आजको पञ्चाङ्ग,२०७१ साल भाद्र १४ गते शनिबार


राशिफल लेखक/युवा ज्योतिषी ः हरि पन्त
आज मिति २०७१ साल भाद्र १४ गते शनिबार, तदनुसार अगस्त ३० सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको पञ्चमी तिथि ४७ घटि ५० पला अर्थात रातिमा १२ बजेर ५० मिनेटसम्म त्यस उप्रान्त षष्ठी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा तुला राशिमा अहोरात्र रहनेछ । आज दिनमा ३१ घटि ४९ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४२ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर २५ मिनेटमा हुनेछ ।

10574407_786949601357670_1998935915222540781_n

आजको राशिफल
मेष ः मान्यजनबाट सहानुभूति, व्यापारिक कार्य सफल, साहित्य क्षेत्रबाट सफलता मिल्नेछ दिन शुभ छ, उपयोग गर्नुहोला ।
वृष ः कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको ठूलो राशिको धन हात लाग्ने, इष्टमित्रको सहयोगले अधुरा कार्य पूरा ।
मिथुन ः भूमि सम्बन्धि विवाद, वहस पैरवि कार्यक्रम स्थगित, सुनचाँदी कारोबारमा मन्दी आउनेछ दिन राम्रो रहनेछैन ।
कर्कट ः व्यापार व्यवसायबाट घाटा हुन सक्नेछ, स्वास्थ्यमा एक्कासी खराबी आउन सक्नेछ, मानसिक चिन्तन हुनेछ ।
सिंह ः नयाँ व्यवसाय गर्नतिर मन जाने, पारिवारिक समस्या सुल्झिनेछ, लामो समयदेखि गरको कार्यमा सम्मान मिल्ने ।
कन्या ः दाजुभाई बीच मनमुटाव हुने, दैनिक उपभोग्य सामग्रीको अभाव, शुरु गरेको विकास निर्माणको कार्य रोकिनेछ ।
तुला ः मित्रहरुको सहयोगले ठूलो काम सम्पन्न, कृष पेशामा महत्वपूर्ण अवसर मिल्ने, स्त्रीपक्षबाट सुख प्राप्त हुने ।
वृश्चिक ः आर्थिक लेनदेनमा विवाद हुनेछ, धार्मिक कार्यमा दिन बित्नेछ, पठनपाठन क्षेत्र अस्तव्यस्थ हुने, दिन खराब छ ।
धनु ः रोजगारीबाट आत्मसन्तुष्टि मिल्नेछ, नयाँ मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, मानसम्मानको अवसर मिल्ने ।
मकर ः आफ्नो रोजाइको कार्यमा अरुको विरोध, नेतृत्व कार्य र व्यापारमा असफल हुने, टाढाको यात्रा विफल हुनेछ ।
कुम्भ ः आफन्तसँग झगडा हुने, कार्यमा विध्नबाधा आइलाग्ने, पेट वा कम्मर रोगले सताउने, चिन्ता पर्ने समाचार सुन्नुपर्ला ।
मीन ः शत्रुबाट मानसिक पीडा थपिनेछ, पारिवारिक झगडाले ठूलै रुप लिनेछ, आफन्तबाट विशेष कार्यमा धोका हुनेछ ।

आजको साइत ः आज दक्षिण र पश्चिम दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

आजको शुभ, लाभ र अमृत बेला ः आज २०७१ साल भाद्र १४ गते शनिबार बिहान ५ः४२ बजेदेखि ७ः१२ बजेसम्म काल बेला, बिहानमा ७ः१२ बजेदेखि ८ः४२ सम्म शुभ बेला, बिहानमा ८ः४२ बजेदेखि १०ः१२ बजेसम्म रोग बेला, बिहानमा १०ः१२ बजेदेखि ११ः४२ बजेसम्म उद्वेग बेला, बिहान ११ः४२ बजेदेखि दिनमा १ः१२ बजेसम्म चर बेला, दिनमा १ः१२ बजेदेखि २ः४२ बजेसम्म लाभ दिनमा २ः४२ बजेदेखि ४ः१२ बजेसम्म अमृत साँझ ४ः१२ बजेदेखि ५ः४२ बजेसम्म काल बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः बिहानमा ९ः०० बजेदेखि १०ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९