काठमाडौं, १७ भदौ –
उर्जा व्यापार सम्झौता (पीटीए)का लागि भारतसँग वार्ता गर्न सरकारले उर्जासचिवको संयोजकत्वमा समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा समिति बनाएको हो । टोली भोलि नै भारत जानेछ ।
यसअघि भारतले प्रस्ताव गरेको विद्युत व्यापार सम्झौता प्रस्तावको चर्को आलोचना भएको थियो । जलश्रोतमा एकाधिकार कायम गर्ने गरी सम्झौताको प्रस्ताव आएको भन्दै विरोध भएपछि सरकार पछि हटेको थियो । तर, सरकारले पठाएको विद्युत व्यापार सम्झौताको प्रस्तावको जवाफ भारतले दिएको छैन