इंगलैंडको रास्ट्रिय फुटबल टिमको कप्तानमा वेन रुनी


बार्सिलोना –

इंगलैंडको रास्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेबारी वेन रुनीले पाएका छन्। पुर्ब कप्तान स्टेफन जेराडले बिश्वकपमा बेहोरेको हार सँगै रास्ट्रिय टोलीबाट सन्यास लिए पछि कप्तानको जिम्मेबारी रुनिलाई दिईएको हो।
२८ बर्षिय रुनी आफुले खेल्दै आए क्लब म्याचेस्टर युनाइटेडको कप्तान पनि यसै महिनाको शुरुवात मै बनेका थिए । रुनिले अहिले सम्म राष्ट्रका लागि ९५ खेल खेल्दै ४० गोलको योगदान दिईसकेका छन् ।  आफ्नो नाम कप्तानमा छानिएको मा खुशी ब्यक्त गर्दै उनले भनेका छन् ,” मेरो सपना पुरा भएको छ र मलाई दिएको जिम्मेबारी पूर्ण रुपमा निभाउने छु। ” सेक्टेम्बर ३ तारिकमा उनले आफ्नो कप्तानीमा नर्वे बिरुद्द वेम्लीमा खेल खेल्दैछन्।