सगरमाथा उच्च माबिका छात्रा छात्र घर छाडेर भागेकोमा छात्रा बेपत्ता, छात्र प्रहरी हिरासतमा


पोखरा १३ भदौ । पोखराको सगरमाथा उच्च माबिमा १२ कक्षामा अध्ययनरत १५ बर्षिय एक किशोरी एक हप्ता देखी बेपत्ता छन् । सोही कलेजमा १२ कक्षामै अध्ययन गर्ने राहुल श्रेष्ठसँग घुम्न बेनी गएकी पोखरा ४ बस्ने संभवनीकोइराला उतै बेपत्ता भएकी हुन् । किशोरीका परिवारले केटालेनै आफ्नी छोरीलाई बेपत्ता बनाएको भन्दै कास्की प्रहरीमा उजुरी दिएको छ । तर केटाले भने आफु पैसा लिनका लागि केटीलाइ बेनीकै होटलमा छाडेर पोखरा आएको र फर्कदा केटी बेपत्ता भएको प्रहरीलाई वताएको कास्की प्रहरी स्रोतले वतायो ।
स्कुल पढ्दा देखीकै साथी दुइ जना भदौ २ गते घुम्नका लागि म्याग्दीको बेनी गएका थिए । बेनीमा दुइ रात बसेपछि, चार गते उनीहरु मुस्ताङ्गका लागि हिडेका थिए । तर बाटोमा पहिरो गएपछि, फर्केर पहिले बसेकै मुस्ताङ्ग लेते होटलमै फर्केका थिए । होटलमा फर्केपछि, युवक पैसा दिन भन्दै साँझ चार वजे पोखरा आएका थिए । पोखरा आएका उनले साँझ होटलमा फोन गरेर किशोरीसँग कुराकानी गर्न खोजेका थिए । तर होटल संचालकले किशोरी कोठामा नआएको वताएपछि, भोलिपल्टै बिहान उनी बेनी पुगेका थिए ।
भदौ ५ गते राहुलले किशोरी हराएको बारेमा उनका आफन्तलाइ जानकारी दिएपनि, किशोरीका आमाहरु खोज्नका लागि बेनी आएका थिए । बेनी आउने क्रममा प्रहरीसँग सोधपुछ गर्दा त्यस्तै हुलियाकी युवती स्कुटरमा आएको र उनीसँगै आएका युवा पनि तिनै युवतीको खोजीमा लागेको प्रहरीले जानकारी दिएर, मालढुङ्गाबाट राहुललाइ समेत पक्राउ गरेको थियो ।
म्यादी प्रहरी प्रमुख जर्नादन जिसीका अनुसार युवतीको खोजी कार्य म्याग्दी र मुस्ताङ्गमा जारी भएपनि किशोरी भेटिएकी छैनन् । ‘गलेश्वर जाने बाटोमा कालिगण्डकीमा फोहोर फाल्ने ठाउँमा नदीको किनारमा टोलाएर बसेको देखेको थिए भन्ने तिन जना भेटिएका छन् । –‘डिएसपी जिसीले भने–‘ गाडीको हर्न बजाउँदा समेत नहेरीकन कालिगण्डकीको तिरमै बसेको देखेको त्यही रुटमा गाडी चलाउने चालकले वताएका छन् ।’
घटनाको अनुसनधान गर्न कास्की प्रहरीले प्रहरी नायब उपरिक्षक केदार रजौरेको नेतृत्वमा टोली समेत बनाएको छ । कास्की प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी रजौरेले अनुसन्धान भइरहेकाले घटनाका बारेमा केही भन्न नमिल्ने वताए ।
पोखराकै स्थानिय कुमुदिनी होम्समा सँगै स्कुल पढेका उनीहरुको प्रेम संबन्ध रहेको हुन सक्ने प्रहरीको अनुमान छ । केटीका परिवारले उजुरी दिएपछि, राहुललाइ अपहरण तथा जर्वजस्ती करणीको मुद्धा अन्र्तगत म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।