बसन्त रानाभाट
बार्सिलोना
नेपाली जनसम्पर्क समिति स्पेनको नयाँ कार्यसमितिको अध्यक्ष समितिका बरिष्ट उपाध्यक्ष शालिकराम डुम्रेलाई बनाउने सहमती भएको छ। समितिको चौथो अधिबेशन सफल पार्न कार्यसमिती रहने गरी बनेको मूल आयोजक समन्वय समितिले गरेको निरन्तर छलफलको प्रयास पछि सहमती बनेको हो ।
सहमति अनुसार नयाँ कार्यसमितिको बरिष्ट उपाध्यक्षमा बेद राम कडेल, उपाध्यक्ष बिष्णु रिजाल, महामन्त्री पदम दबाडी र सह महामन्त्री प्रकाश भट्टराई, कोषाध्याक्षमा राम सापकोटालाई चुनिने सर्ब सहमत निर्णय भएको छ।
यस्तै कार्यसमितिमा सदस्यहरुमा उमेश अधिकारी ,सन्तोष श्रेष्ठ ,हिरालाल सापकोटा ( डायमण्ड ), बिनोद लामिछाने ,जिबन भुषाल ,सिता सिंह थापा ,राम शरण थापा ,नारायण पौडयाल ,पुरुषोत्तम भट्टराई र राम प्रसाद सापकोटा ( बिराज) चुनिएका छन् ।
आईतबार राति भएको निर्णयलाई समन्वय समितिले निर्बाचन समितिलाई पठाएको र निर्बाचन तालिका अनुसारको मनोनयन दर्ताको समयमा कसैको दाबि बिरोध नपरेकाले अब यही सर्ब सहमत समितिलाई सेक्टेम्बर १५ मा हुने अधिबेशनबाट घोषणा गरिने भएको छ ।
अध्यक्षमा सर्ब सहमत चुनिएका डुम्रेले नेपालीनेपाली डटकम सँग कुरा गर्दै आफुलाई सर्ब सहमत बनाउन जुटेको समन्वय समिति ,दाबी गरेका प्रतिस्पर्धीहरु ,जनसम्पर्क समिति प्रति आस्थाबान जनसमुदाय,मिडिया ,संघ सस्था लगायत सिंगो नेपाली समुदायलाई धन्यबाद दिएका छन्। डुम्रेले आफ्नो कार्यकाल समुदायको हितमा रहने बताएका छन्।
अध्यक्षमा दाबी गरेका कडेलले आफुले छोडे सबैको जित हुन्छ भन्दै आफुले त्याग गरेको बताए। उनले भने सहमति र सहकार्यबाट अगाडि बढ्नलाई सबैको जित हुन्छ भनेर मैले अध्यक्षको दाबी छोडेको हु ।
मुख्यत: समितिका बरिष्ट उपाध्यक्ष शालीकराम डुम्रे ,महामन्त्री बेदराम कडेल र सल्लाहकार बिष्णु रिजालले अध्यक्ष पदका लागि दाबी गरे पनि सहमति गर्नु पर्छ भन्दै मूल आयोजक समन्वय समितिले सहमति गराउने प्रयास जारि राखेको थियो ।
अध्यक्ष चिन्तामणी सापकोटा संयोजक रहेको समन्वय समितिका सदस्यहरुमा पुष्प राज भण्डारी,एक राज गिरी,अनिल गुरुङ ,बिनोद ढकाल र उमेश अधिकारी रहेका छन् । सेप्टेम्बर १५ तारिक बार्सिलोनामा हुने समितीको चौथो अधिबेशनका लागि पुष्प राज भण्डारीको संयोजकत्वमा बिनोद लामिछाने र नारायण पौडेल सदस्य रहने गरी तिन सदस्यीय निर्वाचन समिती समेत गठन गरिएको थियो ।
को हुन् त शालिक राम डुम्रे ?
जन्म :- बि. स. २०२९ थुम पोखरा गाबिस बडा नम्बर- २, स्याङ्जा
– स्कुलदेखिनै नेविसंघमा आबद्द ,त्रिभुबन बहुमुखी क्याम्पस पाल्पा तानसेनको स्ववियु सदस्य
– थुम पोखरा गाबिस इकाइको सभापति ( २ कार्यकाल )
– नेपाली काग्रेस स्याङ्जा क्षेत्र नम्बर -२ को सहसचिब
– स्याङ्जा जिल्ला थुम पोखरा गाबिसको कार्यबाहक अध्यक्ष , निर्बाचित बडा अध्यक्ष
– युरोप बसाई १३ बर्ष ,नेपाली जनसम्पर्क समिति स्पेनको स्थापनाकाल देखिनै सस्थामा आबद्द
– नेपाली जनसम्पर्क समिति स्पेनको तदर्थ समिति सदस्य ,पहिलो अधिबेशनबाट सदस्य,दोस्रोबाट उपाध्यक्ष ,तेस्रोबाट ब. उपाध्यक्ष र सगठन बिस्तारको संयोजक







Congratulations to Shalik ram ji, Santosh Shrestha bhai and all executive body of NRN Spain and hope for further human welfare programmes to continue !!!
Contratulation shalik ram ..go more ahead .
Comments are closed.