राशिफल लेखक/युवा ज्योतिषी – हरि पन्त,
आजको पञ्चाङ्ग
आज मिति २०७१ साल भाद्र १८ गते बुधबार, तदनुसार सिताम्वर ३ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको नवमी तिथि ३९ घटि १ पला अर्थात रातिमा ९ बजेर २० मिनेटसम्म त्यस उप्रान्त दशमी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा वृश्चिक राशिमा १९ घटि ५९ पला अर्थात दिनमा १ बजेर ४३ मिनेटसम्म त्यसउप्रान्त धनु राशिमा प्रवेश गर्नेछ । आज दिनमा ३१ घटि ३३ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४४ मिनेटमा तुरुदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर २२ मिनेटमा हुनेछ ।
मेष ः जोखिम कार्य सफल हुने, यात्रा फलदायी, तार्किक क्षमताको विकास, अध्ययनमा सफलता मिल्नेछ ।
वृष ः यशकीर्ति बढ्ने, आफन्तबाट सहयोग, नवीन कार्यमा लगानी, व्यापारबाट पर्याप्त मुनाफा हुनेछ ।
मिथुन ः रोजगारीबाट आत्म सन्तुष्टि मिल्नेछ, मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, सम्मानको अवसर ।
कर्कट ः समस्यासंग संघर्ष, पेट रोगले पिरोल्ने सम्भावना, व्यापारमा गिरावट, अशुभ समाचार सुन्नुपर्ला ।
सिंह ः कार्यमा व्यावधान आम्दानी घट्ने पारिवारिक किचलो, स्वास्थ्यमा धन खर्च गर्नुपर्ने छ देखिएको छ ।
कन्या ः पारिवारिक सहयोग, उत्साह उमंग पलाउने, व्यापारबाट लाभ, वैयक्तिक प्रभाव बढ्नेछ, समय शुभ रहनेछ ।
तुला ः मनमा अनावश्यक पीडा, अनावश्यक टक राव हुने, आर्थिक भार थपिने, आफन्तबाट धोका पाइनेछ ।
वृश्चिक ः एक्कासी आम्दानीमा वृद्धि, राज्यपक्षबाट सहयोग, प्रेम प्रसंग सफल, तार्किक क्षमताको विकास हुनेछ ।
धनु ः स्वास्थ्यका एक्कासी समस्या देखा पर्ने, हतियारबाट कष्ट, विरोधी सक्रिय, नास्तिक विचार पलाउनेछ ।
मकर ः नयाँठाउँको अवलोकन, आरोग्य जीवनको उपभोग, विरोधी माथि विजयी, प्रतियोगितामा सफलता मिल्नेछ ।
कुम्भ ः दुर्घटनाका भय, आफन्तसँग मनमुटाव, शारीरिक पीडा थपिने समय ख राब छ, सतर्क हुनुहोला ।
मीन ः मानहानि हुन सक्नेछ, अनावश्यक झन्झट आइलाग्ने, मन परेको खानमा अव रोध हुने, दिन खराब रहनेछ ।
आजको साइत ः आज पश्चिम दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
ः आज २०७१ साल भाद्र १८ गते बुधबार बिहान ५ः४४ बजेदेखि ७ः१४ बजेसम्म लाभ बेला, बिहानमा ७ः१३ बजेदेखि ८ः४३ सम्म अमृत बेला, बिहानमा ८ः४३ बजेदेखि १०ः१३ बजेसम्म काल बेला, बिहानमा १०ः१३ बजेदेखि ११ः४४ बजेसम्म शुभ बेला, बिहान ११ः४४ बजेदेखि दिनमा १ः१४ बजेसम्म रोग बेला, दिनमा १ः१४ बजेदेखि २ः४४ बजेसम्म उद्वेग दिनमा २ः४४ बजेदेखि ४ः१४ बजेसम्म चर साँझ ४ः१४ बजेदेखि ५ः४४ बजेसम्म लाभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः दिनमा १२ः०० बजेदेखि १ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९