पोखरा, २४ भदौ
पोखरा पिस क्लवद्वारा आयोजित आठौं पोखरा पिस क्रिकेट कप २०७१ अन्तर्गत सोमवार दुई खेलहरु सम्पन्न भएका छन् ।
सोमवार भएको पहिलो खेलमा आयोजक पोखरा पिस क्लव निलोले योङ्ग व्वाइज ११ लाई ५ विकेटले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो खेलमा गण्डकी फुड क्याफे गाइजले धौलागिरी क्रिकेट क्लव बाग्लुङ्गलाई १७ रनले पराजित गरेको छ ।
प्रतियोगिता बाराही उच्च माविको खेल मैदान मालेपाटनमा भैरहेको छ ।
गण्डकी अटोमेकानिकल्स वक्र्स एशोसिएशनमा नेपाली
पोखरा, २३ भदौ ।
गण्डकी अटोमेकानिकल्स वक्र्स एशोसिएशनको १६ औं साधारणसभाले कुल बहादुर नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा रमेश श्रेष्ठ पप्पु, उपाध्यक्ष सानुमान जलारी, महासचिव किरण कपाली, सचिव पुरुषोत्तम सुवेदी, कोषाध्यक्ष सन्तोष कुमार वि.क., सहकोषाध्यक्ष प्रमोद आचार्य, सदस्यहरुमा राजु दाहाल, इन्द्र जंग गोदार, रत्न बहादुर थापा, अशोक के.सी., कृष्ण खाँड, अर्जुन उप्रेती रहेका छन् ।
साधारणसभाको उद्घाटन गर्दै संवैधानिक विकास समितिका सभापति रविन्द्र अधिकारीले स्थानीय नगरको विकासमा नगरपािलका र उपत्यका नगर विकास समितिको समन्वय क्षेत्राधिकार बाझिँदा अवरोध सृजना भएकोले स्वायत्तरुपमा नगरको विकास हुने नियम आउन लागेको र मेकानिक्स मजदुरहरु वैज्ञानिकको रुपमा राज्यले सम्वोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा पोखरा वक्र्ससप स्थापनामा महत्वपूर्ण भूमिका स्वरुप बरिष्ठ मेकानिक्सहरु बसन्त राज रेग्मी, दलबहादुर थापा मगर, राजु गुरुङ्गलाई कदर सम्मान र सामाजिक कार्यकर्ता रेडक्रसका सभासद् सूर्यप्रसाद ढकाललाई मानार्थ सदस्यता सम्मान गरिएको थियो ।
एशोसिएशनका अध्यक्ष कुलबहादुर नेपालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
जाल्पादेवी महिला उद्धार समूहमा नेतृत्व विकास तालिम
पोखरा, २३ भदौ ।
जाल्पादेवी महिला उद्धार समूहले संस्थामा आवद्ध महिलाहरुको नेतृत्व विकासको लागि ३ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
प्रमुख अतिथि संस्थापक अध्यक्ष शारदा सुवेदीले अब महिलाहरु पार्टीगतभन्दा सामाजिक कार्यमा लाग्न सक्नुपर्ने बताइन् । कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले अब महिलाहरु आयआर्जनमूलक कार्यक्रममा लाग्न सक्नुपर्ने बताइन् ।
संस्थाका अध्यक्ष पवित्रा के.सी.को अध्यक्षतामा कार्यक्रम भएको थियो ।