्पन्न


भदौ २९, पोखरा ।

‘विपद तथा दैनिक जोखिममा प्राथमिक उपचार’ भन्ने मूल नाराका साथ कास्कीमा पनि विश्व प्राथमिक उपचार दिवस २०१४ शनिवार विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा पोखरामा सचेतनामुलक ¥याली, प्राथमिक उपचार प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

विहान रेडक्रस कास्कीको कार्यालय सृजनाचोकबाट शुरु भएको सचेतनामुलक ¥याली सिमलचौर पुगेर समापन भएको थियो । ¥यालीमा शाखाका पदाधिकारी तथा सदस्य, शिक्षक नायक तथा जुनियर रेडक्रस सर्कलका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । ¥यालीमा विद्यार्थीहरुले प्राथमिक उपचारको महत्व, सडक सुरक्षा र प्राथमिक उपचार लगायतका प्ले कार्ड लिएका थिए ।

प्राथमिक उपचार प्रतियोगितामा, कृत्रीम घट्ना प्रदर्शनीमा आफ्नो सिप क्षमता प्रदर्शन गरि क्षेत्र नं. २ प्रथम भएको छ ।

यसैगरि क्षेत्र नं. ४ द्धितीय र क्षेत्र नं. १ तृतीय र क्षेत्र नं. ३ सान्त्वना हुन सफल भयो । सो अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले अस्पताल तथा दक्ष चिकित्सकसम्म पु¥याउनु अघि विरामीलाई प्राथमिक उपचार प्रदान गर्न सके मृत्युको मुखबाट जोगाउन सकिने बताए । अस्पताल पु¥याउनु अघि विरामीको अवस्था बिग्रन नदिन प्राथमिक उपचारको महत्व रहेको कास्की शाखाका सदस्य एवम् प्राथमिक उपचार समितिका संयोजक सुर्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

कास्कीमा प्रथम सहयोगी प्राथमिक उपचार प्रशिक्षक तालिम लिएका २ जना, १३ जना प्राथमिक उपचार प्रशिक्षक, करिव १ हजार २ सय तालिम लिएका स्वयसेवक रहेका शाखाका मन्त्री कृष्ण तिमील्सीनाले जानकारी दिनुभयो । कास्की शाखाले जिल्लामा प्राथमिक उपचार सम्बन्धि तालिम प्रदान गरि एक घर एक प्राथमिक उपचारक तयार गर्ने अभियान का साथ जुटेको सभापति बामदेव ढुगानाले बताउनुभयो ।

कास्की शाखाका सभापति बामदेव ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा शाखाका मन्त्री कृष्ण तिमील्सीना, सदस्य एवम् प्राथमिक उपचार समितिका संयोजक सुर्यप्रसाद ढकाल, शाखाका बरिष्ठ अधिकृत खेमराज सापकोटा, स्वर्ण जयन्ती प्रचार प्रसार समितिका सदस्य राजन उपाध्याय लगायतले बोल्नुभएको थियो ।